पक्राउ परेका कार्यकर्ता छुटाउन आन्दोलन

धरान/नेपाली कााग्रेसको भातृ संगठन नेपाल तरुण दल सुनसरीका का.वा. सभापति सिजन गुरुङ्ग लगायतको रिहाइको माग गर्दै नेपाली कााग्रेस सुनसरी र तिनका भातृ संघ संगठनहरुले दुई दिन चरणवद्ध आन्दोलन गरेका छन् ।
मादक पदार्थ खाएर प्रहरीमाथि नै हातपात गरेको अभियोग लगाएर गुरुङ्ग लगायत पााचजनालाई असार २१ गते इलाका प्रहरी कार्यालय भेडेटारले पक्राउ गरेपछि कााग्रेस र तिनका भातृ संघ संगठनहरु आन्दोलित भएका हुन् । प्रहरीले निर्दोष कार्यकर्तालाई पूर्वाग्रह राखी फासाएको भन्दै धरान, इटहरी, झुम्का, इनरुवा र हाासपोसामा शनिवार र आइतबार दुई दिन एक एक घण्टा चक्काजाम भएको थियो ।
धरानको भानुचौकमा रिहाइको माग गर्दै भएको एक घण्टे चक्काजाममा
प्रहरीले गुण्डालाई छुटाउन गुण्डाहरुद्वारा गरिएको आन्दोलन भन्दै जबरजस्ती चक्काजाम खुलाउने प्रयास गर्दा स्थिति तनावपूर्ण बनेको थियो । प्रहरीको उक्त आरोपप्रति आक्रोश व्यक्त गर्दै धरान वडा नं. १६ का वडा अध्यक्ष गोविन्द बस्नेतले भन्नुभयो एउटा प्रजातान्त्रिक मूल्य र मान्यताभित्र रहेर शान्ति पूर्ण आन्दोलन गर्दा प्रहरीले ज्यादति गर्‍यो । उहााको आक्रोस थियो ज्यान मुद्दा लागेका, चोरी , अपहरण, डकैतीमा संलग्नलाई छुटाउन अन्य दलले आन्दोलन गर्दा नबोल्ने
प्रहरी नेपाली कााग्रेसको शान्तिपूर्ण आन्दोलन दबाउने नियतले आगाडि आयो, यो हाम्रा लागि सैह्य हुादैन ।
प्रहरीको ज्यादति र अपशब्दका विरुद्धमा नेपाली कााग्रेस सनसरी क्षेत्र नं. १ ले तत्काल वैठक बसी भत्सर्ना गरेको थियो । वैठकले आफ्ना कार्यकर्ता रिहाइका लागि थप शसक्त आन्दोलन समेत गरेको थियो । तर दोस्रो दिनको एक घण्टे चक्काजामका क्रममा प्रहरीले आफ्नो रवैया बदलेको थियो । कााग्रेस कार्यकर्ता पहिलो दिनको तुलनामा बढी संख्यामा भानुचौकमा उपस्थित भएर चक्काजाम गरी पक्राउ परेका कार्यकर्ताको रिहाइको माग गरिरहादा पनि प्रहरीले मौनता सााधेको थियो । आन्दोलन परिचालन समितिका संयोजक सन्दिप श्रेष्ठले पक्राउ परेका कार्यकर्ता चाडै रिहा हुने विश्वास दिलाउादै आन्दोलनको समापन गर्नुभएको थियो । यसैबीच प्रहरीले तरुण दलका कार्यवाहक सभापति सिजन गुरुङ्ग सहित नविन गुरुङ्ग, हर्कराज राई, विनोद तामाङ्ग र सुरेन्द्र राईमाथि सार्वजनिक मुद्दा दर्ता गराएको छ ।

तपाईको प्रतिक्रिया