केही दिन पहिले चर्चित
रियालिटी शो नेपाल आइडलले विजेता बुद्ध लामालाई अहिलेसम्म पनि पुरस्कार वापत पाएको सबै कुरा नदिएको भन्दै समाचार बाहिर आयो । बुद्ध लामाले यसबारे गुनासो गरेका खबर पनि सञ्चार माध्यममा आए ।
अहिले फेरि अर्काे रियालिटी शो ले पनि त्यसका विजेतालाई ठगेको खुलेको छ । नेपालगन्जकी पुनम
राना मगर भी एन्ड भाइरस डान्स एकेडेमीले सञ्चालन गर्दै आएको डान्स नेपाल डान्स रियालिटी सो दोस्रो सिजनकी विजेता हुन् । आयोजकले देशमा विभिन्न क्षेत्रमा अडिसन आयोजना गरेकोमा मगर कोहलपुरबाट छानिएर आएकी थिईन् ।
अन्तिम १० जना प्रतियोगीमा पर्न सफल भएकी उनले गत
असारामा राष्ट्रिय नाचघरमा आयोजना गरिएको फाईनल छनौट प्रतिस्पर्धामा डान्स नेपाल डान्सको उपाधि हात पारेकी थिईन् ।
प्रतिस्पर्धामा सहभागी हुँदा विजेतालाई तीन लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरिएको थियो । फाईनल प्रतिस्पर्धाबाट उपाधि हात पारेपछि दुई लाख ५० हजार मात्र हस्तानतरण
गरेको थियो ।
उनलाई दिने भनिएको पुरस्कार आठ महिना वित्दा पनि आयोजनकले दिएन । उनले आफुले पाउनुपर्ने पुरस्कारबापतको रकमबारे आयोजकसँग कुरा गर्दा उल्टै धम्क्याउन थालियो ।

