भारतीय प्रमद्वारा दुःख व्यक्त

धरान । नेपालमा अविरल वर्षासँगैको बाढी पहिरोका कारण भएको धनजनको क्षतिप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दुःख व्यक्त गर्नुभएको छ । नेपालमा न्यून चापीय मौसम सक्रिय हुँदा असोज १७, १८ र १९ गते भएको भारी वर्षाका कारण राजधानीलगायत देशका विभिन्न स्थानमा सयौँ सर्वसाधारणको मृत्यु, हजारौँ भौतिक संरचनाहरू ध्वस्त, सयौँ घाइते र बेपत्ता भएका थिए । भारतीय प्रधानमन्त्री मोदीले आफ्नो आधिकारिक सामाजिक सञ्जाल...

व्यक्तिगत चाहनाभन्दा कर्तव्यलाई प्राथमिकता दिने चिकित्सक डा. अरुण सिंह

नेपालमा कर्तव्यलाई जीवनको आधार मानेर बिरामी सेवामा समर्पित हुने चिकित्सकहरूको कमी छैन। तर त्यसमध्ये पनि केही व्यक्तित्व विशेष खडा हुन्छन्। बि।पी। कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत बालबालिका तथा किशोर स्वास्थ्य विभागका सह–प्राध्यापक डा। अरुण कुमार सिंह त्यस्तै चिकित्सक हुन्, जसले व्यक्तिगत जीवनभन्दा पनि बिरामीको हितलाई नै आफ्नो जीवनको ध्येय बनाएका छन्। धनुषा जिल्ला जनकपुर–हंसपुर कठपुल्ला गाउँमा जन्मिएका डा। सिंह...

धरानको दन्तकाली मन्दिरमा फूलपाति भित्र्याइयो

धरान । देशैभर आज दसैंको सातौं दिन विभिन्न शक्तिपीठमा फूलपाती भित्र्यायो । धरान–१४ विजयपुरस्थित दन्तकाली शक्तिपीठमा पनि विशेष विधिपूर्वक फूलपाती भित्र्याएको छ । फूलपाती भित्र्याएसँगै घर–घरमा दशैं भित्रिएको मानिन्छ । नौ पत्र – अशोक, दारिम, धान्य, बेल, केचु, माने, हरिद्रार (बेसार), जयन्ति र कोलालाई विधिवत पूजाआजा गरी मन्दिरमा भित्र्याएपछि दशैंको औपचारिक शुरुवात हुने धार्मिक मान्यता छ । दन्तकालीमा भएको फूलपाती...

धरानमा खसी बोका बजारमा चहलपहल, जेनजी आन्दोलन र वर्षाका बाबजुद दशैंको तयारी तीब्र

धरान । जेनजी आन्दोलन र लगातारको वर्षाका बाबजुद पनि नेपालीहरु दशैंको तयारीमा जुटिरहेका छन् । विशेषगरी मासुका परिकारको महत्व हुने भएकाले धरानस्थित कृषि बजारमा खसी–बोका खरिद–विक्रीमा चहलपहल बढेको छ । धरान–१३ स्थित कृषि बजारमा गत शुक्रबार भन्दा यो शुक्रबार ठूलो संख्यामा खसी बोका व्यापारी तथा कृषकले ल्याएका छन् । खसी बोका विक्री गरेर दशैं टार्ने कृषक र व्यापारीको ध्याउन्न छ...

गोरखा डिपार्टमेन्ट स्टोरमा दशै लक्षित सामाग्री खरिदका लागि ग्राहकको भीड

इटहरी । नेपालीहरुको राष्ट्रिय पर्व विजया दशमीको यतिबेला चहलपहल शुरु भइसकेको छ । दशैका लागि आवश्यक समाग्री जोहो गर्न उपभोक्ताहरु किनमेलमा लागिसकेका छन् । विगतका बर्षहरुमाझै यस बर्ष पनि उपभोक्ताको माग बमोजिम गोरखा डिपार्टमेन्ट स्टोरले दशै लक्षित सामाग्रीहरु आयात गरेसँगै उपभोक्ताहरुको यतिबेला बाक्लो चहलपहल बढेको छ । गोरखा डिपार्टमेन्ट स्टोरका प्रबन्ध निर्देशक बलराम आचार्य भन्नुहुन्छ यतिबेला स्टोरमा ६ लाख ५०...

