पैनीमा डुबेर एकको मृत्यु

झापा । झापाको दमक नगरपालिका– २ स्थितमा पैनीमा डुबेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६५ बर्षीय कमल धिमाल रहेका छन् । शनिवार दिउँसो ११ बजे धिमालले सोही स्थानमा रहेको पैनीमा भैंसीलाई पानी खुवाउने क्रममा अचानक डुबेर घाईते भएका थिए । घाइते उनलाई उपचारको लागि आम्दा अस्पताल दमक लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया