घण्टाघरबाट हेर्दा

सिद्धिया छैन रे
नेप्लिज काँग्रेसका नेता शेखराउले भन्या नेपाली काँग्रेस सिद्धिएको छैन
रे । चुनाउमा हार्दैमा कसैे काँग्रेस सिद्धियो भन्छ भने त्यो भ्रम हो रे । के वात गरेका होला शेखराउले ? काँग्रेस सिद्धिनलाई काँग्रेसका नेता र कार्जेकर्ताको खप्पराँ सिङ्ग जुरो पलाउनु पर्ने हो कि क्या हो ? निर्वाचनमा हारेसी’ सिद्धियो । खै शेखराउले कुरा बुुझ्या ? पोल्दापोल्दैै उछिटिएका झै हरेउसँग तीन बल्डयाङ्ग उत्तानोचित्त भएका
शेखराउले के भन्न खोज्या होलान ? जंगबहादुरले आÏना हुक्केलाई सीधा रुख देखाएर त्यो बाँगो छ हैन भनेर सोद्धा जंगेको गर्धन चिलाया हुन् कि मेरा आँखा फुट्या हुन भन्या थे रे । अब अहिले आएर शेखराउ जंगेको सिको गर्र्दछन् । मुलुकै भरिबाट विस्कुन सुकाएझै सोत्तर भएको काँग्रेस हा¥या छैन भनेको सुन्दा घण्टाघरलाई नि
कुरीकुरी लागेर आ’छ । जित्या भे’त सरकाराँ गै हाल्थे नि । झुठो बोल्नु नि यसो पत्याउनु नि । लाटाको धोती जस्तो गफ गरेर नेता पल्टेसी’ यस्तै हो ।
छाया“ पर्धानमन्तरी
पद भनेसी’ काँग्रेसका शक्तिशाली स्यालबहादुरले चप्रासीको नि नछोड्ने भए । पद भन्या नै स्यालबहादुर र स्यालबहादुर भन्या नै पद हो भन्ने कुरा काँग्रेसका जमातहरुले बल्ल चाल पाएका छन् । अब हेरौ न भर्खर्र भर्खर सक्कली पर्धानमन्तरीबाट खुस्किएका स्यालबहादुर छायाँ पर्धानमन्तरी भा’छन् । उन्लाई छायाँ राष्ट्रपति कुमारी लक्ष्मी राईले
आरजुको नाममा छायाँ सपथग्रहण
गराकी छन् । पार्टी सभापति छोड्दै नछोडने, संसदीय दलको नेता छोडे छायाँ पर्धानमन्तरी अरुले नै उछिट्याइदिने । स्यालबहादुरलाई कम्ता टेन्सिन थियो । जन्ताका काम पनि गर्नुपनेै, कसैलाई जवाफ पनि दिनु नपर्ने त्यो छायाँ पर्धानमन्तरीको पद कम्ता गज्ज्बको छैन । ज्योतिषीहरुले ठीकै भन्या रै’छन् । सात पटक पर्धानमन्तरी हुन्छस् भन्या थे रे । अबका दिनमा छायाँ पर्धानमन्तरी भएर नि सात पटक पु¥याउने भए । ती जाज्वल्यमान ज्योतिषीलाई एकपटक धन्यवादचाहिँ दिनैपर्छ ।
दहाललाई चेताउनी
छल, बल, कपट गरेर बाउको आडमा काँग्रेसको बुई चढेर बल्लतल्ल न्वारानदेखिको बल निकालेर भरतपुर महानगरपालिकाको मेयर पड्काएकी प्रचण्डाउपुत्री रेणु दहालको यतिबेला
खराब दिन चल्न थाल्या पो देखियो । दश बर्ष अघिसम्म आफन्त रहेका विप्लव नेृत्वको पार्टीका जिल्ला वन परिषद्ले उन्को अपानवायु निस्कने गरी मेयर पद छोड्न पत्र लेखेरै धम्क्याएका छन् रे । विप्लवको पत्रले देवी ज्ञवालीहरु भित्रभित्रै खुसीले गद्गद् भा’ होलान् किन नहुन पनि चुनावमा जित्नेलाई हराएर
हारेकोलाई जिताएसी’ ज्ञवाली मार्काहरु खुशी नहुने कुरै भएन । जैसे करनी वैसे भरनी भन्ने रुपमा एउटा उखान छ । हजो अरुलाई त्यसैगरी पद छोड्न दबाब दिने, धम्क्याउने र लाष्टा भौतिक सफाया गर्नेहरुलाई आज अरुले गर्दैछन् । १२ बषर््पछि खोला नि फर्कन्छ भन्थे हो रै’छ वा †
टाउका“ बोतल
आÏनै घरेलुतिर गएर ताइ न तुईको भाषन ठोक्दै गर्दा पुराना अर्थमन्त्री
रामसरन महतको खप्पराँ बोतल प्रहार भएछ । हुन त नेपालका नेताहरु समय समयमा पिटिदै आएका छन् । प्रचण्डाउलाई आÏनै कार्जेकर्ताले
राजधानीकै चट्काएका थिए । झालेमालेका झल्लाझलुलाई इटहरीमा भुवाजस्ता गालामा चढ्काएकै हो झालेमालेका माकुन्याउ माथि पन ित्यस्तो भएकै हो । अब अहिले आएर संसारले मन्या, उत्कृष्ट पुराना अर्थमन्त्री रामशरन महतको टाउकोमा नुवाकाटतिरै बोतल प्रहार भएछ । धन्न ढुंगा मुढा प्रहार गरेछन् । यतिबेला देशाँ बामहरु चम्किएको बेला महतलाई कुन दशाले कुत्कुत्याएर त्यहाँ पुग्नु भएको हो ? होनहार दैव नटार भन्छने महतमाथि यस्तै भा’ होला ? चूपचाप लागेर बस्या भए तिनका तालुमा कस्ले बोतल प्रहार गथ्र्यो त ? बाँर ज्यादा बाठो भएरै राजधानी च्यापिएर मर्छ भन्थे हो
रै’छ ।
खप्परा“ भएसी
खप्पराँ भएसी जापो पद भन्ने कुरा लडीबुडी आउँछ भन्थे हो रै’छ । अब
हेरौ न हाम्रै देशकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई । एक कार्जेकाल राष्ट्रपति खाएकी भण्डारीले फेरि दोहो¥याएर त्यही पद पड्काएकी छन् । अहिलेको नेपालको युग भन्या खप्रओ युग हो । खप्रओ दाहिने भएसी अरुले जतिुकै बल गरे नि कसैको केही लाग्दैन । झालेमालेका झलुले ठुँस्केर हुने हो ? भण्डारीलाई खप्रओले फेरि खाउ न त खाउ, दोहो¥याउ भनेर कानेखुशी ग¥या विचारा झलुहरुलाई के थाहा ? खप्रओली भन्डारन्नी बज्यैको खप्पराँ हात राख्देसी’ सिद्धियो । अब पाँचबर्ष भण्डार्नी बज्यैलाई हाइसञ्चो भा’छ ।
नाक दुखाउनेहरु
यतिबेला झालेमाले र माउजादी केन्द्रका धेरै नेताहरुको नाक दुख्या छ रे । त्यसरी नाक दुखाउनेहरुमा गज्जबकै रोग भेट्या छ । ती दुवै दलका नोहरुमा नाक दुख्ने रोग भाइरल झै फैलिएको छ रे । होला पनि । निर्वाचन जितिएला मन्त्रि पद पडकइएला, राजधानीान घर ठड्याएला, छोर छोरीलाई यहीका महँगा स्कुलमा नत्र विदेशतिर पढ्न ठेलुला, श्रीमतिलाई गरगहनाले झपक्कै पुरौला, सालासाली