धरान÷भारतीय सेनाका लेÏिटनेन्ट जनरल आर.पी. सिंहले धर्म, सँस्कृति रितिरिवाज सबै कुरामा समानता भएकोले नेपाल–भारत बीचमा सदियौदेखि अद्धित्तीय सम्बन्ध रहेको बताउनुभएको छ ।
भारतीय राजदुतावास पेन्सन वितरण कार्यालय धरानको गत हप्ता दुई दिने भ्रमणमा आउनु भएका AVSM, VSN ,DGDC and W संहले नेपालमा बसोबास गर्ने झण्डै १ लाख भूतपूर्व सैनिकहरुका लागि भारतीय सेना, भारत सरकारले सञ्चालन गरेका दर्जनौ लोककल्याणकारी कार्यक्रमहरुका सम्बन्धमा जानकारी गराउँदै उक्त कुरा बताउनु भएको हो ।
पेन्सन वितरण कार्यालयको हाताभित्र उपस्थिति सैयो भारतीय भूतपूर्व सैनिकहरुलाई संक्षिप्त सम्बोधन गर्दै जनरल सिंहले भन्नुभयो, म तपाईहरुको बीचमा तपाईहरुका समस्या सुन्न, बुझ्न र आगामी दिनमा थप सुविधा उपलब्ध गराउन पहल गर्न आएको हुँ । भूतपूर्व सैनिकहरुका लागि सञ्चालित सम्पूर्ण वेलफेयर कार्यक्रमहरु लेÏिटनेन्ट जनरल आरपी सिंहकै मातहतमा सञ्चालन हुने गरेका छन् । सो अवसरमा बोल्दै जनरल सिंहले भन्नुभयो, भारत सरकारले बीर नारीहरुका लािग दर्जनौ लोककल्याणकारी कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । तर कतिपय बीर नारीहरुलाई त्यस सम्बन्धमा जानकारी नभएको हुन सक्छ । उहाँले उपस्थित भूपूहरुसँग आग्रह गर्नुभयो बीर नारीहरुका लागि ल्याइएका त्यस्ता लोककल्याणकारी योजनाहरुलाई गाउँ गाउँमा पु¥याइदिनुस्, उहाँहरुलाई जानकारी गराइदिनुस्, यस्ता कार्यक्रमहरु गाउँ गाउमा पु¥याउन जरुरी छ ।
लेÏिटनेन्ट जनरल सिंहले भन्नुभयो भारतीय सेनामा काम गर्दा जसरी तपाईहरुले अफूलाई समर्पण गर्नुभयो त्यसैगरी अब भारतीय केन्द्रीय सैनिक बोर्ड र भारत सरकारले तपाईहरुको बाँकी जीवनको रेखदेख गर्छ । तपाईहरुको जीवनमा अझ राम्रो सुविधा पु¥याउन अर्थात जीवनयावन सहज गराउन तयार छ । त्यसका लागि तपाईहरुले समस्याको अवगत गराउनु प¥यो, सुझाव दिनुप¥यो । उहाँले भूतपूर्व सेनाहरुका लागि केही नयाँ योजनाहरुका सम्बन्धमा समेत
जानकारी दिनुभएको थियो । हाल
भारतीय भूतपूर्व सैनिकहरुका लागि २१ वटा लोककल्याणकारी योजनाहरु सञ्चालनमा रहेको र थप योजनाहरु चाँडै नै सञ्चालनमा आउने पनि उहाँले प्रष्ट पार्नुभयो । केन्द्रीय सैनिक बोर्ड र भारत सरकारका तर्फबाट भूपूका नानीहरुलाई माध्यामिक र उच्च शिक्षा अध्ययनका लागि लगानी भइरहेको छ । यसमा गत बर्ष मात्र दुई करोड भन्दा बढी सहयोग उपलब्ध गराइएको स्मरण गर्दै लेÏिटनेन्ट जनरल आरपी सिंहले अगाडि भन्नुभयो, भूतपूर्व सैनिकहरु घना बस्ती भएका स्थानहरुमा विद्युत, खानेपानी, स्कुल, कलेज, सडक निर्माणलाई प्राथमिकता दिएको छ । एक हजार भन्दा बढी गाउँमा पिउने पानीका व्यवस्था गरिएको छ भने कैयौ गाउँहरुमा त्यस्ता योजनाहरु धमाधम निर्माण भइरहेका छन् । स्कुल बस, एम्बुलेन्स समेत भूपूहरुलाई प्रदान गरिएको छ । त्यसरी प्रदान गरिएका एम्बुलेन्स र स्कुल बसले तपाईहरुलाई सहज बनाएको होला भन्ने कुरामा म विश्वस्त छु ।
उहाँले बारम्बार उपस्थित भूतपूर्व सैनिकहरुलाई आग्रह गर्नुभयो तपाईहरुलाई आवश्यक भएको कुरा लेखेर दिनुहोस् म सम्बन्धित ठाउँमा पु¥याएर त्यसलाई पूरा गर्छु । आज भारतीय सेनाको केन्द्रीय बोर्ड र भारत सरकारले नेपालमा बसोबास गर्ने भतपूर्व सैनिकहरुका लागि ECHS जस्तो महत्वपूर्ण योजना कार्यान्वयनमा ल्याएको छ । यस योजनाबाट सामान्यदेखि लिएर जटिल रोगको उपचार निःशुल्क रुपमा हरेक भूपूले पाउनु हुनेछ । धरानमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगै काठमाण्डौ, विराटनगरका अस्पतालहरुमा त्यस सम्बन्धी सम्झौता भइसकेको छ । तपाईहरुको स्वास्थ्यको जिम्मा भारत सरकारको हो धरानमा उपचार सम्भव नभए काठमाण्डौ, काठमाण्डौमा नभएका भारतमा समेत उपचार हुन्छ । तपाइहरु हिजो भारत सरकारको जिम्मेवारीमा हुनुहुन्थ्यो भने अहिले पनि भारत सरकारकै जिम्मेवारीमा हुनुहुन्छ भन्दै उहाँले अब सम्पूर्ण भूपूहरुको पेन्सन बैंकमार्फत नै भुक्तानी हुने जानकारी दिनुभयो । दुई दिने भ्रमणका अवसरमा लेÏिटनेन्ट जनरल आर.पी. सिंह पूर्वाञ्चलकै सुन्दर प्राकृतिक दृश्य भएको भेडेटार, बीपी कोइराला वास्थ्य विज्ञान प्रतिष्ठानमा समेत पुग्नु भएको थियो । लेÏिटनेन्ट जनरल सिंहसँगै कर्णेल अमित औग, Dir cw-6, भारतीय राजदुतावास काठमाण्डौका रक्षा सहचरी कर्णेल अभनिस कम्विल, मेजर एस.वी. मुनोली AMA(W) र पेन्सन वितरण कार्यालय धरानका प्रमुख सेना मेडल कर्णेल सुनिलकुमार पाल रहनु भएको थियो ।
