कुनै पनि व्यक्तिको अचारणले संस्था बद्नाम हुनु हुँदैन । व्यक्ति संस्थाभन्दा ठूलो हुन सक्दैन । तर नेपालमा पछिल्ला दिनमा एउटा भ्रम उत्पन्न भएको छ त्यो के भने संस्थासँग जोडिएको व्यक्ति नै आफू सिँगो सस्था हुन्, आफ्नो बारेमा कसैले केही भनेमा संस्थाको
रवाफमा थुन्ने, प्रक्राउ गर्न आदेश दिने प्रवृत्ति यतिबेला बढेको छ ।
सर्वोच्च अदालतका न्यायाधीश गोपाल पराजुलीका प्रवृत्ति यतिबेला त्यस्तै देखिएको छ एकपछि अर्को गर्दै सतहमा आएका उनका गल्ति औल्याइदि दिँदा, पराजुलीको व्यक्तिगत प्रवृत्तिको विरोध गर्दै उनले प्रक्राउ गर्ने, थुन्न आदेश दिने कामले नेपाली जनमानसलाई नै आतंकित बनाएको छ ।
उनका व्यक्तिगत प्रवृीत्तको विरोध गर्नै नहुने देखिएको छ । स्वतन्त्र, स्वच्छ, सक्षम र प्रभावकारी बनाउनैका लागि विश्भरिका लोकान्त्रिक कुलुमले उच्च अदालतलाई नयाँ सम्पादन कार्यमा आउने अनावश्यक बाधा, अवरोध र लाञ्छनाबाट रोक्न अदालतको अवहेलनामा कारबाही चलाउन र सजाय समेत गर्न विशेष अधिकार प्रदान गरेको पाइन्छ । त्यो विशेष अधिकार कुनैपनि न्यायाधीशको
संरक्षण गर्न नभएर न्यायपालिकाको सम्मान एवम् प्रतिष्ठा कायम
राखी न्याय पालिकाको सम्मान एवम् प्रतिष्ठानलाई कायम राख्नका लागि हो ।
सर्वोच्च अदालतले एक पटक गरिसकेको निर्णय समयको अन्तरालसँगै पुनः उल्ट्याउनु व्यक्तिले न्यायालयको विशावसनीयतामा प्रभाव पार्न सक्छ । नागरिक अभियन्ता तथा बरिष्ठ हाडजोर्नी विशेषज्ञ प्रा.डा. गोविन्द केसीले पछिल्लो पटक न्यायालयको उच्च सम्मान गर्दै पराजुली प्रवृत्तिको विरोध गरेका हुन् । तर यसलाई अदालतको अवहेलना भन्दै पराजुलीको ठाडो आदेशमा प्रा.डा. गोविन्द केसीलाई रातको एघार बजे गिराÏतार गरियो । अदालतको कार्यको कटु आलोचना, निर्णयमाथि टिप्पणी, न्यायाधीशको कार्यप्रति असन्तुष्टिको अभिव्यक्ति अवहेलना योग हुँदै हुँदैन । यहाँ स्मरणीय कुरा के छ भने वास्तवमा नेपालमा अवहेलना समबन्धी विशेष ऐन नै छैन । यस्तो अवस्थामा न्यायाधीशको तजविजले अवहेलना सम्बन्धी व्यक्तिलाई अर्थात आलोचना गर्नेै, टिप्पणी गर्नेहरुलाई थुन्ने प्रक्राउ गर्ने गरिएको छ । अदालतको पदीय आवरणमा भ्रष्टहरुलाई यथेस्ट प्रमाण हुँदाहुँदै पनि चोख्याउने, जुनसुकै प्रकारका अपराधीलाई पर्दा पछाडिबाट लिइने आर्थिक लाभका कारण उन्मुक्ति दिने कार्य हुन थालेपछि स्वभाविक रुपमा व्यक्ति उपर औँला ठडिन्छ, आलोचना हुन्छ ।
गोपालप्रसाद पराजुलीका हकमा पनि यही भएको हो । प्रा.डा. गोविन्द केसीले पराजुलीको गलत तौर तरिका, प्रवृत्तिको विरोध गरेका हुन् । उनले अदालतलाई लान्छना लगाएको केही कतै भेटिदैन । उनले बारम्बार भन्ने गरेका छन् । अदालतको जनताको आस्थाको केन्द्र हो तर उनलाई गोपाल पराजुली व्यक्तिको विरोध गर्दा अपहेलना मुद्दा लगाइन्छ । यो सरकासर गलत हो ,। इतिहासमै पहिलो पटक अदालतको निर्णयप्रति औलौ ठड्याएको छ । सडकबाट पराजुलीको राजीनामा मागिएको छ । व्यक्तिका कारण संस्थामाथि नै आम सर्वसाधारणको विश्वास घट्न सक्छ । यस्तो अवस्थामा पराजुली प्रवृत्तिले अदालतको आडमा निर्णय माथि तथा लाञ्छना, संगठनात्मक लाञ्छनायुक्त प्रतिरोध, निर्णयको अवज्ञालाई न्याय सम्पादनमा अवरोधका रुपमा लिइन्छ । अभिव्यक्तिको स्वतन्त्रता, प्रकाशसनको स्वतन्त्रता र अवहेलना बीचको सम्बन्ध जहिल्यै पनि संवेदनशील र विवादास्पद हुने गरेको छ । कुनै पनि कुराको आलोचना गर्नै नपाइने भए अभिव्यक्ति स्वतन्त्रताको औचित्य के रहन्छ ?

