नेकपाले सलमानको कार्यक्रम हुन नदिने

राजधानी÷नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले भारतीय नायक सलमान खान नेपाल विरोधी भएको भन्दै नेपालमा हुन लागेको उनको कार्यक्रम असफल बनाउने घोषणा गरेको छ ।
गोर्खा बु्रअरीको टुवोर्गले यही फागुन २६ गते अर्थात १० मार्चका दिन काठमाण्डौको टुँडिखेलको खुल्ला मञ्चमा सलमान खानको कार्यक्रम आयोजना गरेको छ । विप्लव माओवादीले मदिराको प्रमोसनका लागि दशौ हजारको टिकट बेचेर नेपालमा सलमानको कार्यक्रम गर्ने कुरा आफूहरुलाई मान्य नहुने बताएको
छ ।
विप्लव माओवादी सम्बद्ध अखिल नेपाल जनसाँस्कृतिक महासंघले सोमबार सलमानको कार्यक्रम विरुद्ध औपचारिक रुपले विज्ञप्ती जारी गरेको छ । विज्ञप्ती जारी गर्दै कार्यक्रम स्थगित नभए आन्दोलन गर्ने सम्मको घोषणा गरेको छ । महासंघका महाचिव खेम थपलियाले नेपाल र नेपालीलाई दुःख पर्दा सहयोग र सहानुभूति समेत प्रकट गर्नेलाई नेपाल ल्याएर कार्यक्रम गर्नुको औचित्य नरहेको भन्दै नेपाली कलाकारहरुलाई उपेक्षा गरेर नेपाल विरोधीहरुलाई नचाउने कुरा आफूहरुलाई मान्य नहुने बताएका छन् ।
सलमान नेपाल र नेपालीको मायाका लागि आउन लागेको होइन । नेपाली कलाकारहरुलाई उपेक्षा गरेर विदेशीलाई करोडौ तिरेर राजधानीको मुटुमा नचाउने कुरा कुनैपनि नेपालीलाई मान्य हुँदैन । भुकम्पमा हजारौ नेपाली छटपटाएको बेला सहयोग गर्न इन्कार गर्नेलाई ल्याएर कार्यक्रम गर्ने कुराप्रति हाम्रो घोर आपत्ति उनले भने । बहु राष्ट्रिय कम्पनी काल्सवर्गको लगानी रहेको गोरखा
बु्रअरीले आफ्ना वियरहरुको प्रवद्र्धनका लागि सलमान सहित आधा दर्जन भारतीय कलाकारहरुलाई ल्याएर टुडिखेलमा कार्यक्रम गर्न लागेको र त्यसका लागि उसले सलमान खानलाई मात्र ११ करोड भन्दा बढी खर्च गर्न लागेको छ ।
नेपालका विवादास्पद व्यवसायी राजेन्द्र खेतानको समेत लगानी रहेको गोर्खा बु्रअरीले कर नतिरेको विषयमा उक्त कम्पनी र कर कार्यालयलाई फागुन १५ गते सर्वोच्च अदातलले बोलाएको थियो । यस अघि उक्त कम्पनीले कर नतिरेपछि गोर्खा बुअ्ररीले खेतान ग्रुपको ३० प्रतिशत शेयर लिएर व्यवस्थापन पनि आफैले लिएको थियो । त्यसपछि चुडामणि शर्माको कर फस्र्यौट आयोगबाट ८७ करोड रुपैया बढी कर छुट लिएको थियो । विप्लव माओवादीले नेपालमा कर तिर्न नसक्ने भारतीय कलाकारलाई करोडौ रुपैयाँ तिरेर कसरी कार्यक्रम गर्न सक्छ भन्दै गोर्खा बु्र्रअरीको नियतमाथि प्रश्न समेत उठाएको छ ।

तपाईको प्रतिक्रिया