प्रतिबन्दित औषधि विक्री वितरणमा व्यवसायी नै सजक हुनुपर्ने

धरान । नेपाल सरकारले स्वीकृति नदिएका औषधिहरु धमाधम भित्रिदै गएको अवस्थामा मेडिकल व्यवसायहरुले यसलाई रोक्न व्यवसायीहरु नै सचेत हुनुपर्ने अवस्था आएको बताएका छन् । इजाजत विनाको औषधि भित्रिने र लागू औषधमा पसेकाहरुले औषधिलाई लागू औषधको रुपमा प्रयोग गर्ने वेथिति बढ्दै गएको अवस्थामा मेडिकल व्यवसायीहरुले यसलाई रोक्नुपर्ने बताएका थिए । नेपालमा पछिल्लो समय नेपाल सरकार मातहतको औषधि विभागले इजाजत नदिएका औषधीहरु ध्माधम भित्रिने र युवा पुस्ताले यसलाई लागू औषधको रुपमा प्रयोग गर्ने विकराल समस्या देखिएकोप्रति इंगित गदै व्यवसायहरुले मेडिकल व्यवसाय नै सचेत भएमात्र यसलाई रोक्न सकिने बताएका हुन । नेपाल मेडिकल व्यवसायी संघ सुनसरीले आयोजना गरेको दशै, तिहार तथा छैठ पर्व शुभकामना आदानप्रदान कार्यक्रममा व्यवसायीहरु आपैm सचेत नभए भविष्यमा यसले विकराल रुप लिने बताएका हुन् । सो अवसरमा बोल्दै नेपाल औषधि व्यवसायी संघका पूर्व जिल्ला अध्यक्ष रविन्द्र घिमिरेले कुन औषधि विक्री गर्न मिल्ने हो कुन नमिल्ने हो भन्ने व्यवसायीहरुलाई थाहा हुदाहुदै पनि व्यवसायीहरुमा लोभलालाच बढ्दै गएको बताउदै लोभलालचनमा नलागी सबैले इमान्दारिता देखाउन आग्रह गर्नुभयो । सो अवसमा बोल्दै सुनसरी अध्यक्ष दिपेन्द्र साहले सबै औषधि व्यवसायीहरुलाई गैरकानुनी काम नगर्न आग्रह गर्नुभयो । उहाँले इमान्दारितापूर्वक गरेको व्यवसाय लामो सय टिक्ने र छवि समेत राम्रो हुने भएकोले गैरकानुनी रुपमा औषधि विक्री वितरण नगर्न व्यवसायीहरुलाई आग्रह गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया