धरान रनमा भारतीय सेनामा कार्यरत तीर्थ पुनले ह्याट्रिक गरे

धरान÷  छैठौ नेवा च्यारिटी ८ के रन प्रतियोगितामा भारतीय सेनामा कार्यरत तीर्थ पुनले खुल्ला दौड प्रतियागिताको पुरुष तर्फ निर्धारित समय पार गर्दै जित हात पारेका छन् । उनले धरान रनले आयोजना गरेको प्रतियोगितामा यो सँगै तीन पटक विजेता बन्दै ह्याटिूक बनाउने धावक समेत बनेका छन् भने महिलातर्फ भक्तपुरकी कान्छीमाया कोजुले जितेकी छन् ।
शनिवार भएको प्रतियोगिामा
भारतीय सेनामा कार्यरत पुनले ८ किमी दूरीको दौड प्रतियोगितामा २६ मिनेट ४६ सेकेण्डमा पार गरेका थिए भने महिला खुल्लातर्फ कान्छीमायाले ३१ मिनेट ४८ मिनेटमा सोही दुरी पार गरी विजयी बनेकी हुन् ।
विजेता दुवै जनाले नगद ४०÷४० हजार सहित प्रमाणपत्र र मेडल प्राप्त गरे । यसैगरी खुल्ला पुरुषतर्फ दोस्रो हुने हरि धितालले निर्धारित समय २७ मिनेट १२ सेकेण्डमा निर्धारि दूरी पार गरेका थिए भने तेस्रो हुने
टीकाराज कटुवालले सोही दूरी २७ मिनेट १३ सेकेण्डमा पार गरेका थिए । दोस्रो र तेस्रो हुने दुवैलाइ क्रमश नगद ३० र २० हजार, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो । यसैगरी महिलातर्फ निर्धारत समय ३२ मिनेट ३ सेकेन्ड र फूलमति रानाले ३२ मिनेट ४६ सेकेण्ड पार गर्दै दोस्रो र तेस्रो बनेका छन् । उनीहरुलाई समेत क्रमश नगद ३० र २० हजारसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
यसैगरी प्रतियोगितामा १२ बर्ष मुनिका बालिकहरुमा अनुजा प्रधान, विपसा राई र समिक्षा राई क्रमश प्रथम दोस्रो र तेस्रो बनेका छन् भने सोही समूहका बालकतर्फ विकास बुढा, बरदान राई र दिपेश राई क्रमश ः प्रथम, दोस्रो र तेस्रो भएका छन् । यसैगरी १३ देखि १६ बर्ष समूहका पुरुषतर्फ प्रकाश कुठायत, सुनिल थापा र नारायण सु्ब्बा प्रथम, द्वितीय र तृतीय बनेका छन् भने महिला तर्फ महिला सिर्जना राई, अमृता भण्डारी र बन्दना बुढा क्रमश प्रथम, दोस्रो र तेस्रा्े बनेका छन् । त्यस्तै ४० बर्ष माथिका अर्थात भेटूान समूहबाट महिलातर्फत ४८ बर्षीया रीता राई, ४३ बर्षीया गंगा गुरुङ र धनमाया योङहाङ क्रमश पहिलो, दोस्रो र तेस्रो भए भने सोही समूहका पुरुष तर्फ ४६ बर्षीय रेमन राई, ४३ बर्षिय निर्मल राई र ४८ बर्षीयउ मोहन सुब्बा क्रमश ः पहिलो, दोस्रो र तेस्रो बनेका छन् ।
विजेता अण्डर १२, १३ देखि १६ बर्ष उमेर समूह ४० बर्ष माथि अर्थात भेटूान समूहका पहिलो, दोस्रो र तेस्रो हुने सबैलाई क्रमश ः ७ हजार, ५ हजार, ३ हजार नगदसहित मेडल र प्रमाणपत्र वितरण गरिएको थियो । प्रतियोगितामा ६९ बर्षको उमेरमा समेत ८किमी दुरी पार धावक मनमोहन पलिखेलाई सम्मान समेत गरिएको थियो ।

तपाईको प्रतिक्रिया