देखाउन मानेन रे
यो मुलुकाँ ठूला–ठूला ओहदामा पुग्न एसएलसी पनि पास गर्नुपर्दैन । शक्ति केन्द्रलाई दाहिना बनाएसी’ ठूला–ठूला पदमा लुतु–लुतु पुगिन्छ । टुप्पी छिनिउन्ज्याल धेरै पढेर के गर्नु ? लास्टाँ के गर्नु ? लास्टाँ खाडी मुलुकमा गएर बेल्चा हान्ने त हो । अब हेरौ न हाम्रा देशका प्रधान न्यायाधीश गोपाल
पराजुीललाई । उन्ले त एसएलसी पास पनि ग¥या रै’नछन् । एसएलसी पास नहुँदा त्यत्रो पदमा पुग्न पाइने मुलुक नेपाल नै हो । यसमा सबै नेपालीले गर्व गर्नैपर्छ । सबै कुरा ह्वाङ्ग ह्वाङ्ती थाहा पाएसी’ पनि नागरिक अभियन्ता गोविन्द केसीले पराजुली बालाई किन जिस्क्याइ रा’होला ? पराजुलीको एसएलसीको प्रर्मानपत्र हेर्न पाउँ भनेर उनकै निजी सजिवालयमा पुगेर निवेदन जाकेछन् । जानी जानी उन्को निजी सचिवालयले पराजुलीको एसएलसी गुल्टिङ्ग सर्टिफिकेट खुरुक्क दिने त कुरै आउँदैन । अखिरी पर्धान न्यायाधीश पो हुन त बाबैै † पराजुली भन्या एरे गैरै नत्थु खैरे त हुँदै होइनन् । केसी पनि बेकामे नै रै’छन् । जानी जानी बाघाको मुखमा डुडुलो हाल्नु त हुँदैनथ्यो नि हाउ । अहिले खरक्क पराजुलीले दिए भने केसीले भोलि पर्धानमन्तरीकै सर्टिफिकेट हेर्न माग्लान् । आखिरी दुवै पर्धानको योग्यता त उस्तै उस्तै न हो । घण्टाघरको सुझाउ छ पर्मानपत्र हेर्नचाहिँ ज्यान गए पनि नदिनु ।
उन्मुक्ति पाउ“दैनन्
लापारबाही गर्ने डाक्टरलाई कुनै पनि हालतमा उन्मुक्ति नदिने भनेर अस्तिका दिन पर्धानमन्तरी खप्रओ बा बीर हस्पिटलको गेट अगाडि बुरुक कि बुरुक उफ्रिएका छन् । किन त्यसरी उफ्रिया होला भनेर घण्टाघर पनि एकछिन अल्मलियो । कुरो के प¥या रै’छ भने केही दिन अगाडि दायाँ घुँडाको अप्रेसन गर्नुपर्ने विरामीको डाक्टरले बायाँ घुँडाको अप्रेसन गरेर वाहीवाही कमाएका थिए । आफूले हावा भाषन गरेर वाही वाही कमाएको भन्दा पनि बढी वाहीवाही ती अप्रेसशन गर्ने डाक्टरको हुन थालेसी पर्धानमन्तरी खप्रओलाई कसरी सैह्य हुन्छ त्यस्तालाई कारबाही नगरे आÏनै इमेज धरापमा पर्ने । त्यै भएर त्यस्ता
डाक्टरलाई कारबाही हुन्छ, उन्मुक्ति पाउँदैनन् भन्या रै’छन् हाम्रा खपओ बाले । कार्बाही गर्दैसी न बजे बाँसुरी नरहे बाँस । कि कसो हौ ?
