वैध र जोशीको कृतिमाथि ताप्लेजुङमा विमर्श

धरान । इलामका–साहित्यकार विमल बैध र धनकुटामा जन्मेर काठमाण्डौलाई कर्मक्षेत्र बनाई साहित्य साधनमा समर्पित मोमिला जोशीको कृतिमाथि ताप्लेजुङमा विमर्श भएको छ । फागुन २७ गते दुई साहित्यिक सर्जकहरुको कृतिमाथि नेपाली कला साहित्य डटकमले आयोजना गरेको परीसंंवाद कार्यक्रममा उहाँहरुको कृतिमाथि विमर्श गरिएको थियो । ताप्लेजुङ्गको सदरमुकाम फुङलिङमा आयोजित कार्यक्रममा साहित्यकारद्वय विमल वैधको युगको तटमा उभिएर, मोमिला जोशीको प्रश्नहरु बाँकी नै रहन्छन् कृतिमाथि विमर्श गरिएको थियो ।


परिसंवाद कार्यक्रममा नेपाली साहित्य डटकमसँग आवद्ध एवम् फुङलिङका स्थानीय साहित्यकारसँगै सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा स्थानीय साहित्यकार महेश पौडेलले एक साथ दुई कृतिमाथि विभिन्न कोणबाट सवाल उठाउनु भएको थियो । पौडेलले उठाउनु भएको सवालको आ–आफ्नो कृतिमाथि दुवै साहित्यकारहरुले प्रष्ट्याउनु भएको थियो । बरिष्ठ कवि एवम् संस्कृतिविद तुलसी दिवसको समेत उपस्थिति रहेको उक्त परिसंवाद कार्यक्रममा साहित्यकार उषा महर्जन र डा. सावित्री मल्लले विमर्श गरिएका कृतिहरुको मूल्यांकन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया