७४ औं चिकित्सक दिवस सम्पन्न

धरान । नेपाल चिकित्सक संघ धरान शाखाले ७४ औं स्थापना दिवस बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सम्पन्न भएको छ । स्थानीय सरकार, विभिन्न राजनीतिक दलका प्रतिनिधिरु तथा चिकित्सकहरुको उल्लेख्य उपस्थिति रहेको सो कार्यक्रममा धरान उपमहानगरपालिकाका उपमेयर आइन्द्रविक्रम बेघाले प्रतिष्ठानभित्र भएको वेथितिलाई सबै मिलेर चिर्नुपर्नेमा जोड दिनुभयो । उहाँले चिकित्सक, यहाँ कार्यरत कर्मचारी सबैले आ आफ्नो ढंगबाट कर्तव्य निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको थियो । सबैले आफ्नो सीमा क्षेत्रबाट कहिल्यै विमुख हुनु नहुने बताउनुभयो । उहाँले समाजले चिकित्सा क्षेत्रसंग जोड्न आ आफ्नो तर्फबाट लाग्नुपर्नेमा जोड दिनुभयो


नेपाल चिकित्सक संघ धरान शाखाका अध्यक्ष डा. रोशन कलवारले चिकित्सा क्षेत्रको विश्वासलाई अझ मजबुत बनाउन जनसरोकारसँग सम्बन्ध राख्ने सबैसँग सहकार्य र हातेमालो गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा स्थानीय  राजनीतिक दलहरुले बीपीमा हुने बेथिति, निरन्तर हुने आन्दोलनले स्वास्थ्य सेवामात्र प्रभावित भएको छैन यहाँको नकारात्मक सन्देश समेत प्रवाह हुने भएकोले सबै मिलेर बीपीको शाख जोगानुपर्ने बताएका थिए । कार्यक्रममा कोशी प्रदेशका सांसद बिजय कुमार राई ,यशोदा कायस्थ ,रमेश बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया