घण्टाघरबाट हेर्दा

शाही घाडो भए रे
धम्क्याउने, लुटिखाने, अर्काकी छारीचेली अँठ्याउने, ठग्नेहरु अब आफ्नो धन्दामा भन्दा आउने भयले छटपटाउन थालेका छन् । जुम्लाका ज्ञानेन्द्र शाहीले संसदमा एक्लै माओवादीको लगौटी खोल्देसी माउवादीका लागि राष्ट्रिय घाँडो भा’छन् । हिउद लागेसी एमालेसँग रत्यौल खेल्न जाने, बर्षा लागेसी काँग्रेसँग चिपिक्क हुने बत्तिस सिटेले अस्तिका दिन भन्या ज्ञानेन्द्र साही राष्ट्रिय घाँडो भए रे । शाही माउवादीका लागि मात्र घाँडो भा’छन् । अरुले त संसदमा पिरिरि ताली पिटेर स्वागत ग¥या छन् रे । सत्य बोल्छन्, कसैलाई धम््रक्यएर, तर्साएर, पिडुला फर्काएर लुट्दैनन । सत्य कुरा माउवादीलाई पच्ने कुरै आउँदैन । हुँदाहुँदा माउवादीका सापकोटा थरका एकजना झोलेले त शाहीले संसदबाट राजनीनामा दिनुपर्छ भनेर सम्म बोलेछन् । ती झोलेले आफ्नो मालिकको आदेश अनुसार आफ्नो धर्ममात्र निर्वाह गरेका हुन् । हिजो गठबन्धन गरेर जुम्लामा चुनाव लड्दा पनि शाहीसँग उत्तानो परेका ती झोलेले किन बिर्सेका होलान ? यो देशको घाँडो त वास्तवमा माओवादी भा’छन् भन्ने कुरा तिनलाई कस्ले बुझाइदिने ?


घोटला अनुसन्धान नगर्न उर्दी
जीवनमा कहिल्यै चुनाउ जित्न सक्ने ल्याकत नभएका तर फाउमा पदहरु पड्काउने खप्पर लिएर आएका पूर्व घरेलु मन्तरी लारायन काजीले हायात होटलको जग्गा घोटाला प्रकरणमा अनुसन्धान अगाडि नबढाउन सिआइविलाई निर्देशन दिएछन् । घरेलु मन्तरीले किन त्यस्तो निर्देशन दिया हालान् । हुन त विचरालाई टेन्सनै छ नि । हायातको घोटाला प्रकरणमा गठबन्धनकै वीरमानहरु मुछिने निश्चित थियो । ललिता निवासमा डामिएकाहरु नै हायातको जग्गा घोटाला प्रकरणमा डामिने सुइँको लारायन काजीका कानमा कसैले फुसुफुसु सुनाइदिएछ । हुन त लारायन काजीले टेन्सन लिनु पर्ने जरुरी नै थिएन । डामिएका लाडसाहवहरुले म जग्गा फिर्ता गर्छु भन्दिए भने सफाई पाइहाल्छन् ।
कति ल्याङ ल्याङ ग¥या
हाम्रा धरानका नगरपमुख पनि साह«ै ल्याङल्याङे रै’छन् । काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर भनेझैँ धराने जनतालाई जसरी पनि पानी खुवाउछु भनेर चुनाव जित्या प्रमुख यतिबेला पानीमा पार नलागेसी पारै नलाग्ने एयरपोर्टतिर दौडिएका छन् । ए बाबा हुने कामको पछिल्तिर दौडनु नि । खाली उट्पट्याङ ग¥यो जग हसायो । एयरपोर्ट बन्न सक्दैन भनेर प्राधिकरणको टोलीले भनिसक्या छ । हुन त विचारालाई के थाहा प्राविधिक कुरा के हो भनेर । आमा मलाई त्यही केटी चाहियो भनेर के जाति पौड्यालले ¥याल सिगान काढेर गीत गाएझैँ धरानका प्रमुख पनि हात खुट्टा बजारी रा’छन् । चाहिँदो कुरा कहिल्यै गर्नुछैन, अरुका कुरा कहिल्यै सुन्नु छैन । जे होस नगर प्रमुख हर्कु भन्या हर्कु नै हुन । लिँडे ढिप्पी गर्न चाहिँ सबैले ती सँग सिक्नै पर्छ ।
शर्मिला पुगिछन् राष्ट्रिय बाजेकहा
अस्तिका दिन शर्मिला वाइवा नामकी महिला राष्ट्रपतिकहाँ पुगिछन् । जताततै काण्डै काण्ड मच्चाएसी उनी राष्ट्रिय बाजेकहाँ पुगेकी रे । यतिबेला नेपालमा काण्ड मच्चाउनेहरु पुग्ने ठाउँ नै राष्ट्रिय बाजेकहाँ हो । कस्ता कस्ता काण्डमा मुछिएकालाई राष्ट्रिय बाजेले जोगाएका छन् । दिनदहाडै सडकमा मान्छेको हत्या गर्ने, बलात्कार गर्ने, डकैती गर्ने, अपहरण गरेर फिरौती असुल गर्नेहरुलाई अदालत डामेर खोरतिर पठाएको थियो । राष्ट्रिय बाजेले दक्षिणा लिँदै सबैलाई मुक्त गर्दैको कस्लाई थाहा छैन । कही न्याय नपाएसी शितल निवास छिर्नु राष्ट्रिय वालाई जदौ गर्नु, लेनदनेको कुरा मिलाउनु त्यसपछि त बातै खलास । शर्मिला वाइवाले पनि यो सबै कुरा चाल पाएकी थिइन् । उनी पनि शितल निवासतिरै हुइँकिछिन् । राष्ट्रिय बाजेले मधुरो स्वरमा हुन्छ भन्देसी बातै खलास । त्यसपछि त इन्द्रेको वाउ चन्द्रे आए पनि कसैको केही लछारपाटो लाग्दैन । जे होस वाइवा ठाममै पुगिछन् ।
जंग चलेछ खप्रओलाई
झापाली कुमाई खप्रओलाई यस पटक अघि पछिको भन्दा अलि बढी नै जंग चलेछ । जंग चल्नु पनि स्वभाविक हो । ठाम ठाममा झापड खाँदा नि खप्रओलाई जंग चलेको थिएन, दुर्गा प्रसाईले आन्द्राभुँडी छताछुल्ल बनाइदिँदा पनि त्यति साह«ो जंग चल्या थिएन । अरु दलका झोलेहरुले हुर्मत लिँदा पनि तिन्लाई जंग चल्या थिएन । तर यसपटकचाहिँ तिन्लाई साह«ै जंग चलेछ । संसदमा एक सिट पनि नभएको एउटा व्यक्ति पर्धानमन्तरी बन्छु भन्दै हिडेको देखेपछि तिन्लाई जंग चलेछ । एक सिट नभए पनि पर्धानमन्तरी बन्छु भन्दा के विरायो र खप्रओको त्यसरी पारो तात्नुपर्ने ? बन्छु भनेर भन्नै नपाइते त होइन होला ? बन्छु भन्दैमा बनिने त होइन होला ?
चस्का परेछ
पदको चस्का परेसी जस्तोसुकै मै हुँ भन्नेहरु पनि सडियल हुँदा रै’छन् । अब हेरम न नेपालका परराष्ट्रमन्त्री एनपी साउदले अस्तिका दिन भन्या वर्तमान गठबन्धन सरकार पाँच बर्षसम्म टिक्छ रे । गठबन्धनकै कारण गाउँघरतिर लाउरेस सिद्धिएको तिन्लाई पत्तै रै’नछ । गठबबन्धन तोडेर लाउरेस जोगाउनुपर्छ भन्लान भन्या त टिकाउनुपर्छ पो भन्दै हिड्या छन् । हुन त भोलि कस्ले पो देख्या छ र ? फेरि मन्तरी हुँला भन्ने विश्वासै तिनमा नभएरै पाँच बर्ष टिकाउन पाए रोगे रौँ फेरौला भने तिनको बुझाई न हो । एकपटक सिनो खाएको कुकुरले जुनसुकै जनवरको भएपनि लुच्छ भन्ने हो रै’छ । सत्तामा बस्न पाए गठबन्धन जोसुकैसँग पनि गर्न तयार राष्ट्रिय भाउजुका विश्वास पात्र ठहरिए साउद ।
तीब्र विकास भा छ रे
गाउँघरतिर छौडा लाग्यो भने केटाकेटी विरामी पर्छन, हास्या हाँस्यै गर्छन्, रुहेका रुहेयै गर्छन भन्थे हाम्रा बुढापाकाहरु । अहिले छौडाको प्रवेश राष्ट्रिय दलहरुमा गरेको छ । सत्तामा बसेर माथिबाट डकार र तलबाट अपानवायु छोड्ने छौडाहरुले हसाउने रुवाउने काम मात्र गरिरा’छन् । अब हेरम न खाओवादीका उपमहासचिव बर्षमान पुनले भन्या गणतन्त्र आएसी पूर्वाधार, शिक्षा, स्वास्थ्यमा तिब्र विकास भा’छ रे । किन ती छौडाले जग हँसाएको होला ? जनताले गलगाँडतन्त्र भन्ने ग¥या छन् । सिस्नोपानी लगाएर लखेट्न्े तारतम्य गर्दैछन् । सत्ताको स्वादमा भुलेका पुनलाई के मालुम । हुन त उनले गरेको वात पनि ठीकै हो । गलगाँडतन्त्र आएसी नेताका घरको पूर्वाधार मजबुत बनेको छ । शिक्षा हासिल गर्न दैनिक हजारौ विब्द्यार्थी भाmोला बोकेर विदेशतिर दौडिएका छन् । राजनीतिक दलका नेतालाई पातलो आका आउनु हुँदैन सिंगापुर, अमेरिका, थाइल्याण्ड जस्ता देशमा गएर उपचार गर्न पाएका छन् । यहाँभन्दा तिब्र विकास हुने त ठामै छैन । वात करता है ।
अन्तेमा
देशैभरिका नागरिकले अमेरिकी मिलियन च्यालेन्ज कर्पोरेशन एमसिसीको त्यसै विरोध ग¥या होइन रै’छन् । तर के गर्नु सत्तामा बस्नेहरुले आँची खाइदेसी ? अब हेरम न अस्तिका दिन एमसिसीले नेपालको अदालतलाई नेपालको कानुन नमान्ने भनेर पत्र पठाइदिएछ । एमसिसी नेपालको कानुन भन्दा माथि छ रे । एमसिसी पास गर्न दिँदैनौ भनेर लाउरेसका महामन्तरी गनगने थापाले कम्ता भुकेनन् । अखिरी खसीबाख्री एउटै धोक्री । व्याख्यात्मक टिप्पणी भन्दै सबैलाई बेकुब बनाएर एमसिसी पास गरेरै छाडे । त्यो गनगने थापाले त एमसिसी पास भएमा मलाई चारपाटन मुडेर थानकोट कटाइदिनु सम्म भने । मनउवादीका लारायन काजीले एमसिसी पास हुनै दिँदैनौ भनेर खुब भुक्या थे । आखिरी डलर झोलोमा छिरेसी सबै तै चूप मै चूप । क्या गज्जब छ ।

तपाईको प्रतिक्रिया