पर्यटन प्रवद्र्धनका लागि आयोजित दुई दिने इलाम साहित्यिक महोत्सव सम्पन्न

इलाम । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित दुई दिने इलाम साहित्यिक महोत्सव आइतबार सम्पन्न भएको छ । इलाम नगर साहित्यिक कला संगीत प्रतिष्ठान र इलाम साहित्य समाजको संयुक्त आयोजनामा सम्पन्न उक्त साहित्यिक महोत्सवको नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले समुद्घाटन गर्नुभएको थियो । पर्यटनका लागि साहित्य भन्ने मूल नाराका साथ आयोजित महोत्सवमा नेपाल र भारतका लेखक, साहित्यकार, विश्लेषक, कलाकारहरुको ठूलो संख्यामा सहभागिता रहेको थियो । सो अवरसरमा बोल्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले भन्नुभयो अब नेपालमा साँस्कृतिक सत्ताको स्थापना आवश्यक भइसकेको छ । जबसम्म साँस्कृतिक सत्ताको स्थापना हुँदैन तबसम्म मुलुक समृद्ध बन्न सक्दैन, साँस्कृतिक सत्ता समेत मौलिक ज्ञान सहितको हुनुपर्नेमा कुलपति राईको जोड थियो ।


इलामस्थित गौतम बुद्ध सभाहलमा आयोजित महोत्सवले दुई सय भन्दा बढी लेखक, साहित्यकार, कलाकार, राजनैतिक चिन्तक, विश्लेषहरुलाई एकै थलोमा उभ्याएको थियो । कार्यक्रममा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईदेखि पछिल्लो पुस्ताका सत्तापक्षीय नेता स्वर्णीम वाग्लेसम्मले आफ््ना धारणा राखेका थिए । आफना धारणा आमन्त्रितहरुलाई आयोजकले भिन्नाभिन्नै शीर्षकमा राख्न बाध्य गराइएका थिए । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नेपालको संरचनात्मक संकेत र दीगो समाधान विषयमा आफ्ना धारणा राख्नु भएको थियो । यसैगरि यस्तै वा कस्तो शीर्षकमा राजनीतिकर्मी नविना लामा, मिलन पाण्डे, वच्चु हिमांसु, डिल्लीराम सुवेदीले आफना धारणा राखेका थिए भने कवितामा के छ शीर्षकमा सोझो गाउँले, सुमनाको वहस, सुन्दर कुरुप मिथक देखे मिथकसम्मको शीर्षकमा धनप्रसाद सुवेदी, डा. अरुण गुप्ता, सीमादेवी सीमा साहित्य र सँस्कृति शीर्षकमा डा.कविता लामा, गणेश परियार र दिपक लुंगेलीको बहस भएको थियो । यसैगरि पर्यटक शीर्षकमा सोनाम भुटिया, दिपेन्द्र कर्ण, मातृ भाषा शीर्षकमा सुरेश किरण, चन्द्र किशोर, गौरी तमु (गुरुङ), उमेर कथा शीर्षकमा अभि सुवेदीसँग दिपक सापकोटाको वहस भएको थियो ।

तपाईको प्रतिक्रिया