धरान÷एसियाली विकास बैंक (एडिवी) को ऋण सहयोगमा निर्माण हुदै गरेको खानेपानी परियोजना अन्तर्गत धरान १४ विजयपुरको पञ्चकन्या जंगलमा बन्न लागेको खानी पानी ट्यांकीको विषयमा धरान उपमहानगरपालिका र किरातजन्य संघ संस्थाहरुको चरणवद्ध छलफलले समेत निष्कर्ष निकाल्न नसकेपछि नेपाल सरकारको पुरातात्विक विभागले त्यसमा चासो देखाएको छ ।
धरान १४ विजयपुर ऐतिहासिक र पुरातात्विक क्षेत्र भएको भन्दै पञ्चकन्या मन्दिरमाथि जंगलको बीचमा बनाउन लागेको ६ लाख लिटर अट्ने ट्यांक निर्माण गर्न त्यहा वरपर रहेका १ सय भन्दा बढी रुख काटेपछि विवाद चुलिएको थियो । विवादकै कारण निर्माण कार्य हुन नसकेपछि पुरातात्विक विभागले यस ठाउको इन्टूल टे«न्थ परीक्षण (पुरातात्विक महत्वका वस्तुहरु छन् या छैनन् भनेर परीक्षण गर्ने काम) गरेर प्रतिवेदन धरान उपमहानगरपालिकालाई बुझाएको छ ।
एकीकृत सहरी विकास आयोजना अन्तर्गत निर्माण हुन लागेको सो ट्यांकी निर्माण शुरु हुनु पूर्व नै किरातजन्य संघ संस्थाहरुलाई छलफलमै नराखी परियोजनाले जथाभावि रुपमा ट्यांकी बनाउन लागेको भन्दै उनीहरुले विजयपुर दरबार परिषर संघर्ष समिति गठन गरेर सो ठाउमा ट्यांकी नबनाई अन्य स्थानमा बनाउनुपर्ने माग राख्दै आएका छन् । विजयपुर दरबार परिसरको सीमाङ्कन र उत्खनन कार्य तत्काल थाल्नुपर्ने सरोकारवालाहरूले माग गर्दै आएका थिए । उनीहरुले ऐतिहासिक तथा पुरातात्विक महत्वको स्थल सङ्कटमा परेको भन्दै राज्यस्तरबाट दरबार परिसरको भौगोलिक सिमाङ्कनका लागि प्रारम्भिक कार्य अगाडि बढ्नुपर्ने माग राखेका थिए । विजयपुर ऐतिहासिक र पुरातात्विक क्षेत्र भए पनि हाल ट्यांकी बनाउन लागेको स्थानमा पुरातात्विक वस्तु छ छैन भन्ने विषयमा पुरातात्विक विभागले परीक्षण गरेको पुरातात्विक विभागका उपसचिव सन्दिप खनालले बताउनुभयो । उहाले परीक्षणपश्चात यस स्थानमा पुरातात्विक महत्वका वस्तु छ वा छैन भन्ने कुर थाहा हुने र यस ठाउमा ट्यांकी बनाउन उपयुक्त हुने वा नहुने विषयमा समेत किनारा लाग्ने बताउनुभयो ।
यता स्थानीय सरकार मानिएको स्थानीय निकायले भने विकासका काममा विरोध उपयुक्त नहुने बताउदै आएका छन् । धरान उपमहानगरपालिका वडा नं. १४ विजयपुरकमा वडाअध्यक्ष कृष्णप्रसाद भट्टराईले विजयपुर आफैमा ऐतिहासिक र पुरातात्विक महत्वको क्षेत्र भएको बताउदै ऐतिहासिक महत्वका वस्तुहरु विनास नगरी विकासका कामहरु गर्नुपर्नेमा जोड दिनुभयो ।
यता विजयपुर दरबारको ऐतिहासिकतालाई धरापमा पारेर ट्यांकी निर्माण गर्न नहुने विजयपुर दरबार परिषर संघर्ष समितिले बताउदै आएको छ । समितिका सल्लाहकार विष्णु थाम्देनले ऐतिहासिक र पुरातात्विक महत्व बोकेको सो स्थानमा ट्यांकी नबनाई अन्य स्थानमा बनाउनुपर्ने बताउनुभयो ।
पहिलो दिन गरेको परीक्षणमा त्यस्ता वस्तुहरु नपाइएको पुरातात्विक विभागका कर्मचारीहरुले बताएका छन् । ट्यांक निर्माण गर्ने सो स्थानमा इन्टूल टे«न्थ
परीक्षण गर्न तीन दिन लागेको र े शनिवार सम्पूर्ण परीक्षण सकिएको विभागले जनाएको छ । बर्षेनी सुख्खा मौसममा खानेपानी समस्या झेल्दै आएका धरानबासीहर्रु यो ट्यांकी निर्माण भएसगै धरान १४ विजयपुरसगै अन्य वडाका सर्वसाधारणले सहज रुपमा खानेपानी उपलब्ध हुने एकीकृत सहरी विकास आयोजनाको दाबी एकातिर छ भने ट्यांकी निर्माण गरिदा विजयपुरको ऐतिहासिक दरबार क्षेत्र मासिने संघर्ष समितिल बताउदै आएको छ । यस्तै विवादका कारण समयमा सम्पन्न हुनुपर्ने धरानको खानेपानी परियोजना समपन्न हुन सकेको छैन । जसका कारण बर्षेनी खानेपानीको हाहाकारमा बाच्दै आएका धरानेहरुको सपना कहिल्यै पूरा हुन सकेको छैन ।
त्र