सातै प्रदेशमा जेनजी संयोजकहरू तोकिए : निजामती कर्मचारीमा समेत २८ वर्ष मुनिका समेटिने गरी जेनजी कर्मचारी समूह गठन हुँदै

धरान । भाद्र २३ र २४ गते भ्रष्टाचार नियन्त्रण, अभिव्यक्ति स्वतन्त्रता, राजसंस्थाको पुनस्र्थापना, भ्रष्टाचारीलाई कारबाही लगायतका माग राखी जेनजीहरूले गरेको आन्दोलनले दलीय सयन्त्र र संसद् विघटन भएसँगै थप शक्तिशाली आन्दोलनका लागि देशका सातै प्रदेशमा जेनजी संयोजकहरू तोकिएका छन् । गठित जेनजी प्रदेश स्तरीय संयोजकहरूमा कोशी प्रदेशमा उपार्जन चाम्लिङ, मधेश प्रदेशमा शिव यादव, बागमती प्रदेशमा किरण केसी, गण्डकी प्रदेशमा प्रदीप पाण्डे, लुम्बिनी...

वर्तमान कठपुतली प्रधानमन्त्रीबाट जनताले कुनै अपेक्षा गर्न छाडे

वर्तमान कठपुतली प्रधानमन्त्री शुसिला कार्कीबाट आम नेपाली जनताले आमूल परिवर्तनको आशा गरेका थिए । भाद्र २३ र २४ गते ७४ जना युवाहरुको सहादतपूर्ण बलिदानबाट हजारौ घाइतेहरु योगदानलाई सिँढी बनाएर प्रधानमन्त्री भएकी कार्की नयाँ बोतलमा पुरानै रक्सीमा रुपान्तरण भएकी छन् । कुहेको, गन्हाएको वर्तमान सरकारबाट मुक्त भएका आम नेपालीले २६ गते बनेको कार्कीको सरकारबाट रातारात राहत महसुस गर्ने निर्णय आउने, त्यसको तदारुकताका...

विश्व हिन्दु परिषद्द्वारा तत्कालीन काँग्रेस एमाले सरकारको भत्र्सना

धरान । विश्व हिन्दु परिषद् नेपालले भाद्र २३ र २४ गते तत्कालिन काँग्रेस एमालेको सरकारले ७४ जना युवाहरुको सुनियोजित रुपमा हत्या गरेको र सयौलाई अंगभंग बनाएकोप्रति घोर भत्र्सना गर्दै उनीहरुलाई हदैसम्मको कारबाही हुनुपर्ने जनाएको छ । परिषद्ले एक विज्ञप्ती प्रकाशित गरी नेपालको विभिन्न स्थानहरु र विशेषगरि काठमाण्डौमा शान्तिपूर्ण रुपमा आफ्ना माग राखी आन्दोलनमा उत्रिएका जेनजी युवाहरुपति तत्कालीन सरकारले...

घण्टाघरबाट हेर्दा

पिटाई खाएको हुँदै होइन रे लाउरेसका हली गोठालाहरुलाई यतिबेला पर्नु पीर परेको छ । नाम मात्रका शेरबहादुर र तिनकी यमराजको झै भुँडी भाँकी पुकुली मैयालाई जेनजीले हनुमान धुलाई दिएर श्यालबहादुर र Ïयाउरी बनाएको साह«ा जमातलाई थाहा छ । तर गोठालाहरु सूर्यलाई हत्केलाले छोपेझै छोपेर पिटाई खाएको हुँदै होइन भनेर श्यालको हुइøयाँ मच्चाइरहेका छन् । जेनजीले हनुमान धुलाई नदिएको भए पुकुली मैयाँको...

जेनजी आन्दोलनमा कुटाइ खाएर पनि सेवामा अझै समर्पित छन् टण्डन

धरान । एकातिर देशभरि जनआन्दोलनको राप थियो, अर्कोतर्फ रक्तदानको अपिल । भदौ २४ गतेको दिउँसो, जब जेनजीकोे आन्दोलन चरम थियो, त्यही बेला ग्रिनसिटी हस्पिटलका अध्यक्ष लोकबहादुर टण्डन जनसेवामा खटिएका थिए — रक्तदान कार्यक्रमको व्यवस्थापन गर्दै तर, यही दिन उनको जीवनमा कहिल्यै नबिर्सिने क्षण आयो — आन्दोलनकारीको हातबाट उनी कुटपिटमा परे । भदौ २३ गतेको घटनाले सबैलाई स्तब्ध बनाएको थियो...