जनकपुर धाम साँस्कृतिक महोत्सवको दोस्रो संस्करण सम्पन्न

जनकपुर । बीपी कोइराला भारत नेपाल फाउन्डेशन, भारतीय राजदुतावास काठमाण्डौस्थित स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र र
विरगञ्जस्थित भारतीय महावाणिज्य दुतावासको आयोजनामा नव बर्ष २०८१ को अवसरमा जनकपुरधाम साँस्कृतिक महोत्सवको दोस्रो संस्करण सम्पन्न भएको छ ।


जकनपुरधाम साँस्कृतिक महोत्सवको पहिलो संस्करण २०८९ को वैसाखमा सम्पन्न भएको थियो । यसपटक सम्पन्न साँस्कृति महोत्सव जनकपुरधामस्थित महेन्द्र नारायण नीधि मिथिला साँस्कृतिक  केन्द्रमा आयोजना गरिएको थियो भने कार्यक्रमलाई दुई सत्रमा विभाजन गरिएको थियो । भारतीय राजदुतावास काठमाण्डौद्वारा जारी विज्ञप्तीमा भनिएको छ पहिलो सत्रको कार्यक्रममा हरिवंश झाले जानकी लिलामा महत्वपूर्ण व्याख्यान प्रस्तुत गर्नुभएको थियो । भारत र नेपालका किल्लाहरुको प्रदर्शनसँगै चर्चित सेफ सन्तोष साहद्वारा मैथिली फुड फेस्टिबल समेत समावेश गरिएको थियो भने दोस्रो सत्रमा स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रका गुरु तथा कलाकारहरुले भगवान राम र सीताको जीवनमा आधारित भजनको साँस्कृतिक प्रस्तुति दिएका थिए । दोस्रो सत्रको विशेष आकर्षणको रुपमा प्रसिद्ध नेपाली गायिका सुश्री मेनुका पौड्यालको प्रस्तुति रहेको थियो । मेनुका पौड्याल इण्डियन आइडल २०२४ को उत्कृष्ट १० मा पर्न सफल भएकी थिइन् । दोस्रो जनकपुर धाम साँस्कृतिक महोत्सव मधेश प्रदेशका मुुख्यमन्त्री सरोज यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । सो अवसरमा जनकपुर धाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह, प्रदेशसभाका सांसद, नेपाल सरकारका अधिकारीहरु, सञ्चारकर्मीका साथै स्थानीयहरुको उल्लेख्य उपस्थिति रहेको थियो । दुई देशको कला, सँस्कृति तथा चाडपर्वको साझा परम्परा झल्कने भारत र नेपालको साझा सँस्कृतिक सम्पदालाई महोत्सवले महत्वका साथ दर्र्शाएको थियो ।

तपाईको प्रतिक्रिया