जेल हालिन्छ रे
सकाराँ झालेमालेले एक्लौटी आसन जमाएसी यहाँका नेताहरुले एउटा गज्जबको नारा बनाएका छन् । त्यो के भने अब कसैले भ्रष्टाचार ग¥यो भने त्यसलाई दाँयाबायाँ नगरी सिधै जेलमा हालिन्छ । खप्रओले त भन्थे भन्थे अब सरुवा रोग माकुन्याउमा पनि सरेछ । अस्तिका दिन उन्ले आÏनै घरेलु जिल्लामा पुगेर सडक कालोपत्रेको शिलान्यास गर्दै भनेछन् अब भ्रष्टाचार गर्नेलाई सिधै जेल हालिन्छ । जेल त यस भन्दा अगाडिका सरकारले पनि हाल्या थे बरु पैसोचाहिँ असुल उपर गरिन्छ भन्या भे’त बरु तै भन्नु । भ्रष्टहरुले ठाउँ कुठाउँ सबैतिरका पावरफूल थुतुुनोहरुमा बिटो बुझो लगाइदिन्छन् । आखिरी हाब्रो नभएका केही छैनन् क्यारे ? भाषनै ठोक्दा अलि गतिलै ठोक्नु नि । जन्ताले ताली पिटिहाल्छन् के को कन्च्युस्याई गर्नु ?
देखाइ दिने रे
झालेमालेका अकबरे बाजे माने झल्ला झलुलाई यतिबेला सानो चोट प¥या छैन । चोट परेसी मान्छे बर्बराउँछ, धतुराउँछ भन्थे हो रै’छ । झालेमालेमा जोवन गुजारेका झलु राजनीतिको अन्तेमा आएर डुकु माने पेन्डुलम हुने भा’छन् । न गतिलो गुट चलाउन जाने, न अध्येक्षेको विश्वास जित्न सके । यसपाला त
राष्ट्रपति पड्काएर विश्राम लिउला भन्ने कत्रो धोको पाल्या थे झलुले ? राष्ट्रपतिमा दोहो¥याउछौ त ? दोहो¥याउन त दोहो¥याउ भनेर खप्रओले विद्यालाई चाँडी लगाएसी झलु छाँगाबाट खसेझै भए । मान्छेलाई औडाहा भएसी वा टन्न दारु धोकेसी सत्य कुरा बोल्छ भन्छ् हो कि क्या हो । अस्तिका दिन उनले खप्रओ र विद्या दुवैलाई देखाइदिने भनेर खै कता भाषन गर्दा चिच्याएछन् । झलुले खप्रओ र विद्याललाई के देखाउलान् ? झलुले देखाएको उनेरले हेर्दिएनन् भने अर्को
आपत ।
भात मरुवा
माउवादी क्रान्तिकारीका नेता सिपी गजुरेल पनि कहिलेकाही त राम्रैंसँग बम्किन्छन् । आखिरी क्रान्तिकारी न जो ठहरे । बोल्न त तिन्लाई कस्ले भ्याउने ? अस्तिका दिन तिन्ले खप्रओ र प्रचण्डाउलाई भात मरुवा भनेछन् । बाँडीचुँडी खान एकताको नाटक गरेकोसम्म भनेछन् । त्यत्रा पर्धानमन्तरी जस्ता मान्छे र दश बर्षसम्म त्यत्रो फडनी गरेर आएका प्रचण्डाउलाइ हाक्काहाक्की भात मरुवा त भन्नु भएन नि गाँठे । आÏनो क्रान्तिकारी पार्टी सुकेनाश लागेर सिद्धिदै गएको
गजुरेल बालाई हेक्का रै’नछ कि क्या
हो ? क्रान्तिकारी भन्या अर्काको डाहा गर्ने, अरुको खिसी टेउरी गर्ने मात्र हो कि क्या हो ?
