घण्टाघरबाट हेर्दा

काउरेसले गठबन्धन नगर्ने रे
कस्तुरीले आफ्नै नाभीको वास्नाको सुगन्धित विनाको गन्ध पत्ता लगाउन नसकेर बुर्कुसी मारेर दौडिएझै पाँच पटक सिंहदरबारको छानी छानी खाइसकेका काउरेसका जमिन्दार ¥यालेकाजी आफ्नाको
कुरै नसुनी देशभरि ठँसठँस्ती गन्हाएकाहरुलाई अंकमाल गरेर हिँड्या थे । अबचाहिँ तिनका दौडाइमा ब्रेक लाग्या छ । काउरेसका ठेटनाको जत्तिको बुद्धि समेत नभाका तिन्ले छैठौ पटक सिंहदरबारको छाली खान ल्याप ल्याप गदै ¥याल चुहाएर बस्या थे । काउरेसको महासमितिको अस्तिका दिन सम्पन्न बैठकले अब आइन्दा लाउरेसले कसैसँग चुनावी तालमेल नगर्ने निर्णय गरेसी’ जमिन्दार काजीलको निद हराम भा’छ । अकल्पनीय छट्टपट्टाहट शुरु भा’छ । दारुले नि चैन द्या छैन रे । मुखैमा आएको सत्ताको पिक हावरमा ठेट्नाहरुले तालमेल नगर्ने प्रस्ताव ल्याइहाल्नु हुन्थेन । काजीलाई भन्दा नि कजिनीलाई साह«ै चोट प¥या छ रे । काजीलाई अगाडि सोरेर भान्सा चलाउदै आएकी कजिनीलाई पिर पर्नु त स्वाभाविकै हो । आखिरी काजी त मोहरा न हुन् । कि कसो हौ ?
माउवादीका मन्त्री चर्नमै व्यस्त


