धरानका सबै वर्ग समुदायलाई लक्षित गरी शाखा विस्तार गरेका हौं

बलराम आचार्य । गोरखा डिपार्टमेन्ट स्टोरका प्रबन्ध निर्देशक । आम उपभोक्ता, सबै वर्ग र तप्काका बीचमा आफूलाई सेवक भन्न रुचाउने आचार्यले पूर्वाञ्चलमा डिपार्टमेन्ट
स्टोरको पहिलो पटक अवधारणा ल्याउनु भएको हो ।
आचार्यले डिपार्टमेन्ट स्टोरको अवधारणामात्र ल्याउनु भएन वि.स. २०५६ साल आषाढ २ गते इटहरीमा दुई तीन वटा कोठा भाडामा लिएर केही हजार आइटम राखेर कारोबार शुरु गर्नुभयो । त्यसबेला उहाँले डिपार्टमेन्ट स्टोरको अवधारण अनुरुप काम गर्दा अधिकांशले उहाँलाई खुस्केछ सम्म भने। एउटै पसलमा नुनदेखि सुनसम्मका सामानहरु पनि राखिन्छ ? भनेर आलोचना गर्नेहरुको त्यसबेला कमी थिएन । एउटै छानामुनि उपभोक्ताले चाहेको समपूर्ण सामाग्री फिक्स प्राइजमा बजार मूल्य भन्दा सस्तो र बार्गेनिङ्गको झन्झट, ठगिलाएकी भन्ने संसय नभएपछि स्थानीय ग्राहकमात्र नभएर, पूर्वाञ्चल र पछि पछि देशका अन्यत्र ठाउँसँगै भारतको सिक्किम, दार्जिलिङ्ग, सिल्लिगुढी, मणिपुर, विहार, भुटान र बंगलादेशसम्मका ग्राहकहरु आउन थाले ।
ग्राहकहरुको चाप बढ्दै गएपछि शाखा विस्तारलाई प्रबन्ध निर्देशक आचार्यले अगाडि बढाउनुभयो । उहाँले दोस्रो शाखाको रुपमा मोरङ्गको विराटचौक, पथरी, झापाको दमकमा यस अगाडि नै शाखा विस्तार गरेर आफ्ना ग्राहकहरुलाई सुविधा उपलब्ध गराउनु भयो भने पाँचौ शाखाको रुपमा यही फागुन २५ गतेबाट धरानमा शुभारम्भ गर्दै हुनुहुन्छ । यस पटक हामीले धरानबाट गोरखा डिपार्टमेन्ट स्टोरको पाँचौ शाखा शुभारम्भ गर्न लाग्नु भएका प्रबन्ध निर्देशक, अथक परिश्रमी, व्यवसायी एवम् समाजसेवी आचार्यसँग डिपार्टमेन्ट स्टोरकै सेरोफेरोमा केन्द्रित भएर वार्ता गरेका छौं । प्रस्तुत छन् वार्ताका सारसंक्षेप ः–

गोरखा डिपार्टमेन्ट स्टोरको पाँचौ शाखा यही फागुन २५ गते शुक्रबार धरानमा उदघाटन हुदैछ । तपाईलाई यो शाखा विस्तारसम्म आइपुग्दा विगत कसरी कोट्याउन मन
लाग्छ ?
–विगत कोट्याउने भन्दा पनि जुनसुकै काम गर्दा जीरोबाटै शुरु हुने हो वा १ बाट शुरु हुने हो । त्यसैले गर्र्दा पहिलाको र अहिलेकोमा फरक त परिहाल्छ नि । सुरुमा धेरै गाह्र«ो अप्ठेरो हुनु त स्वभाविक हो तर अहिले हामी धेरै परिपक्व भइसकेका छौं । पहिलाको जस्तो अवस्थामा हामी छैनौं । हामीसँग पहिलाको भन्दा जनशक्ति प्रर्याप्त छ । त्यसकारणले गर्दा पहिलाको तुलनामा हामीलाई सहजता छ र जिम्मेवारी पनि बढेको छ ।
विगतमा कसरी शुरु गर्नुभयो ? जुन अवस्थामा सहजता थिएन हैन ?
