धरान÷धरानमा अन्य स्थानमा भन्दा बढी मेला तथा उत्सव लाग्ने गरेको छ । त्यसमा पनि धरानमा हुने अधिकांश मेला तथा उत्सव धरान १२ पब्लिक माविको चउरीमा लाग्ने गरेको छ । धरानको बीच भागमा पर्ने यस स्थानमा सबै क्षेत्रबाट मेला अवलोकन गर्न आउनेलाई सहज हुने र मेला आयोजना गर्न पनि प्रसस्त ठाउ भएकै कारण यस स्थानमा बढी मेला तथा उत्सवको आयोजना हुने गरेको हो । यतिका सुविधा हुदाहुदै पनि त्यहा रहेको शौचालय भने जीर्ण दुर्घन्धित छ । यसको निर्माणको लागि न त भाडा लगाएर पैसा असुल्ने पब्लिक माविले नै ध्यान दिएको छ न त मेला आयोजकले नै त्यसतर्फ ध्यान दिने गरेको छ ।
पछिल्लो पटक सुनसरी उद्योग वाणिज्य संघले आयोजना गरेको प्रादेशिक महोत्सव अवलोकनका लागि आउनु भएका इटहरीका देवराज मादेन सौच गर्न सौचालय जादा भित्र पस्नै सक्नु भएन । कारण थियो सौचालय भरिएको अवस्था एकातिर भने भरिएको मलमुत्र सौचालयबाहिर निस्केर खुट्टा टेक्ने ठामसम्म थिएन । नाक थुनेरै भएपनि जसोतसो सौचालय पुगेर आएको बताउने उहाले सौचालयजस्तो अत्यावश्यक कुराको सरसफाई तथा निर्माणमा हेलच्क्र्याई गर्ने मेला आयोजक तथा
चउरी भाडामा दिने पब्लिक माविप्रति असन्तुष्ट व्यक्त गर्नुभयो ।
चउरीको पूर्वपट्किो एक छेउमा टिनले बारिएको त्यो सौचालयमा दुईवटा सौच गर्ने ठाउ छन् तर महिला र पुरुष भनेर छुट्याइएको छैन । शौचालय जादा होस् पु¥याएर गएन भने वित्यास समेत पर्न सक्छ कारण दुवै सौचालयको चुकुल लाग्दैन भने टिनका ढोका प्रयोग गरिएको छ त्यो पनि प्वाल परेको छ । यस्तो सौचालयका कारण पुरुषलाई भन्दा बढी महिलालाई अफ्ठ्यारो पर्ने गरेको मेला अवलोकनमा आउनु भएकी धरान ८ की तारा शाक्यले बताउनुभयो ।
त्यतिमात्र कहा हो र्र सौचालयमा पानीको व्यवस्था समेत छैन । सौच गर्न जानेहरु बाहिरबाट मिनरल वाटरको बोतलमा पानी लिएर जाने गरेका छन् । यसरी पानी लिएर जानेहरुले पानीको प्रयोगपछि बोतल त्यही छाडिदिने गरेका छन् । जसले गर्दा सौचालय अझ जाम हुने गरेको पाइएको छ ।
सौचालयको यस्तो अवस्थामा कसैलाई वेवास्ता नभएको प्रति मेला अवलोकनमा आउनु भएका धरान १३ का लक्ष्मण भट्टराईले गैरजिम्मेवारी पनको संज्ञा दिनुभयो । उहाले मेला आयोजनाकै लागि भनेर चौरी प्रयोग गर्न दिइएको भए भाडा असुलेर लिने पब्लिक माविले सौचालय सफा र निर्माण गर्नुपर्ने र हैन आयोजककै इच्छामा विना शुल्क मेलाको आयोजना गरेको हो भने आयोजकले सौचालय सफा र निर्माण गर्नुपर्ने बताउनुभयो ।
मेला आयोजना गरेवापत दैनिक १५ हजार भाडा वापत असुल्ने पब्लिक माविले सौचालय सफा गर्ने र मर्मत गर्ने जिम्मा आफ्नो नभएको गैरजिम्मेवारी जवाफ दिने गरेको छ । चउरी विद्यार्थीहरुको खेलकुदको लागि प्रयोजनका लागि भएका कारण मेला आयोजकले सौचालयको व्यवस्था आफैले गर्नुपर्ने बताउनुहुन्छ पब्लिक माविका प्रद्यानाध्यापक इन्द्रमोहन झा । मेला लगाएवापत दैनिक १५ हजार विद्यालयले शुल्क लिने स्वीकारे पनि प्रद्याध्यानाध्यापक झाले निर्माण र सफा गर्ने काम विद्यालयको नभएको बताउनुहुन्छ ।
मेला आयोजनाबाट नै बार्षिक ४ लाख भन्दा बढी बढी सकलन गर्ने विद्यालयले सौचालयप्रति ध्यान नदिनु र मेला आयोजकले समेत सौचालयतर्फ ध्यान नदिदा सौचालयकै कारण मेला अवलोकनकर्ताहरुलाई समस्या हुने
गरेको छ । यसतर्फ मेला आयोजनाबाट शुल्क लिने पब्लिक मावि र आयोजकले सोच्ने बेला आएको छ । सौचालय दुर्गन्धित भएकै कारण विद्यालयका विद्यार्थीहरु प्रभावित समेत हुने गरेका छन् । फोहोरकै कारण विद्यालय दुर्घन्धित हुने त छदैछ विद्यार्थीहरुको स्वास्थ्यमा समेत गम्भीर असर पर्न सक्ने सम्भावना बढेर गएको छ ।