रात रहे अग्राठ पलाए भन्छन् । भोलिका दिन कस्ले पो देख्या छ र ? जे गर्नुछ सत्तामा रहँदै गर्नुपर्छ । सत्ताको रापका पछि सबै लाग्छन् । सत्ताबाट हट्या दिन कौन पुछे खेसरीके दाल । यो गृह्य मन्त्र राम्ररी बुझ्या माउवादीका मुखियादेखिका मन्त्रीहरु यतिबेला देश दौडाहामा निस्केका छन् । अब सत्ताबाट चिलिम चिलिम हुन लागेको बुझेसी उनीहरु सत्ता र शक्तिको फुइँ लगाउँदै देश दौडाहा माने चर्न निस्केका छन् । मुखिया बाले अस्तिका दिन सेनाको हेलिकोप्टर लिएर चर्न निस्किए । हेलिकोप्टरको खर्च भन्दा कम खर्चका गोडादुएक झिाना मसिना आयोजनाको शिलान्यास गरेछन् । उता घरेलु मन्तरी शनिवार त्यसैगरी हाँप र झाँप गरेर पूर्वतिर आ’थे । घरेलु मन्तरी लारायन काजी फुई देखाउँदै प्रहरी सशस्त्र प्रहरीलाई अगुवा पछुवा लगाएर गजक्क परेर चर्नमै व्यस्त थिए । उल्फाको धन फूपूको श्राद्ध ।
किरातीले दिएछन् दनक
बुझ्नु सुझ्नु छैन चाहियो कि चाहियो भनेर रोड्याई मात्र गर्ने धरान उपमहानगर पालिकामा मुखिया हर्कुलाई अस्तिका दिन पर्यटन मन्त्री सुदन किराँतीले राम्रेसँग झाटारो हानेछन् । पानीको मुद्धा उठाएर भोट बटुली जितेका हर्कुले पानी ल्याउन सकेनन् । अब यतिबेला एयरपोर्ट बनाएरै छाड्छु भन्दै बटायरिदै हिँड्या छन् । हैन हौ गर्न सक्ने कुराको पछि लाग्नु नि । गर्नै नसक्ने कुराको पछि लागेर धरानेहरुको माथा किन चाट्नु ? मन्तरी किराँतीले हवाइजहाज उडाउनु भन्या टेम्पो दौडाएझै होइन भनेर हर्कुलाई सम्झाएछन् । हर्कुले पहिला टेम्पो चलाएकै हुन् । टेम्पो चलाउनेले टेम्पोको चिन्ता गर्नु नि । बोक्नै नसक्ने यमानको भारी बोकेसी हर्कुमात्र होइन जो कोही पनि बर्बराउँछन् ।
नाटक पनि कति गर्न जान्या
एमालेसँग विहेवारी गरेर चटक्क छोडी वहुपतिहरुलाई साथमा राखी हनिमुन मनाउदै आएका कोशी पर्देशका मुख मन्तरी केदार कार्कीको नाटक देखेर यतिबेला सबैले जिब्रो टोक्न थाल्या छन् । उनले हात्ती हिड्ने बाटोमा झापादेखि उदयपुरसम्म पैदल यात्रा गरेछन् । बुद्धिको भाँडामा बिर्को लागेसी यस्तै यस्तै उट्पट्याङ काम त गर्ने हो । तिनले हात्ती हिड्ने बाटामा पदयात्रा गर्दा हात्ती हिड्न छाड्छन् कि क्या हो ? हात्तीले भत्काएका घरहरु लातलुत बनेकी क्या हो ? कि मन्तरीले हात्तीले भत्काएका घर बनाउन गाँठको व्यवस्था गरे कि, पीडितले टन्नै राहत पाए कि ? फेरि मन्तरीसँग हिड्ने झोले झ्याम्टेहरुको तुजुग देख्दा घण्टाघरलाई नि कुरीकुरी लागेर आयो । जे होस् नाटक गर्नचाहिँ मुखमन्तरी निपूर्ण भएछन् ।
अख्तियारलाई बाल दिएन रे
सुनसरी क्षेत्र नं. ४ बाट आफ्ना प्रतिद्वन्द्वीलाई ६ कोरी मतले दायाँ बायाँ गरेर जितेका भोजपुरे ज्ञानेन्द्र कार्कीलाई अख्तियारले बयानका लागि पटक पटक ताकेता गर्दा नि अख्तियारलाई बाल मतलब दिएनछन् । कार्कीले जाबो अख्तियारलाई बाल मतलब नदिनु पनि स्वभाविक हो । पियन, खरदार, सुब्बा जस्ता तल्लो स्तरका कर्मचारीहरुलाई तर्साउने, धम्क्याउने, सजाय गर्ने, जरिवाना गर्ने ल्याकत भएको अख्तियारले कार्की जस्ता ठूला माछालाई बयानका लागि बोलाउन पटक्कै मिल्दैन ।
अरथ मन्तरी, सूचना मन्तरी भइसक्या, राष्ट्रिय दाजु भाउजुका प्यारा कार्कीलाई अख्तियारले कसरी बोलाउन सक्या होला ? कार्कीले नि अख्तियारलाई बाल मतलब दिएनछन् । दिनुपनि हुँदैन ।
जेमा नि विरोध
हैन हौ धरानका दुई चार जना गुइँठेहरुले जेमा पनि विरोध गर्ने ठेक्कै ल्याछन् कि क्या हो ? विरोध ग¥यो सामाजिक सञ्जालमा पोष्ट्यायो अनि केहीको ताली र धेरैको गाली खायो । अब हेरम न सुनसरी उद्योग वाणिज्य संघले ठूलो मेहनत गरेर धरान एक्स्पोको आयोजना ग¥या छ । एक्सपोमा सामानहरु अत्याधिक महंगा भए, भित्र छिर्न मात्र दुई सयको टिकट लिनुपर्ने, बाइकको पार्किङ शुल्क ५० रुपैयाँ लियो भनेर किन राँडे रुवाई ग¥या होला ? महँगो भए नजानु वातै खलास । एक्सपो भन्या एक्सपो नै हो । सस्तो सामान चाहिएमा सोमबारे हटियातिर दौडदा भैगयो । जेमा नि विरोध ग¥या छ, विरोध ग¥या छ ।
शाही माओवादीलाई काउसो
ज्ञानेन्द्र शाहीको नाम सुन्यो कि कुहेको गणतन्त्रको थुप्रोमा रमाउने माउवादीहरुका नेताको टाउको चडङ्ग चडङ्ग गरेर दुख्न थाल्या छ । फोहोरमा रमाइरहेका माउवादीका एक जना सांसदले त शाहीलाई सांसदबाट राजीनामा दिएर निस्कन धमासै दिएछन् । हैन हौ शाहीलाई ती कुहेको थुप्रो्मा मुख जोतेर बस्नेले जिताएका हुन् र ? जुम्लाका जनताले पत्याएर जित्या हुन् । आफ्नो विरोध सुन्नै नसक्ने गणतन्त्रवादी हुनै सक्दैनन् । जे होस् ज्ञानेन्द्र शाही सिंगो माओवादीका लागि भारीचाहिँ भा’छन् ।
अन्तेमा
दमक भ्यु टावर उद्घाटन गर्न माओवादीका मन्त्रीहरु दिलो ज्यानले लाग्या छन् । काम गर्ने हनुमान जस लिने ढेडु भनेझै परिकल्पना गर्ने, शिलान्यास गर्ने, अर्थको व्यवस्था गरिदिने झालेमालेका अध्यक्षे खप्रओ, उद्घाटन गर्न हतारिनेचािहँ माउवादी । हुन त माउवादीहरुले आजसम्म केही बनाएकै छैनन् । बिगार्नु उनीहरुको मुख्य काम हो । भ्यु टावर ९५ प्रतिशत मात्र पूरा भा’छ । उद्घाटन गर्नेचाहिँ माउवादीलाई हतारो ? कसैको बानी नै त्यस्तै हुन्छ अर्काले ठिक्क पार्देसी’ खोसेर बजाइदिने । कि कसो हौ ?

तपाईको प्रतिक्रिया