–त्यसबेला अर्थात २०५६ साल असार २ गते जतिबेला हामीले शुरु ग¥यौं १४ जना मात्र कर्मचारी हुनुहुन्थ्यो । त्यसबेला मुस्किलले २४÷२५ हजार आइटम सामान थियो । आज आएर कर्मचारी संख्यामात्र हेर्ने हो भने ११ सय प्लस छ । आइटमकै कुरा गर्दा ६ लाख पुगिसकेको छ ।
रानमै तपाईले पाँचौ शाखा विस्तार गर्दै हुनुहुन्छ । इटहरी भन्दा ठूलो लगानी
धरानमा देखियो । किन धरानमै लगानी गर्नुभएको ?
–धरानको लगानीको हिसाबले हेर्दा ठूलो छ तर अहिले समयको मागलाई हेर्दा धरानमा लगानी गर्नु उपयुक्त पनि छ । किनकि धरानका उपभोक्ताहरुमा एउटा भिन्नै प्रकारको कल्चर छ । अन्य ठाउँको तुलनामा धरानका उपभोक्ता वा ग्राहकहरुमा कल्चर बसिकेको हुनाले हामी ढुक्क छौं कि त्यो हाम्रो लगानी त्यसै खेर जाँदैन ।
लगानीकै कुरा गर्दा धरानमा उद्घाटन हुन लागेको पाँचौ शाखामा कति भएको होला ?
–हाम्रो करिब करिब सवा अर्ब रुपैया लगानी भएको छ ।
इटहरी, विराटचौक, पथरी, दमकमा गोरखा डिपार्टमेन्टका शाखाहरुभन्दा धरानमा एक्स्ट्रा के के रहन्छन् ?
–एक्स्ट्रा भनेको खासै त्यस्तो छैन । करिब करिब उस्तै उस्तै नै हो । अन्य सामान इटहरीमा जे जे छ त्यही रहन्छ । धरानमा आकर्षक किचनसँगै अरु पनि थप केही एक्स्ट्रा रहन्छन् । किचेनलाई हामीले अलि फरक ढंगले सञ्चालन गर्न लागेका छौं । विहान ७ बजेबाट शुरु भएको किचन बेलुका ९ बजेसम्म सञ्चालन हुन्छ । बेलुका ५ बजेपछि अल्कोहल पनि चलाउने योजनामा छौं । अर्को कुरा हामीसँग धरानको गोरखा डिपार्टमेन्ट स्टेरमा लगभग १२ सय जना अट्न सक्ने किसिमको बैठक हल पनि हुन्छ । अन्यत्रको भन्दा यो अलि फरक भयो सेमिनार हल धरानमा २ वटा छन् । हुन त सेमिनार हल अन्यत्र पनि छ तर एउटा मात्र छ । तर धरानमा राउण्ड टेवल सहितको बैठक हल रहने छ । त्यबाहेक हामीसँग दुईवटा सिनेमा हल पनि
रहनेछन् ।
दुई दुईवटा सिनेमा हल एउटै भवनमा सञ्चालन हुँदा कुनै डिष्ट्रव त हुँदैन ?
–हुँदैन । चलाउनका लागि साउण्ड सिस्टम, साउन्ड प्रुफ भएको कारणले त्यसमा कुनै प्रकारको डिष्ट्रव हुँदैन । अर्को कुरा विशेष गरेर धरानमा डिपार्टमेन्ट स्टोरमा कुनै पनि सिनेमा हल नभएको अवस्थामा शायद ती दुई वटा हलले दर्शकको उपस्थितिलाई धान्न सक्छ कि सक्दैन भन्ने मलाई लाग्छ ।
धरानमा पाँचौ शाखा विस्तार हुँदा दुई वटा सिनेमा हल पनि प्राप्त ग¥यो । त्यहाँ अर्थात धरानलाई टार्गेट गरेर अन्य सामान पनि थपिएला नि अन्यत्रको
भन्दा ?
