रमेश फोम्वो पाचौ मि. भिजन उपाधिको विजेता बने

धरान । भिजन फिटनेसको आयोजनामा आयोजित अन्तर धरान उपमहानगरपालिका स्तरीय पाचौ मि. भिजन शारिरिक सुगठन प्रतियोगिताको उपाधि आयोजक भिजन फिटनेसका रमेश फोम्वोले चुमेको छ । धरान १३ स्थित धरान वेन्क्वेट पार्टी प्यालेसमा शनिवार सम्पन्न मि. भिजन प्रतियोगिताको फाइनल चरणमा तीन जना प्रतिष्पर्धीलाई पछि पार्दै फोम्वोले उपाधी जितेका हुन । फोम्वो ६० तौल समुहका विजेता वन्दै फाइनल चरणमा प्रवेश गरेका थिए । उनले उपाधि संगै नगद पचास हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । दोस्रो उपाधि एनि टाइम फिटनेसका उमेश राई घोषित भए । उनी ७५ केजी तौल समुह विजेता वन्दै फाइनल चरणमा प्रवेश गरेका थिए । उनले नगद २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । यसैगरि ५५ केजी तौल समुहवाट विजेता हुदै फाइनल चरणमा प्रवेश गरेका धरान व्यामशालाका अनुप लिम्वु तेस्रो र ६५ केजि तौल समुह विजेता वन्दै फाइनल चरणमा प्रवेश गरेका झुनाज फिटनेसका सागर लिम्वु चौथो भए । उनिहरुले क्रमशः जनही १५ हजार र १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।


प्रतियोगिताको व्याक्तिगत उपाधि तर्फ वेस्ट पोजर उपाधि एनिटाइम फिटनेसका उमेश राई, मोस्ट इम्प्रभमेन्ट उपाधि भिजन फिटनेसका विनोद कुमार नेपाली, वेस्ट मस्कुलर उपाधि धरान फिटनेस क्लवका सन्तोष विश्वकर्मा र वेस्ट टिम उपाधि आयोजक भिजन फिटनेसले जितेका छन । उनीहरुलाई जनही नगद ५ हजार, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा ५५, ६०, ६५ र ७५ केजि तौल समुह वाट १८ जना खेलाडिहरुले प्रतिश्पर्धा गरेका थिए । भिजन फिटनेसका अध्यक्ष केशव श्रेष्ठको सभाध्यक्षमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया