इनरुवा÷पूर्वमा अहिले लागू औषधको
कारोबारीको चहल पहल बढेको छ । लागू औषधको गिरोह अहिले पूर्वमा सक्रि रहेको प्रक्राउ परेका लागू औषध कारबारीबाट समेत प्रष्ट हुन्छ ।
पछिल्लो पटक ठूलो परिमाणको लागुऔषध सहित सातजनालाई सुनसरी
प्रहरीले पक्राउ गर्न सफल भएको छ । जनकपुरबाट धरानतर्फ आउँदै गरेको बसबाट दुईजना पक्राउ परेसँगै अरु पाँचजना पनि पक्राउ परेका हुन् ।
इनरुवा नगरपालिका ३ सखुवागाढी चौकमा खटिएका प्रहरीले सोमबार ८सय ६४ वटा स्पास्मोप्रोक्सिवन क्याप्सुल र सिलप्याक गरिएको ६४ बोतल डाईलेक्स डि.सी. बरामदगरेपछि अनुसन्धानका क्रममा अरु पाँचजना पक्राउ परेका हुन् ।
उनिहरु पक्राउ परेपछि लागुऔषध ओसार पसारमा गिरोह नै सकृय रहेको खुल्न आएको छ। जनकपुरबाट धरान जाँदै गरेको बसमा सवार सुनसरी हरिनगरा ४ का साहिद
अन्सारी र अबुल अन्सारीको साथबाट सो परिमाणको लागुऔषध प्रहरीले
बरामद गरेको हो ।
बरामद लागुऔषध पक्राउ
परेकाहरुले इटहरीसम्म ल्याएर डेलिभरी दिने गरेको खुल्न आएपछि धरानबाट लागुऔषध लिन ईटहरी आउँदै गरेका धरान ५का लाक्पा भन्ने आर्यन शेर्पा, धरान ४ का शेखर लिम्वु, धरान १५ का लक्की गुरुङ र सोही ठाउँका अविसन
राईलाई को १२ प ९६६५ र को २ प २०२ नम्वरको मोटरसाईकलसहित इटहरी ४ हलगढा चौकबाट पक्राउ गरिएको सुनसरी प्रहरीले जनाएको छ ।
प्रहरीले सुनसरी हरिनगरा ६का २८ बर्षीय मुक्ताज अन्सारीलाई पनि हरिनगरा४ घुस्कीबाट पक्राउ गरेको छ । आफ्नै घरमा औषधी पसल खोलेर बसेका सिएमए अन्सारीले घरबाटै धरान, इटहरीमा लागुऔषध सप्लाई गर्ने गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका व्यक्तिहरुलाई लागुऔषध बेचविखन अन्तरगत मुद्दा दर्ता गरि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