–सामानहरु करिब करिब उस्तै उस्तै हो भन्दा पनि हुन्छ । धरानमाचाहिँ अलिकति ब्राण्डेड सोरुम पनि रहन्छ । ब्राण्डेड सामानको सो रुम पनि रहने भएकोले थप ब्राण्डेड सामान रहनु स्वभाविक हो । धरानमा हामीसँग ठाउँ पनि प्रसस्त रहने भएको कारणले हामीलाई सहजता हुन्छ । सँगसँगै हामीसँग पार्किङ्गको पनि राम्रो व्यवस्था छ । हामीले करिब करिब ७५ वटा नीजि सवारी सधान कार र १२ सय वटा मोटर साइकल अट्न सक्ने पार्किङ्गको व्यवस्था गरेका छौं । त्यसले गर्दा हामीलाई अन्यत्रको शाखा भन्दा धरानमा थप सहजता हुन्छ भन्ने विश्वास हामीले लिएका छौं ।
अहिले पाँचौ शाखामा उद्घाटनको तयारी कस्तो चल्दै छ ?
–हामी यही फागुन २५ गते धरानको पाँचौ शाखा शुरु गर्दैछौं । विहान ९ बजेको साइत जुरेको छ । अब अहिले तयारी गर्न पनि मुस्किल परिरहेको छ र हामी तयार गछौं भन्नेमै छौं । जे जस्तो अवस्थामा भएपनि उद्घाटनचाहिँ गर्छौं ।
गोरखा डिपार्टमेन्ट स्टोर अहिले पूर्वाञ्चलमा एउटा ब्राण्डेड नाम भइसकेको छ । हरेक उपभोक्ता तथा ग्राहकको मुखमा प्राय ः गोरखा डिपार्टमेन्ट स्टोरको नाम झुण्डिएको पाइन्छ । झण्डै १९ बर्षको अवधिमा तपाईले पाँचवटा शाखा विस्तार गरिसक्नु भएको छ । खरिद, विक्री, वितरण मुखी व्यापारलाई मात्र यहाँले जोड दिनुभएको पाइयो । उत्पादनलाई पनि प्राथमिकतामा राख्दा हुन्थ्यो नि हैन र ?
–अब यसपछि हामी उत्पादनपट्टि लाग्छौं । अब गोरखा डिपार्टमेन्ट स्टोरको शाखा विस्तारमा पूवाञ्चलमा एक दुई ठाउँबाहेक सायद अब अलिकति विश्राम लिने पक्षमा छौं । त्यसपछि हामी उत्पादनतर्फ नै लाग्छौं । अहिले पनि हामीले उत्पादनमा बेकरीको उत्पादन शुरु गरिसकेका छौं । ड्रिकिङ्ग वाटरको उत्पादन शुरु गरिसकेका छौं । त्यसै गरी आगामी दिनमा अरु थप उत्पादनतर्फ नै लाग्छौं ।
आगामी दिनमा गर्ने थप उत्पादनमा के के रहन्छन् ?
–अहिले यही भन्ने त छैन । तर बजारमा ग्राहकको इन्ट्रेष्टलाई हेरेर,जुन दीर्घकालीन हुन्छ त्यसैको उत्पादनमा लाग्छौं ।
गोरखा डिपार्टमेन्ट स्टोरको अन्यत्रका चारवटा शाखामा मदिरा सेवनको व्यवस्था गरिएको देखिदैन तर धरानमा राख्दै हुनुहुन्छ किन होला ?
–अन्य ठाउँमा हामीसँग अलिकति अप्ठेरो स्थिति थियो । डिपार्टमेन्ट स्टोरको नजिकै हाइवे पर्ने गरेको
छ । हाइवे नजिक पर्ने भएकोले बेलुका अलि छिटो बन्द गर्नुपर्ने अवस्था छ । विशेष गरेर महिला कर्मचारीहरुलाई अलिकति टाढा टाढा पुग्नुपर्ने अवस्थालाई ध्यानमा राखेर ढिलो गर्न सकिरहेको अवस्था थिएन । धरानमा चाहिँ हाइवे भन्दा भित्र पर्ने अर्थात बाटो समेत छुट्टै भएकोले किचन सम्म जान आउन सहज हुन्छ । डिपार्टमेन्टल बन्द गरेर पनि किचन सम्म जान आउन सक्छौं । त्यसैले धरानमा मदिरा सेवनका लािग व्यवस्था गरिएको हो ।
धरानको डिपार्टमेन्ट स्टोर खास गरेर कस्तो वर्गलाई लक्षित गरेर सञ्चालन गर्दै हुनुहुन्छ ?
–हामी आम पब्लिकलाई साथमा लिएर जान्छौं । एउटा वर्ग, समुदाय भन्ने नै हुँदैन । कतिपयले एउटा सम्भ्रान्त परिवार वा धनाढयहरुलाई मात्र लक्षित गरेर खोलेको देखिन्छ । तर हामीे त्यो भन्दा भिन्न र पृथक छौं । हाम्रो लागि सबै बराबर हुनुहुन्छ । चाहे ऊसँग १० रुपैयाँ भए पनि हाम्रो ग्राहक हो, १० लाख भएपनि हाम्रो ग्राहक हो । अलग्गै हुदैन ।
अक्सर गरेर डिपार्टमेन्ट स्टोर भन्ने वितिकै एउटा सम्भ्रान्त परिवारमात्र जाने हो भन्ने मानसिक सोच तथा ग्राहकहरुमा एक प्रकारको भ्रम देखिन्छ । त्यस्ता वर्गलाई के सन्देश दिन चाहनुहुन्छ ?
–म्यासेज वा सन्देश भन्दा पनि गोरखा डिपार्टमेन्ट स्टोरले त्यस्तो भ्रम वा मानकितालाई चिरिसकेको छ । धनी वा गरिब छुट्याएको छैन । जाति, धर्म, लिंग भनेर गोरखाले कहिल्यै छुट्याएको छैन । त्यसैले हाम्रो लागि सबै ग्राहक भगवान सरह हुनुहुन्छ ।
धरानमा सञ्चालनमा आउन लागेको गोरखा डिपार्टमेन्ट स्टोरले कुन कुन भेगका ग्राहकहरुलाई समेट्ला भन्ने अपेक्षा गर्नुभएको छ ?
–धरान उपमहानगरपालिका भित्र बसोबास गर्नुहुने सबैलाई समेट्छ नै । अब अहिले धरानबाट चतरा हुदै जाने राजमार्ग पनि त्यहीबाट जोडिएर आउने हुनाले त्यसले गाइघाटतर्फका लहानसम्मका ग्राहकहरुलाई पनि सहज हन्छ । पहाडी क्षेत्रको जस्तै धनकुटा, हिले, बसन्तपुर, अथवा पहाडी भेगका उपभोक्ताहरुलाइ पनि धरान नजिक हुन्छ ।
धरानमा निर्माण भएको गोरखा डिपार्टमेन्ट स्टोर लामो समयसम्म निर्माणमै लागेको देखियो । लगानीको अवस्थाले हो वा अन्य कारणले हो ? कही भोलि लगानी डुब्ने त हैन ?
–लगानी डुब्ने भन्ने त कुरै हुँदैन । राम्रो काम गर्न, ठोस काम गर्न केही ज्यादा समय लागेको हो । यसमा डराउनुपर्ने अवस्था नै छैन ।
त्यत्रो ठूलो डिपार्टमेन्ट स्टोर धरानमै खोल्नु पर्ने सोच कसरी आयो ? अन्यत्र पनि ठूला सहर थिए ?
–धरान पनि ऐतिहासिक सहर हो । जसको कारणले पूर्वाञ्चल चम्केको हो । पछि आएर पो धरान अलि खस्केको जस्तो देखिएको हो । बाटो घाटो अन्यत्र ठाउँमा विस्तार भएर मात्र धरान पछि परेकोजस्तो देखिएको मात्र हो । अब फेरि धरान धरानै हुन्छ । शेर शेरै हुन्छ ।
आफ्ना समस्त ग्राहकहरुलाई के भन्न चाहनुहुन्छ ?
–पहिला धेरै टाढाबाट इटहरीसम्म धाएर गोरखाका ग्राहकहरु आउनु हुन्थ्यो । त्यसले ग्राहकहरुलाई थोरै भएपनि कष्ट भएको थियो । त्यसमा केही मात्र भएपनि सहजता दिनका लागि धरान घर आँगनमा आइरहेका छैंैं ा । हामीबाट केही कमी कमजोरी भएमा यहाँहरुको सुझाव, सहयोग, सद्भावको हामीले अपेक्षा गरेका छौं ।

तपाईको प्रतिक्रिया