घण्टाघरबाट हेर्दा

नसुध्रिए पत्याउदैनन्् रे
एक बर्ष कानुनमन्त्री भैटोपलेका लाउरेसका जुवा नेता धनराज गुरुङले अस्तिका दिन बडो गज्जबको फुइँ हान्दिए । इटहरीतिर मन्तरीबाट चैट भएसी’ चर्न आएका गुरुङ्गले लाउरेस नसुध्रिए जनताले पत्याउँदैनन् भन्दिएछन् । माने लाउरेस साह«ै बिगे्रको रै’छ । बिग्रेसी त्यो सद्धे होला, सप्रेला भन्ने सोच्नु नै बेकार हो । त्यसरी बिग्रेकालाई फुत्त फुत्त टिपेर फाल्नुपर्छ । लाउरेसमा सबै बिग्रेकै छन् । लाउरेसका मुखिया नै दंगदंक्ती गन्हाएका छन् । काण्डै काण्डमा मुछिएका छन् । अब मुखिया नै बिग्रेसी मुखियाका भित्रिया, बाहिरिया, स्तुति गर्ने हुक्के, ढोके, बैठके, नन्दीभृंगहरु सद्धे हुने कुरै भएन । हिन्दीमा एउटा उखान छ ‘हम कुवि नही सुध्रेंगे । अगर सुंध्रेगे त हम आदमी ही नही रहेंगे ।’ लाउरेरमा यो उखाना ठेक्कै लागू भा’छ । लाउरेस कहिल्यै सुध्रन्दैन । सुध्रियो भने ऊ काँग्रेस नै हुँदैन । माने सुध्रेका लाउरेस हुनै सक्दैन । एक बर्ष पदमा रहँदा गुरुङ्ग पनि बिग्रैकै हुन । वात करता है ।
घण्टी र बाख्राको कनेक्सन

