अब पदमा बसेर भ्रष्टाचार गर्दा पनि कारबाही नहुने

सार्वजनिक पदमा बसेर अकुत भ्रष्टाचार गरे पनि, सरकारको कठपुतलीको भूमिका निर्वाह गर्दै आएको अख्तियार दुरुपयोग अनुसँन्धान आयोगले भ्रष्टाचार कसुरमा मुद्धा चलाए पनि अब कारबाही नहुने भएको छ ।  सत्ता र शक्तिको निकट हुनेहरुले अब जेल सजय हैन सम्मानित जीवन विताएर पदमै रहिरहन पाउने भएका छन् । त्यसै पनि नेपाल भ्रष्टाचार हुने मुलुकहरुमध्ये अग्रपंक्तिमा रहेको छ ।
पछिल्लो पटक नेपालको सम्मानित र सबैको आस्थाको केन्द्र रहेको सर्वोच्च अदालतले त्यस्तो निर्णय गरेर सम्पूर्ण नेपालीलाई चकित बनाइदिएको छ । नेपाली काँग्रेसका सांसद टेकबहादुर गुरुङ्गले भ्रष्टाचार कसुरमा पाएको सजाय सर्वोच्च अदालतले फुकुवा गर्दिएको छ । विशेष अदालत काठमाण्डौले गुरुङलाई सांसद पटबाटै निलम्बन गरेको थियो तर सर्वोच्चले मंसिर १६ गते सांसद पद फुकुवा गरेको हो ।
सांसद गुरुङले महिला, बालबालिका तथा समाज कल्याणमन्त्री हुँदा भृकुटी मण्डपको ६० रोपनी जग्गा करोडौ रुपैया कमिशन लिएर न्यून दरमा भाडामा दिएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ करोड २१ लाख रुपैया अपचलन गरेको भन्दै दायर मुद्धामा विशेष अदालतले सो रकम बराबरको बिगो र जरिवाना गराउने फैसला गरेको् थियो । तर सर्वोच्च अदालतले विशेष अदालतको निर्णय विपरीत फैसला गरेको छ । सर्वोच्चको त्यस निर्णयप्रति न्यायिक वृत्तमै आलोचना भएको छ । भ्रष्टाचारमा दोषी प्रमाणित भइसकेको मानिसको पद कसरी बहाल हुन्छ ? नेपालको इतिहासमा यस प्रकारको अनपेक्षित फैसला अदालतले कहिल्यै गरेको थिएन । अब यो मुलुक भ्रष्टहरुका लागि स्वर्ग हुने भयो । मुलुकमा प्रजातन्त्र आएको यत्तिका बर्ष सम्म आम सर्वसाधारण नेपालीको जीवनस्तर उकासिनुको सट्टा अद्योगति तर्फ उन्मुख भएको छ । आज मुलु्क युवाविहीन हुँदै गएको छ । उद्योग धन्दा कलकारखाना बन्द प्राय ः भइसकेका छन् । विद्यार्थीहरु कक्षा १२ उत्तीर्ण हुनासाथ पलायन हुन्छन् । गाउँ, सहर वृद्धाश्रम जस्तो बन्दै गएको छ । तर सर्वभौमसत्ता विदेशीलाई बन्धकमा राखेर शासकहरु खरबौ ऋण लिरहेका छन् । एक आद्य पुल र सडक निर्माण भन्दा अरु कुनै काम भएको छैन । विदेशी अनुदान र ऋण राजनैतिक पार्टीहरुबीच भागबण्डा हुन्छ । उनीहरुको जीवनस्तर आकासिएको छ । यतिबेलेमात्र नपुगेर सुन तस्करी, मानव बेचविखन, आफ्नै नागरिकलाई अनागरिक बनाएर आर्जन गर्ने लगायतका धन्दाहरु सत्ता र शक्तिको आडमा सञ्चालन भइरहेको छ । प्रजातन्त्र, गणतन्त्र आएपछि मुलुक यति अद्योगतितर्फ उन्मुख हुन्छ भन्ने कुरा कुनै पनि नेपाली नागरिकले कल्पना सम्म गरेका थिएनन् । चौतर्फी आलोचना, विरोध भएपछि भ्रष्ट, घुस्याहाहरुलाई गिराफ्तारीको नाटक पछिल्लो सरकारले ग¥यो । त्यो नाटक यतिबेला नेपालमा घनिभूत रुपमा मञ्चन भइरहेको छ । कृष्णबहादुर महरा अस्पतालबाटै छुटे, विनोद चौधरीको गिराफ्तारीको हल्ला मत्थर हुँदै गएको छ, आरजु राणाको पनि विस्तारै सेलाउदै गएको छ । अन्य धेरै भ्रष्टहरुको अभिनय पर्दाभित्रै समाप्त हुनेवाला छ । अन्तत ः गृहमन्त्री रवि लामिछाने पनि त्यही भ्रष्ट कुवामै पौडी खेल्छन् । उनको स्टण्डको समाप्ती चाँडै हुँदैछ ।

तपाईको प्रतिक्रिया