टमाटरको खेती फस्टाएन

धरान÷ धरान उपमहानगर पालिका वडा नंं ५ ठिंगाबारी तरकारी खेतीको पकेट क्षेत्र मानिन्छ । यहा उत्पादन भएका तरकारीले धरानको सम्पूर्ण मागको झण्डै तीन भाग आपूर्ति पूरा गर्ने गर्दछ । त्यसमा पनि सबैभन्दा बढी यस क्षेत्रमा नगदेबालीको रुपमा लिइएको टमाटारको उत्पादन बढी हुने गरेको छ । टमाटर खेतीबाट नै घरखर्च चलाउदै आएका यहाका कृषकहरु यो बर्ष भने किराको प्रकोपसंगै उत्पादन कम हुदा निराशामा छन् ।
विगत १५ बर्षदेखि बर्षेनी टमाटर खेति गर्दै आउनु भएका  धरान ५ ठिंगाबारीका किसान सोमबहादुर बोहराले विगतको बर्षजस्तो आफ्नो बारीमा टमाटर फलाउन सक्नु भएन । यसको प्रमुख कारण टमाटरको बोटमै किरा लागेर बोट नै मर्न थालेका कारण विगतको बर्षजस्तो यस बर्ष उत्पादन हुन नसकेको हो ।
बार्षिक दुई लाख भन्दा बढीको टमाटर बेच्ने गरेका बोहराले यो पटक बोट मरेका कारण उत्पादन घटेको बताउनुभयो ।
उहाले यसपटक पाच कट्ठा जग्गामा टमाटार खेती लगाउनु भएको थियो । तर कीराको प्रकोपका कारण  धमाधम बोट सुकेपछि विगतको जस्तो आम्दानी गर्न नसक्दा यस बर्ष मेहनत खेर गएको बताउनुहुन्छ उहाँ ।
यो समस्याले बोहरामात्र हैन सोही ठाउका अर्का किसान राजन
राई यो समस्याबाट अलग हुनु भएन । उहाले त यस बर्ष किराकै कारण आधा कट्ठामा मात्रै टमाटर खेती गरेको बताउनुभयोे । यसको प्रमुख कारण कीराकै प्रकोप भएको उहाको समेत भनाई छ ।
समस्या समाधानका लागि उनीहरुले त्यहाका किसानहरुले प्राविधिहरुलाई समेत भेटे र  समस्या बताए । प्राविधिकको सल्लाह अनुसार काम गर्दा पनि समस्या ज्युका त्यु नै रहयो ।  विगत पाचबर्षदेखि थोरै थोरै कीराको प्रकोपले बोट सुक्न थालेपनि यसबर्ष त झनै कामै नलाग्ने गरी बोट मरेको बताउछन् किसानहरु ।
टमाटर खेतीबाट नै घर चलाउदै आउनु भएकी ठिंगाबारीकी मीरा दाहालको सपना यसपटक धेरै थियो । टमाटर खेतीबाट उत्पादन भएको टमाटरले घर चलाउने मात्र हैन अरु थुप्रै योजना बुन्नु भएको थियो  तर कीराको प्रकोपले सबै सपना चकनाचुर बनाएको बताउनुहुन्छ उहा ।
टमाटर खेतिबाटै ग्ुजारा गर्ने अधिकांश ठिंगाबारीका किसानहरुको यही हविगत रहेको छ । ठिंगाबारीमा करिब १ सय ५० घर धुरी रहेको
छ । त्यहाका किसानहरुले आधा कठ्ठादेखि ७ कट्ठासम्म जग्गामा टमाटर खेती लगाउने गरेका छन् । प्रमुख नगदेबालीको रुपमा रहेको टमाटरको आम्दानीले नै जीविका चलाउने उनीहरुले यस गाउबाट बार्षिक ५ टन टमाटर खपत हुने गरेको थियो , धरानमा दैनिक २५ टन टमाटर खपत हुने भए पनि ५ टन टमाटर ठिंगाबारीबाट मात्र कृषि उपज बजारमा आउने गरेको कृषि उपज  बजार सञ्चालक समितिका व्यवस्थापक लक्ष्मण भट्टराईले बताउनुभयो ।

तपाईको प्रतिक्रिया