नेपालमा यतिबेला घण्टी र बाख्राको कनेक्सन बडो गज्जबको छ । एउटा घण्टी हल्लाएर भजन गाउँछ भने अर्कोले बाख्रे स्वर निकालेर चिच्याउँछ । घण्टीको ट्याङ्ग ट्याङ्ग र बाख्रे स्वर सुनेर सबैको कान टट्टाइसक्यो । घण्टी लामिछाने म कसैलाई छाडिदिन भन्दै च्याप्प च्याप्प मान्छे अँठ्याउँछन्, हतार हतार अस्पतालको भिआइपी उपचार कक्षमा पु¥याउँछन, उपचार गराउँछन् अनि घरतिर पठाउँछन् । यता बाख्रे काजीलाई टेन्सन शुरु हुन्छ । राष्ट्रिय भाउजुलाई अँठ्याएर त्यसै पो गर्ने हुन कि भनेर त्राहीमाम हुन्छन् । घण्टी लामिछानेलाई थर्काउन ठूलो ठूलो स्वरले म्याँ–म्याँ गर्छन् । हुन त विचरा बाख्रे काजीलाई पनि गाह«ै छ । राष्ट्रिय भाउजुलाई जोगाउन नसके आफ्नै राजनीतिक भविष्य डावाडोल हुने त्रास जो तिन्लाई छ । मरता क्या नही करता भनेझै लगे रहो मुन्ना भाई झै । विचरा लाग्या छन् ।
का“ग्रेसकै रहन्छ रे
कोशी प्रदेशका मुख्यमन्तरी केदार कार्कीले अस्तिका दिन आफ्ना छिचिमिराका अगाडि भने कोशी प्रदेशमा लाउरेसकै सरकार रहन्छ । घण्टाघरले नबुझ्या कुरा छोरी नै पाइल हिडेसी घर ज्वाई बस्नुको तुक रहन्छ र ? हिजो झालेमाले, माआउवादी, माकुनेको सल्लाहमा घर ज्वाई बसेका मुखमन्तरी कार्कीलाई सबैले छोडिसक्या छन् । अब के भद्रो् अँठ्याएर बस्या होलान् ? कुन दिन जोर पाउँ बजारेर वारीको पाटामा पु¥याउँछन् अनि चेत आउँला । थपक्क छोडेर हिड्नु पर्दैन । जोरिपारि हँसाएर किन थच्चिराख्या होला ? कुन त एकपटक सत्ताको स्वाद चाखिसकेसी ज्यान गए नि कसैले छोडेदैन । मुखमन्तरी कार्कीले यही फर्मुला अपनाएका त हुन् ।
अनुभवि मन्त्रीहरु
संघीय सरकारका मन्तरीहरु यतिबेला अनुभवी प¥या छ । सरकारको नेतृत्व गर्न ३२ अंक ल्याएर जस्ट पास भएका प्रचण्डाउ न परे । उनले आफ्नो मन्तरी मण्डलमा इने गिरे मन्तरी राख्ने कुरै भएन । श्रममन्त्री म्यानपावर कम्पनी चलाएका परे, सुन तस्करीका सम्बन्धमा लामो अनुभव बटुलेका अर्थमन्तरी भा’छ, देशभरिका सहकारी ठग्न रेकर्ड बनाएका घण्टी लामिछाने गृहमन्त्री भा’छन् स्वदेश र विदेश दुवैतिर विहे गरेकी शिक्षामन्तरी भा’छिन् । यस्तो गज्जबको अनुभविहरुको मन्त्री मण्डल त नेपालमा पहिलो पटक बन्या होला । यस्ता अनुभवि भएसी’ उत्तानो परेको देशले कसो कोल्टे नफेर्ला ?
राष्ट्रिय भाउजु विरामी भैछिन् भ्रष्टाचारकी कुल देवी जुआर
राणा विरामी परिछन् । विचरी टेन्सनै टेन्सनले विरामी परेकी रे । होला पनि । विचरीलाई कम्ता टेन्सिन छैन । जब घण्टी लामिछाने घरेलु मन्तरी भएसी विचरीको टेन्सन ह्वात्तै बढ्या हो । एकाएक टेन्सन बढेसी, फ्रेस हुन छिमेकी मुलुकतिर दौडिएकी थिइन् । उतै पो हस्पिटलमा लम्पसार परिछन् । हुन त राष्ट्रिय भाउजुले आइडिया त राम्रै निकालेकी हुन् । कसैलाई अँठ्याउनै दिइनन् । अरुले अँठ्याएसी विरामीको नाटक गर्थे । राष्ट्रिय भाउजुले अँठ्याउनु अगाडी विरामीको नाटक मञ्चन गरिन् । आखिरी राष्ट्रिय भाउजु न परिन् । एक कदम त अगाडि हुनैप¥यो । कि कसो हौ ?
हावाको अनुगमन
यतिबेला एसइइ परीक्षाको मैजारो हुन लाग्या छ । पहिला पहिला आइरन गेट भन्थे । हिजो आज त एसईई पनि सन्ठीको ढोका भा’ छ । ऐरेगैरे नत्थु खैरे सबै पास हुन्छन् । यसपालिको एसइइ परीक्षाको अनुगमन गर्न एक प्रकारले होडबाजी नै चल्यो । स्थानीय निकाय अन्तर्गत शिक्षालाई राख्देसी त झन वातै खलास । एसइइ परीक्षाको अनुगमन गर्न स्थानीय निकायका प्रमुख, उपप्रमुखहरुको रवाफै बेग्लै थियो । उनीहरु गजक्क फुलेर हात हल्लाउदै कक्षा कोठा कोठा चहारिरहेका हुन्थे । कतिपय औठाछाप जनप्रतिनिधिहरुले सुपरिटेन्टलाई निर्देशन समेत दिएको देखिन्थ्यो । घण्टाघरले चाहिँ एउटा कुरा अझसम्म बुझ्न सकेको छैन । उनीहरुले एसइइको के अनुगमन गरे होलान् ? पढाई कस्तो भइरहेको छ भन्ने कृुराको विद्यालयमा गएर कतिपटक अनुगमन गरे होलान् ? हावामा भत्तो पचाउने मेलोचाहिँ एसइईले स्थानीय निकायका भुईफुट्टाहरुलाई राम्र्रै अवगसर जुराइदिएछ ।
बहत्तर घण्टा त वित्यो
त्यो घण्टी लामिछने अलि सद्धे होला भन्या त्यो पनि हावै निस्कियो । अब हेरमन सहकारी ठग नटवरलाल जिवी राईलाई ७२ घण्टाभित्र अँठ्याएर देखाउँछु भन्थे अहिलेसम्म अत्तोपत्तो छैन । घण्टाघरलाई त पहिला देखि नै विश्वास थिएन । भुक्ने कुकुरले टोक्दैन, टोक्ने कुुकुरले भुक्दैन भन्थे हो रै’छ । तिनका ७२ घण्टा कति विते विते । तर जिवी राईको घण्टी लामिछनेले रौ सम्म खुट्याउन सक्या छैनन् । सक्दैनन पनि । घण्टी बाजेकै डिजाइनमा जिविले कुले ठोक्या हुन् । उनले कुले ठोकेकोले सहकारी ठगी काण्डका सबै दोष थोपर्न पा’छन् । हसुर्ने बेलामा दुवै मिलेर हसुरे । अहिले घण्टी लामिछानेको कर्तुत समेत आफ्नै थाप्लोमा विचरा राईले बोक्नु प¥या छ । जे होस् जीवनमा आफ्ना सबै दोष थोपर्ने एउटा मित्रचाहिँ चहिदो रै’छ । कि कसो हौ, घण्टी बाजे ?
अन्तेमा
इलामको उपनिर्वाचनको सरगर्मी बढ्न थाल्या छ । किन नबढोस् त जिते साँसद हुन पाइने जो छ । पहिचानवादी भनेर शंख फुकिएका डिकेन्द्र थेगिमलाई भने यतिबेला साह«ै अप्ठेरो प¥या छ । चुनावी दौरानकै क्रममा थेगिमले कोशी प्रदेशको नाम लिम्बुुवान सगरमाथा भनेर बोल्दिइहाले । यही बोलीले विचरा अहिले पहिचानवादीको अगाडि ठाडो शीर बनाउन नसक्ने भा’छन् । फेरि थेगिम त खाट्टी माकुनेका मान्छे
रै’छन् । सामाजिक सञ्जालमा थेगिम र माकुनेको फोटो एक साथ पोष्ट भएसी’ थेगिमलाई बोकेर हिड्न्ेहरु लाखा पाखा लाउन थाल्या छन् । खप्पराँ नभएसी यस्तै हो । इलामबाट गोडातीनेक बर्ष भए नि सांसद पड्काउलान् कि जस्तो भा’थ्यो । सबै बर्बाद । त्यसैले भन्या होला बोल्न पाए भनेर जथाभावि नबोल्नु । कि कसो हौ ?

तपाईको प्रतिक्रिया