धरान÷ पौष्टिक तत्वका विषयमा सर्वसाधारणलाई ज्ञान नहुदा यसको अभावका अनेकौ रोगका संक्रमणहरु बढिरहेको अवस्थामा केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारका चौथो बर्षमा अध्ययनरत पोषण विज्ञान (न्युट्रिसन) मा अध्ययनरत विद्यार्थीहरुले धरान १२ का चतरालाइनका आमाहरुलाई एकै ठाउमा भला गरे पोषणका बारेमा जानकारी दिएका छन् ।
धरान १२ मा रहेको पब्लिक माविको भवनमा आमाहरुलाई भेला गरेर आयोजना गरिएको कार्यक्रम आमालाई लक्षित गरी राखिएको पोषण विज्ञानमा चौथो बर्षमा अध्ययन विद्यार्थी चन्द्रिका दंगालले बताइन् ।
विशेष गरी उनीहरुले स्तन पान, यसका फाइदा, स्तन पान गराउने तरिका, गर्भ अवस्थामा प्रयोग गरिने खानेकुरा आदिका विषयमा त्यहाका आमाहरुलाई सिकाइएको थियो ।
पोषण विज्ञान तथा आहार विद्यार्थी समाजको समन्वयमा भएको सचेतना कार्यक्रममा विद्यार्थी रक्षा घिमिरेले आमाले गर्भावस्थामा प्रयोग गर्नुपर्ने खानेकुरा, मुना बस्नेत र चन्द्रिका दंगालले स्तन पान किन र बच्चालाई स्तनपान गराउदाका फाइदाहरु, एन्जस पौडेलले बच्चा ६ महिना पुगिसकेपछि प्रयोग गरिने खाना (पुरक खाना), जुना ढुंगानाले जंगफुड र स्वास्थ्य खानाका विषयमा त्यहा भेला भएका आमाहरुलाई बुझाएका थिए ।
आमालाई लक्षित गरी गरिएको यो कार्यक्रम प्रभावकारी भएको स्वयम आमाहरुले बताएका थिए । धरान १२ की निर्मला खड्काले हात्तीसारका विद्यार्थीहरुले सिकाएको कुराबाट आफूले धेरै कुरा सिक्न सकेको बताइन् ।
सचेतना कार्यक्रमलाई नेपाल पोषण तथा आहार समाजका अध्यक्ष विनोद निरौलाले कार्यक्रमको सहजी करण गरेका थिए । यस्ता कार्यक्रम आगामी दिनमा अरु स्थानमा समेत गरिने अध्यक्ष निरौलाले बताए ।