सबैको राम्रै व्यस्था गरौला भन्ने सोचेका थे उनेरले । अन्तेमा खप्रओले सबैलाई साइड लगाइदिए । मनको वह कसैलाई न कहँ भनेझै विचाराहरु बाहिर चिच्याएर पनि हिड्न सक्ने अवस्थामा छैनन् । ताप्लेजुङ्गका योगेशदेखि नवराज सिलवाल सम्मका निर्वाचन अगावै मन्त्री बनाइदिन्छु भनेर खप्रओले भट्याएका थिए तर अहिले आएर सबैलाई खप्रओवाले गुँयलाको फूल देखाइदिएका छन् ।
गुण्डा छोड्न संघर्ष
मति बिग्रसी खति हुन्छ भन्थे हो कि क्या हो ? निर्वाचनमा गोडा पन्द्रेक बर्ष सम्म उठ्न नसक्ने गरी पछारिएको नेपाली काँग्रेसले अब संघर्ष गर्न राम्रो मुद्धा फेला पा¥या रै’छ । पुलिसले पेस्तोल सहित समात्या गुण्डा नाइके गणेश लामालाई छोड्न काँग्रेसका भाते सगठनहरु आन्दोलनमा जान लाग्या छन् रे । काँग्रेसले गुण्डा छुटाउने आन्दोलन गर्न लाग्या देखेर घण्टाघरलाई विनाश काले विपरीत बुद्धिको याद आउन थाल्या छ । राम्रा कामको आन्दोलनमा त काँग्रेसलाई नेप्लिज जनताले साथ दिन छोडिसकेको अवस्थामा गुण्डा नाइके छुटाउने आन्दोलनमा कस्ले साथ देला ? खै कुरो बुझ्या ?
उपिन्द्रलाई सकस
सत्तामा जान दुवै खुट्टा उचालेर बस्या संघीय समाजवादी फोरमका अध्येक्षे उपिन्द्र यादव हाललाई थच्चिएका छन् । गोडा तीनेक मन्त्री माग्या जादवलाई खप्रओले द्या पनि हुन् । सत्तामा जाने निश्चित भएसी जादवले खप्रओलाई विश्वासका मत दिए, राष्ट्रपतिलाई समेत दिए । तर अहिलेलाई जादव सत्तामा पुग्न सकेनन् । आखिरी गृृह्य कुरो के
परेछ, त्यसरी खुट्टा उचालेर बस्दा पनि किन नगाका होलान् भन्या त बात अर्को पो रै’छ । मधेश आन्दोलन गर्दा मधेशीहरुलाई उचालरे सहीद बनाए, समग्र मधेश एक प्रदेश भने अहिले कुनै माग पूर नगरी सत्तामा जान लागेसी’ मधेशीहरुले नै उन्लाई मधेशमा प्रवेश गर्न नदिने भनेर धम्क्याएका छन् । यतिमात्र काँ हो
र ? मन्त्री बन्ने आकांक्षीहरुको लकैै लागेछ । जस्ले गर्दा हाललाई जादव हच्केका रै’छन् ।
बृद्धभत्ता काट्ने रे
भीरबाट लडेको गोरुलाई राम राम भन्न सकिन्छ गएर काँध थाप्न त सकिदैन । सत्तामा पुगेको एक महिना पनि भा’छैन खप्रओको सरकारले वृद्ध भत्ता काट्ने भा’छ रे । त्यही वृद्ध भत्ताका कारण झालेमालेले सबैभन्दा बढी सिट ल्याथ्यो । वृद्ध भत्ता थापेका बूढाबुढीले आफ्नो भोट खातखुत पारेर झालेमालेलाई ओइराएका थिए । अब आएर बृद्ध भत्ता काट्दिने रे । अर्को पटकको चुनाउमा झालेमालेलाई बृद्धबृद्धाले उनी तलकुरे कु देखाइदिन्छन् ।

तपाईको प्रतिक्रिया