धरान÷ नेपाल सरकार कृषि विकास मन्त्रालय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मुलुकका होटल तथा
रेष्टरेन्टहरुलाई खाद्य स्वच्छताको
आधारमा वर्गिकरण गर्ने कामको शुरुवात
गरेको छ ।
यसै क्रममा विभाग अन्तर्गतको क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कायालय विराटनगरले पूर्वका होटल तथा रेष्टुरेन्टहरुमा वर्गीकरण गरी स्तरीकरण मुल्यांक सुचांकको कार्यलाई तिब्रता दिएको छ ।
धरानमा समेत फागुन ३० र चैत्र १ गते दुई होटलको बर्गिकरण छुट्याई स्टीकरण समेत टास्ने काम गरेको छ । होटल व्यवसायीको संस्था होटल एसोसिएन धरान, सुनसरी उद्योग वाणिज्य संघ धरानको संयुक्त अनुगमनमा वर्गिकरण छुट्याई स्टीकर प्रदान गरेको हो ।
धरानका २५ वटा होटल तथा
रेष्टुरेन्टमा अनगुमन गर्ने लक्ष्य लिएको क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले दुई दिनमा २५ वटा होटल तथा रेष्टुरेन्टमा अनुगमन गरेको थियो । जसमा ६ वटामा हरियो स्टिकरमा तीन तारा, ८ वटामा दुई
तारा, ६ वटामा एक तारा र ६ वटामा पहेलो स्टिकर टासिएको थियो ।
९० अंकभन्दा माथि ल्याउने होटलले हरियो स्टिकरमा तीन तारा पाउने, ८० देखि ८९ अंक ल्याउने होटलले २ वटा तारा भएको स्टिकर, ६५ देखि ७९ अंक प्राप्त गर्ने होटलले १ तारा भएको स्टिकर र ५० देखि ६४ नम्मर् प्राप्त गर्ने होटल तथा रेष्टुरेन्टले पहिलो स्टिकर पाउने क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका खाद्य निरीक्षक रमेश दाहालले बताउनुभयो । यही आधारमा होटल तथा रेष्टुरेन्टलाई अतिउत्तम, उत्तम, सन्तोषजनक र सामान्य भनेर वर्गीकरण गरिने उहाको भनाई छ
होटल तथा रेष्टुरेन्टको बाहिरी तथा भित्री भागको सफाई, होटल तथा
रेष्टुरेन्टमा प्रयोग गरिने खाद्य वस्तु, सरसफाइ गर्न प्रयोगमा ल्याइने रसायन तथा विषादी खानेकुराहरु टाढा, लेवल लगाई
राखिएको छ वा छैन, खाडल, नाली तथा चर्पीबाट बग्ने सबै फोहोर पानीलाई राम्रोसंग ढल निकासको व्यवस्थित गरिएको छ वा छैन लगायतका ५० वटा मापदण्डमा होटलको मुल्यांकन गरिने गरिएको छ ।
यसले होटल व्यवसायी र उपभोक्ता दुवैलाई फाइदा पुग्ने स्वयम् होटल व्यवसायीहरु बताउँछन् । अनगुनका क्रममा विभागका कर्मचारीसंग सँगै हिड्नु भएका होटल एसोसिएसन
धरानका अध्यक्ष सुवर्ण श्रेष्ठले उपभोक्ताले स्टिकरको आधारमा कुन होटल तथा रेष्टुरेन्ट कस्तो हो भनेर पहिचान गर्न सहज हुने र होटल व्यवसायीले पनि सुद्धतामा ध्यान दिने भएकोले मापदण्डको आधारमा स्टिकर प्रदान गर्नु अत्यन्तै राम्रो काम भएको बताउनुभयो ।
यसले कम मुल्यांकनमा पर्ने व्यवसायीहरु अर्कोपटक राम्रो मुल्यांकनमा पर्न कोशिश गर्ने भएकोले होटल व्यवसायीहरुले सुद्धतातर्फ बढी ध्यान दिने पनि उहाको भनाई छ । अन्य होटल व्यवसायीहरुले पनि यो कार्यको प्रशंसा गरेका छन् । उपभोक्ताको चेतनास्तर दिनप्रतिदिन बढ्दै गएको अवस्थामा होटल तथा रेष्टुरेन्टको स्तर हेरेर उपभोक्ता होटलमा जाने भएकोले आफ्नो व्यवसाय अन्यको भन्दा बढी राम्रो बनाउने बाध्यात्मक परिस्थिति पनि यसले सिर्जना गर्छ । यसको फाइदा भने उपभोक्ताले पाउनेमा दुई मत
छैन ।

