श्रावण ६ गते वीपी कोइरालाको ३३ औं पुण्यतिथि । वि.सं. २०३९ साल साउन ६गते नेपाली कााग्रेसका श्रद्धेय व्यक्तित्व बीपी
कोइरालाको निधन भएको थियो । वि.सं. १९७१ भदौ २४ गते जन्मिएका बीपी कोइरालाको नेपालको प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुष हुन् ।
राष्ट्र, राष्ट्रिय, प्रजातान्त्रिक समाजवादका प्रणेता कोइराला २००३ सालमा पहिलो पटक पक्राउ पर्नुभएको थियो । विराटनगरमा भएको जुटमिलको मजदुर हड्तालका क्रममा कोइरालासागै अन्य चारजनालाई समेत पक्राउ गरी धरान धनकुटा हुादै पहाडी बाटो हिडाएर सुन्दरीजल जेल पुर्याइएको थियो ।
जुट मिलमा ट्रेड युनि अधिकार माग्दै भएको आन्दोलनले विस्तारै राजनैतिक रुप लियो । मजदर आन्दोलन दबाउन मिल र राणा सरकार एक भएपनि मजदुरको आन्दोलनलाई विराटनगरबासीको व्यापक समर्थन बढ्दै गयो । आन्दोलन दबाउन सैनिक परिचालन मात्र भएन व्यापक धरपक्कड समेत भयो । त्यसै क्रममा तारिणीप्रसाद कोइराला,
गिरिजाप्रसाद कोइराला, गेहेन्द्रहरी शर्मा, (विकुबाबु),। मनमोहन अधिकारी र युवराज अधिकारीलाई २००३ साल चैत्र १२ गते पक्राउ गरी
विराटनगरबाट धरानको फुस्रे, धनकुटा, संखुवासभा, भोजपुर, ओखलढुंगा, सिन्धुली, रामेछाप, काभ्रे हुादै अन्तमा सुन्दरी जल कारागार पुर्याएको थियो ।
झण्डै एक महिना पहाडी बाटो भएर सुन्दरी जल जेल पुर्याएको स्मरणमा नेपाली कााग्रेसले यसपटक बीपीको पुण्यतिथिको अवसर
पारेर सोही मार्गको पैदल यात्रा गर्ने कार्यक्रम अगाडि सारेको छ । नेपाली कााग्रेसको त्यस कार्यक्रमलाई कााग्रेसप्रति आवद्ध सबैले स्वागतयोग्य र सह्रानीय मानेका छन् । तत्कालीन परिस्थितिमा एक महिना पहाडी बाटो हिडाएर राजधानी–सुन्दरीजल पुर्याउनु सामान्य कुरा थिएन । उक्त पैदल यात्राले नेपाली कााग्रेसको प्रचारप्रसारमा पहाडी क्षेत्रमा ठूलो भमिका निर्वाह गरेको थियो । बीपी लगायतका अन्य ६ जनालाई उक्त पैदलमार्ग हिडाएर लैजाादा बाटोमा अपार स्थानीय बासिन्दाहरुले नेपाली कााग्रेसका बारेमा वास्तविकता बुझ्ने मौका पाएका थिए । कतिपय स्थानमा स्थानीय बासिन्दाले उहााहरुको भव्य स्वागत गरेका थिए ।
नेपाली कााग्रेसले एकचोटी फेरि त्यही बाटो हिाडेर बीपीले प्रतिपादन गरेका सिद्धान्त र विचार अनुरुप त्यसको कार्यान्वयनका लागि अगाडि बढ्ने प्रण गरेको छ । यो अत्यन्तै सह्रानीय कदम हो । पैदल यात्रामा सहभागी हुनेहरुले पैदल यात्राका क्रममा बीपीलाई जुन जुन स्थानमा पुर्याइ बास बसालिएको थियो, खाजा, खाना खुवाएको थियो त्यही त्यही स्थानमा साहित्यिक कार्यक्रम गर्ने, विचार गोष्ठी गर्ने, अन्तरक्रिया गर्ने जस्ता कार्यक्रम तय गरेको छ । यस्ता कार्यक्रमले पहाडी क्षेत्रमा खस्किएको नेपाली कााग्रेसको संगठन सुदृढ र विस्तार गर्न थप मद्दत पुर्याउने छ । प्रजातन्त्रको स्थापनापश्चात नेपाली कााग्रेसकै कार्यकर्ताहरुले बीपी विचारलाई आत्मसात गर्न सकिरहेका छैनन् । व्यक्तिगत स्वार्थ, लोभ, पारिवारिक मोहमा फस्दै गएको आरोप बीपीको नाम भाजाउनेहरुमा लाग्दै आएको छ । मुलुकको वास्तविक परिस्थिति, लोकतन्त्रको संस्थागत विकास हेतु अब नेपाली कााग्रेसले बीपीका विचार र आदर्शलाई भाजाएर खाने भााडो मात्र बनाउनु हुादैन । यहाा स्मरणीय कुरा के छ भने जस्तोसुकै कठिन परिस्थितिमा पनि बीपीलाई आजीवन साथ र सहयोग गर्नुभएकी अर्धाङ्गिनी स्व. सुशिला
कोइरालाको एक हप्ता अगाडि पुण्यतिथि थियो । तर कसैले पनि उहाालाई सम्झने र श्रद्धा सुमन अर्पण गर्ने घृष्टता गरेन । यसलाई विडम्बना मान्नुपर्छ ।
