आर्थिक अवस्थाका कारण उपचारमा समस्या

धरान÷ आर्थिक समस्याका कारण उपचार गराउन नसकेकी क्यान्सर पीडित धरान ८ लांगाली चौककी राधादेवी ढुंगाले सहयोगको लागि सबैसँग अनुराध गरेकी छन् ।
एक बर्ष अगाडि स्तन क्यान्सरबाट पीडित भएकी ढुंगाना सामान्य ज्याला मजदुर गरेर गुजारा गर्दै आउनु भएको छ । भरतपुर क्यान्सर अस्पतालमा उपचार
गराइरहेकी उहाले उपचार खर्चमा मात्र ५ लाख भन्दा सकिसक्नु भएका छ भने सरकारले प्रदान गरेको १ लाख समेत उपचारमै सकिएपछि उपचारका लागि थप रकम नभएपछि धरानमा पत्रकार सम्मेलनको आयोजना गरी सबैसंग सहयोगको याचना गर्नुभएको हो ।
भारतपुर क्यान्सर अस्पतालले उहालाई ६ पटक केमो थेरापी गर्नुपर्ने र यसका लागि डेढलाख भन्दा बढी रकम उपलब्ध गराउनुपर्ने हुन्छ । धरान ८ लांगाली चौकमा कोठ भाडामा बसेका उनीहरु २० बर्ष अगाडिदेखि श्रीमान पदम ढुंगानासंगै उहा औद्योगिक क्षेत्रभित्र रहेको प्लाष्टिक फ्याक्ट्रीमा काम गर्दै आउनु भएको छ । उहाहरुको आयस्रोतले हातमुख मात्र जोर्न पुग्ने भएपछि अहिले धरान १७ का वडाअध्यक्ष सूर्य भट्टराईको संयोजकत्मा ५ सदस्यीय सहयोग समिति समेत गठन गरिएको
छ ।
गरिब तथा असहाय परिवारलाई उपचारमा निरन्तर सहयोग गर्ने उद्देश्यले सहयोग समिति गठन गरिएको संयोजक भट्टराईले बताउनुभयो ।
यो समितिले अहिले धमाधम
रकम संकलन गर्ने कामलाई निरन्तता दिएको जनाइएको छ । समितिले संकलन गरेको २७ हजार ६ सय रुपैया पत्रकार सम्मेलनमै हस्तान्तरण गरिएको छ । आर्थिक अवस्था कमजोर भएका ढुंगाना परिवारका लागि यथाशक्य सहयोग गर्न समितिले अनुरोध समेत गरेको छ ।

तपाईको प्रतिक्रिया