काठमाण्डौ । भारत सरकारको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको आंवुखैरेनी क्याम्पस भवनको विहीबार एक कार्यक्रमका बीच समुद्घाटन भएको छ ।
नेपाल–भारत विकास सहकार्य अन्तर्गत भारत सरकारको ३ करोड १ लाखको आर्थिक सहयोगमा तनहँुको आँवुखैरेनी गाउँपालिकास्थित आंवुखैरेनी क्याम्पस भवनको भारतीय राजदुतावास प्रथम सचिव अविनाश कुमार सिंह, जिल्ला समन्वय समिति तनहुँका सभपाति शान्तिरमण वाग्ले र आंवुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । उद्घाटनका क्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधि, नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु, विभिन्न सामाजिक संघ संस्थामा आवद्ध समाजसेवीहरु, क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष लगायतका पदाधिकारीहरु, प्रध्यापक, प्राध्यापिका, शिक्षक, शिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको ठूलो संख्यामा उपस्थिति रहेको थियो । नेपाल–भारत विकास सहकार्य अन्तर्गतको भारत सरकारको अनुदान सहयोगबाट आंवुखैरेनी क्या्मपसको दुई तले सुविधा सम्पन्न भवन निर्माण भएका हो । आवश्यक सम्पूर्ण सुविधासहित निर्माण भएको उक्त भवन निर्माणका लागि भारत सरकार र नेपाल सरकार बीचमा भएको सम्झौता अन्तर्गत उक्त परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको भारतीय राजदुतावासद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । उक्त परियोजनाको कार्यान्वयन जिल्ला समन्वय समिति तनहुँ मार्फत गरिएको थियो ।
सो अवसरमा जिल्ला समन्वय समिति तनहुका सभापति शान्ति रमण वाग्ले, आंवुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान, स्थानीय राजनैतिक दलका प्रतिनिधि, क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष लगायतले प्राथमिकताका क्षेत्रको पहिचान गरी नेपाली जनताको उत्थानका लागि भारत सरकारले पु¥याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गर्नुभएको थियो । आंवुखैरेनी क्यामपस सन २००५ सालमा स्थापना भएको हो । त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन प्राप्त उक्त क्याम्पसले स्तानतक तहमा व्याचलर अफ एजुकेशन (विएड), व्याचलर अफ विजनेश स्टडिज (विविएस) विषयको अध्ययापन गराउँदै आएको छ । उक्त क्याम्पसका हाल ३ सय भन्दा बढी विद्यार्थीहरुले अध्ययन गर्दै आएका छन् । जसमा ९० प्रतिशत छात्राहरु रहेका छन् । तनहुँ आंवुखैरेनी क्याम्पसका विद्यार्थीहरुले गुणस्तरीय शिक्षा सुविधा प्रदान गर्न नव निर्मित भवनको संरचना उपयोगी हुने दुतावासद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । नवनिर्मित भवनले विद्यार्थीहरुलाई सिकाइको राम्रो वातावरण सिर्जना गरी उक्त क्षेत्रको शिक्षाको विकासमा योगदान पु¥याउने विश्वास दुतावासद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र वहुक्षेत्रीय सहकार्य रहँदै आएको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यन्वयनले नेपाली जनताको समुन्नतिका लागि र प्राथमिकताको क्षेत्रमा पूर्वाधार विकासका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको समेत विज्ञप्तीमा जनाइएको छ ।