ओखलढुंगा ÷ ओखलढुंगामा एक महिलाले अनौठो बच्चा जन्माएकी छिन् । हेर्दै ट्युमरसहितको अनौठो देखिने यो बच्चालाई मानेभन्ज्याङ गाउँपालिका ४, केत्तुके निवासी विपना गुरुङले जन्म दिएकी हुन् ।
पहिलो सन्तानको रुपमा जन्मिएको शिशुको दुईओटा जस्तो देखिने टाउको छ । नवजात शिशुको टाउकोको दायाँपट्टिको भाग निकै ठूलो छ । २ किलो ७ सय ग्राम जन्मिएको शिशुको एउटा आँखा, नाक र मुख समेत प्रष्ट देखिदैन । अहिले आमाको स्वास्थ्य अवस्था समेत सामान्य रहेको र शिशुलाई इन्कुवेटरमा राखेर पाइपमार्फत आमाको दुध खुवाएर राखिएको छ । शिशुको अवस्थालाई हेर्दा चिकित्सकहरुले आमाको पेटभित्रै ट्यूमर भएको अनुमान गरेका छन् । डा. पोख्रेलका अनुसार उनको सिटिस्क्यान पछि ट्यूमर हो होइन भन्ने पत्ता लाग्नेछ । यदि ट्यूमर हो भने बाल विशेषज्ञ सर्जनहरु मार्फत शल्यक्रिया गर्न सकिने उनले बताए ।
यस्तो शिशु जन्मिनुमा बिशेषगरी ढिलो उमेरमा बच्चा जन्माउनु, हाडनाताको सम्बन्ध, गर्भावस्थामा जथाभावी औषधीको प्रयोग र गर्भावस्थामा भिटामिनको कमी हुनु रहेको चिकिस्तकहरुको भनाई छ ।

