धरानमा सम्पन्न मेयर स्कुल ओलम्पिकमा डिपोट मावि धरान १८ ले सबै भन्दा बढि पदक हात पारेको
छ । ९ वटा खेलमा डिपोटले ७ स्वर्ण, ९ रजक र १० वटा काँस्य पदक हात पारेको छ । उसले नगद एक लाख र मेटलसमेत हात पारेको छ । यस्तै दोश्रोमा शैनिक स्कुल रहेको छ । उसले ६ स्वर्ण ३ रजक र ५ वटा काँस्य पदक हात पारेको छ । उसले नगद ६० हजार प्राप्त ग¥यो । ५ स्वर्ण, २ रजक र ७ काँस्य पदक जित्दै नव ज्योती स्कुल तेश्रो स्थान ल्याएको छ । उसले नगद ४० हजार हात पा¥यो ।
विजयी खेलाड ितथा विद्यालयहरुलाई समापन कार्यक्रमकी प्रमुख अतिथि तथा
धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीले पुस्कार वितरण गरेकी थिईन ।
नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा धरान उपमहानगरपालिकाका ४४ वटा विद्यालयहरुले भाग लिएका थिए । बुद्धिचाल, भलिवल, कराते,ताइकन्दो, टेवल टेनिस, ब्याटमिन्टन, एथ्लेटिक्स, बास्केटबल, क्रिकेट, फुटवल गरि ९ वटा विधामा खेल भएको नगर खुलकुद समितिका संयोजक सुवास राईले जानकारी दिए

