तरुण दलद्वारा रक्तदान कार्यक्रम सम्पन्न

धरान । नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सो अवरमा ३९ पिन्ट रगत संकलन भएको थियो । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रक्त सञ्चार केन्द्रमा रगतको अभाव हुँदा उपचारत विरामीहरुलाई समस्या परेको बेला थोरै भएपनि रगतको परिपूर्ति गर्न रक्तदानको कार्यक्रमको आयोजना गरिएको हो । नेपाल तरुण दल, क्षेत्र नं. १ सुनसरीको आयोजना तथा नेपाल तरुण दल, धरानको व्यवस्थापन र नेपाल रेडक्रस सोसाइटी, सुनसरीको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा दर्जनौं यूवाहरुले रक्तदान गरेका थिए । केही युवाहरुले भने स्वास्थ्यका कारण रक्तदान गर्न नमिलेको नेपाल तरुण दल धरान नगर सचिव मनोहर श्रेष्ठले बताउनुभयो ।


नेपाल तरुण दल, क्षेत्र नं. १ सुनसरीका सभापति गणेश लिम्वुको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमको उद्घाटन समारोहमा नेपाली कांग्रेसका प्रदेश महामन्त्री उमेश थापा, जिल्ला सचिव माधव घिसिङ, क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, नेपाल तरुण दलका केन्द्रीय सदस्य देवेन्द्र लिम्वु, कार्यवाहक नगर सभापति राम तामाङ लगायतले मन्तव्य राखेका थिए । वक्ताहरुले नेपाल तरुण दलले निरन्तर विभिन्न सामाजिक एवम् मानवीय कार्य गरेर सिङ्गो पाटीको प्रतिष्ठालाई उच्च राखेको र जनताको मन जित्ने कार्य गरेको भन्दै नेपाल तरुण दलको उच्च प्रशंसा गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका प्रदेशसभा १(१) सभापति अनिल श्रेष्ठ, नगर सभापति श्याम पोखरेल, महासमिति सदस्य तिलक राई, क्षेत्रीय सचिव महेन्द्र प्रधान, वडा अध्यक्षहरु नरेन्द्रकुमार राई(प्रविन) र विद्या शाक्य लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया