एक खुट्टाको भरमा नाचेर चर्चामा आएकी रोमा न्यौपाने ठगी मुद्दामा चलान भएकी छन् ।
रोमालाई काठमाडौं जिल्ला अदालतले तोकेको ३६ लाख ५० हजार रुपैयाँ धरौटी तिर्न नसकेपछि जेल चलान गरेको हो । रोमालाई केन्द्रीय
कारागार चलान गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता
प्रहरी नायव उपरीक्षक मोहन थापाले जानकारी दिए ।
रोमा र उनका पति चिरञ्जीवि पोखरेलले भोल्युन्टर एसोसिएसन अफ डिसेबलिटिज नामक संस्था खोलेर ‘भीएडी नेपाल लघुवित्त कार्यक्रम’ को नाममा लाखौं रुपैयाँ ठगी गरेका थिए । उनका पतिविरुद्ध काठमाडौं जिल्ला अदालतले २६ पुस २०७३ मा दुई वर्ष कैद र ३६ लाख ५० हजार रुपैयाँ बिगो जरिवानाको फैसला सुनाएको थियो । उनका पति पक्राउ परि जेल चलान भए पनि रोमा भने फरार रहेकी थिइन् ।उनलाई प्रहरीले फागुन २४ गते पक्राउ गरी अदालतमा पेश गरेको थियो ।