मध्यदेश
नेपालमा संघीयता गलपासो होला जस्तो छ । संघीयता भएसी’ बर्रर्र आकाशबाट सुन बर्सेला झै ग¥या थे भातमारा नेताहरुले । अब अहिले भीरको चिण्डो उँधो र उँभो जस्तो भा’छ । पर्देशको नाम के राख्ने भन्ने कुरामै अब लफडा शुरु भएको छ । एक ठामको मात्र हो र ? सबै ठामको साझा रोग एउटै भा’छ । पर्देशको नाम काले भएपनि, विर्खे भए पनि, च्याँसे भए नि, घ्याम्पो भए नि, मंगली भए पनि, मंगले भए पनि कसैलाई कुनै ट्याँस ट्यासी त नहुनु पर्ने हो । तर लफडा नामबाटै शुरु होला जस्तो छ । भातमारा नेताहरुले नेपाली जनताले के घाँडो भिराई दिए भिराई दिए । नाममै लफडा भएसी विकास र समृद्धि कहिले हुनु ? यतिबेला पर्देशको नाममा दुई नं. पर्देशमा धोति उचाला उचालको
हिरर्सल शुरु भा’छ । उपिन्द्र जादवको फोरम मिथिला पर्देश बनाउन धोती उचाल्दै छ भने राजपाचाहिँ मिथिला हुँदै हुँदैन । बरु मध्ये पर्देश बनाउनुपर्छ भनेर कस्सी रहेको छ । क्या गजब छ पर्देशका मन्तरीहरु होटलमा नन्दीभृंगी लिएर बसेका छन्, टन्न दारु धोकेका छन् अनि मुख मन्त्री तँ पिँध मन्तरी भनेर गाड कोराकोर गरिराँछन् । संघीयताको असली नाटक त अब पो शुरु होला जस्तो छ । जदौ ।
मालिक पक्राउ गर
नयाँ जोगीले ज्यादा खारानी घस्छ भन्थे साँच्चै हो रै’छ । अब हेरौ न माउवादी केन्द्रको कोटाबाट घरेलु मन्तरी भएका रावथा यतिबेला एयरपोर्टको अध्यागमन विभाग, प्रहरी पर्धान कार्यालय पुगेर थरिथरिका निर्देशन दिन थाल्या छन् । नेपालाँ सुन तस्करी बढी भएको त सबैलाई थाहै छ । प्रहरीले तस्करका मालिकलाई अझसम्म प्रक्राउ गर्न सक्या छैन । भरियालाई मात्र प्रक्राउ गर्न सक्या छ । तर
घरेलु मन्तरीले मालिक प्रक्राउ गर भनेर आदेश दे’छन् । विचरा पुलिसले मालिकलालाई कहाँबाट प्रक्राउ गर्नु ? मालिकहरु घरेलु मन्तरीकै वरिपरि, गुहेको वरिपरि, वाल्वाटारको वरिपरि, शिलतल निवासको वरिपरि घुमिरा’ हुन्छन् । त्यहीका मुखियाहरुसँग उनीहरुको लन्च र डिनर चल्छ । चुनाउमा खर्च वर्चको व्यवस्था उनेरु नै गर्दिन्छ् । अब तिनेरलाई अठ्याएर विचराहरुले जागिरलाई किन जोखिममा पार्थे ? कि कसो हौ ?
अन्तेमा
नेप्लिज काँग्रेसका गनगने थापा पनि अब बुढानिलकण्ठे काजीको
दौराको फेर समाएर हिड्न राजी भा’ छन् रे । काजीले गनगनेलाई मुख्य सोचेतक बनाउने छनक देखाएसी उनी त्यसरी राजी भा’ रे । पहिला पहिला काजीको खुबै विरोध गर्थे, काजीले नेतृत्व छोड्नुपर्छ भन्थे । अहिले चाइँचुई नगर्नुको गृह्य कुरा त बल्ल जस्केलाबाट बाहिर आएको छ । पदकै लागि गनगने उप्रिया रै’छन् । काजीले पनि कस्लाई कता चारो हाल्ने भनेर बुझ्या छन् । ट्याउँ ट्याउँ गर्नेलाई यसो चारो छर्दियो आफै साइजमा आउँछन भन्ने कुरा काजीलाई भलिभाँति थाहा छ । सबै पदकैलागि ट्याउँ ट्याउँ गर्ने भएसी’फुइøयाँ पार्टी सप्रिन्छ र बलियो बन्छ ?

