सीमा क्षेत्रका बासिन्दाद्वारा प्रजिअद्वारा थालिएको पैदल यात्रामा एसएसवीले दुःख दिएको गुनासो

इनरुवा । सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको नेतृत्वमा सुरक्षा अधिकारी सहितको टोलीले भारतीय सीमा क्षेत्रमा गरेको पैदल यात्राका क्रममा सीमा क्षेत्रका स्थानीयहरुले भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपाली पक्षमाथि ज्यादति गर्ने गरेको गुनासो गरेका छन् । सुनसरी जिल्ला भारतको विहार राज्यसँग ६१.८ किमी सीमा जोडिएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा टोलीले सीमा क्षेत्रको पैदल यात्राका क्रममा सीमा स्तम्भहरुको अवस्था अवलोकन गर्ने र सीमा क्षेत्रका स्थानीयहरुसँग अन्तरक्रिया समेत गर्नुभएको छ । अन्तरक्रियाका क्रममा अधिकांश सीमावर्ती क्षेत्रका स्थानीयहरुले एसएसबीको ज्यादति सहनै नसक्ने अवस्थामा पुगेको बताएका थिए । उनीहरुले प्रमुख जिल्ला अधिकारीसँगै पैदल यात्रामा रहेका जिम्मेवार सुरक्षा निकायका पदाधिकारीहरुसँग पनि त्यस्तो गुनासो गरेका थिए । सीमावर्ती क्षेत्रमा आफ्नो जग्गामा खेतिपाति गर्दा अनेकौ दुःख दिने, हप्काउने, भारततर्फ विशेष कामले जाँदा मानसिक यातना दिने र कुटपिट समेत गर्ने गरेको अन्तरक्रियामा बताएका थिए । आफूहरुले उनीहरुलाई बारम्बार त्यस्तो ज्यादति नगर्न आग्रह गर्दा कुनै सुनुवाही नभएको दुःखेसो उनीहरुले पोखेका थिए । उनीहरुले आफूहरुले पालेका गाई वस्तु, बाख्रा, पाठा, सवारी साधन चोरेर भारततर्फ लैजानेका विरुद्धमा जानकारी दिँदा समेत भारतीय एसएसबी र भारतीय प्रहरीबाट कुनै प्रकारको सुनुवाही र सहयोग नभएको उल्टै नेपाली पक्षका दलाल र भारतीय पक्षका दलालहरुबाट आफ्नो सामान आफै खरिद गरेर ल्याउनु परेको समेत बताएका थिए । अधिकांश सीमावर्ती क्षेत्रमा बसोबस गर्ने स्थानीयहरुको एकै  प्रकारको गुनासाहरु थिए । मभेसी अर्थात आफ्ना गाई वस्तु् चौपाया चोरी, सवारी साधनको चोरी, खेतिपातिमा अवरोध । यतिमात्र होइन भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपाली पक्षसँग कहिल्यै सौहाद्र्धपूर्व व्यवहार नगरेको, रुखो व्यवहार गर्ने गरेको, कुटपिट गर्ने,  ्रकारण बिनै पक्राउ गरेर दुःख दिने, लठ्ठी हान्ने जस्ता अमानवीय कार्य गर्ने गरेको समेत उनीहरुको भनाई छ ।


पैदल अनुगमनमा रहेको सुरक्षा निकायका पदाधिकारीसहितको टोली समक्ष तीन पटक गाउँपालिकाको अध्यक्ष भइसकेका नेपाली काँग्रेसका जिल्ला स्तरीय नेता गफार अन्सारीले एसएसबीको ज्यादपत बढेको स्वीकार गरेका थिए । उनले भने एसएसबीले नेपालतर्फ आउने लागू औषधमा वेवास्ता गर्दै आएको छ । लागू औषध ओसारपारमा एसएसबीले कुनै प्रकारको सहयोग  नरेको उनको आरोप थियो । तर नेपालका तर्फबाट भारततर्फ लैजान लागेको गाँजा नेपालका सुरक्षाकर्मीहरुले पक्राउ गर्ने गरेको दृष्टान्त दिँदै अन्सारीले लागूू औषध ओसारपसारमा दुवै तर्फबाट नियन्त्रण र सहयोग आवश्यक रहको औँल्याए । उनले थोरै आक्रोस पोख्दै भने भारतीय पक्षले नेपालतर्फ आउने लागु औषधमा कुनै रोकावट नगर्ने, खुल्ला रुपमा सीमा क्षेत्रमा लागु औषधका पसल चलाउन दिने अनि नेपाली सुरक्षाकर्मीले नेपालतर्फ गएको गाँजा किन पक्रने ? लागु औषधका सम्बन्धमा समन्वय हुनु पर्दैन ? यस्तै हो भने नेपाली सुरक्षाकर्मीले गाँजा किन पक्रने ? निर्वाध लान दिनुपर्छ । रोक्नु हुँदैन । उनले टोली समक्ष अन्तरक्रियाका क्रममा भने आफूहरुले भारतीय पक्षलाई अप्ठेरो पर्दा हरसम्भव सहयोग गर्ने गरेको, भारतीय सीमा सुरक्षा बललाई सहयोग गर्ने गरेको तर भारतीय पक्षबाट नेपालीलाई समस्या पर्दा कुनै प्रकारको साथ नभएको समेत बताए । उनले टोलीसमक्ष भने सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिक एसएसवीबाट मात्र सताइएका छैनन् । सीमा क्षेत्रमा रहेका नेपाली नेपाली सुरक्षाकर्मीहरुबाट समेत सताइएका छन् । खेतिपातिका समयमा भारतीय बजारबाट मलखाद खरिद गरेर साइकलमा ल्याउदा नेपाली सुरक्षाकर्मीले जफत गर्छ, खाद्यान्न लगायतका सामान खिरिद गरेर ल्याउँदा नेपाली सुरक्षाकर्मीले जफत गर्छ । कमसेकम यस्ता अत्यावश्यक कुरामा छुट दिनुपर्दैन ? यस्ता कुरा छुट दिन उहाँले आग्रह समेत गर्नुभएको थियो ।

हरिनगरामा भएको अन्तरक्रियामा प्रदेशसभा सदस्य डा. इस्राइल मन्सुरी लगायतले विद्यमान समस्या समाधानमा दुवै पक्षबीचमा आवश्यक समन्वय हुनुपर्नेमा जोड दिएका थिए । स्थानीय दिल महोम्मद मियाँले दुवै पक्षबीच समन्वय नहुँदा हालसम्म सीमा क्षेत्रका स्थानीयले एसएसबीबाट राम्रो व्यवहार हुन नसकेको समेत बताउनु भएको थियो । अन्तरक्रियाका क्रममा सु्नसरीका प्रमुख जिल्ला अधिकारी जय नारायण आचार्यले आफूहरुले सीमा क्षेत्रको पैदल अनुगमन गर्नुको प्रमुख उद्देश्य दशगजा क्षेत्रको अवस्था बुझ्ने र स्थानीयका गुनसाहरु प्रत्यक्ष सुन्ने र त्यस्ता गुनासाहरुको उचित सम्बोधनका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउनु नै  रहेको बताउनुभयो । उहाँले भन्नुभयो सीमा क्षेत्रका स्थानीय बासिन्दाहरुले उठाएको कुरा, गुनासाहरु गम्भीर प्रकृतिको रहेको देखियो । सीमा सुरक्षाको मुद्धा र दशगजा क्षेत्रको सुधारका लागि आावश्यकता बमोजिमको कदम चाल्न आफूहरुलाई सहज हुने समेत उहाँको तर्क थियो । उहाँले स्थानीयले उठाएका चोरी तस्करी, असुरक्षाका सवालमा कडाइका साथ प्रस्तुत हुन सुरक्षा निकायलाई निर्देशन दिएको समेत बताउनुभयो । उहाँले भारतीय पक्षले दशगजा क्षेत्रमा घर टहरा बनाउने, नेपाली भूमिमा ल्याएर फोहोर Ïयाक्ने जस्ता कुरामा दुई देश बीचमा हुने सुरक्षा समितिको बैठकमा वार्ता गरेर समस्या समाधान गर्ने समेत बताउनुभयो ।  यसैगरि स्थानीयका गुनासाहरुप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको सशस्त्र प्रहरी बल पकलीका प्रहरी नायव महानिरीक्षक अञ्जनीकुमार पोख्रेले बताउनुभयो । यस्तै कोशी पदेशका प्रहरी प्रमुख चन्द्रकुवेर खापुङले स्थानीयको गुनासाका सम्बन्धमा आफूले मातहतका निकायलाई निर्देशन दिइसकेको बताउनु भएको थियो ।

तपाईको प्रतिक्रिया