प्रा.डा सिएस अग्रवालद्वारा प्रतिष्ठानमा श्यामबाबाको भव्य पूजा अर्चना

धरान/बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सर्जरी विभाग प्रमुख प्रा.डा. सिएस अग्रवाल र डा. सुधा अग्रवालले आफ्नो निवासमा सोमबार श्याम बाबाको शुभजन्मोत्सव भव्यताका साथ मनाउनु भएको छ ।
वैद्धिक मान्यता एवम् परम्परा अनुसार कार्तिक महिनाको एकादशीलाई श्यामबाबाको जन्म दिनका रुपमा लिइन्छ । आफ्नो परिवारको कुलदेवताकै रुपमा रहको श्याम बाबाको जन्मोत्सवमा केक काटेर पूजाको
शुभारम्भ गरिएको अग्रवाल दम्पतिले बताउनभयो ।
कलकत्ता र विराटनगरबाट ल्याइएका कालीगढहरुले पूजा स्थल र श्याम बाबाको तस्विरलाई भव्यतापूर्वक सजाएका थिए । प्रा.डा. अग्रवाल भन्नुहुन्छ, विराटनगर र सिलगुढीबाट आएका कालिगढहरुले श्याम बाबाकै पूजा स्थल सजाउने काम गर्छन् । यसभन्दा बाहेक उनीहरुले कुनै काम गर्दैनन् । हिजोकै दिन नेपाल भारत लगायतका अन्य देशहरुमा समेत एकैपटक श्यामबाबाको जन्मोत्सव  परेकाले सजावट गर्ने कालीगढ पाउनै मुस्किल परेको अग्रवालले बताउनुभयो ।
श्यामबाबा भगवान कृष्णकै एउटा रुप हो । महाभारतका समयमा भगवान श्रीकृष्णले आर्शीवाद दिएपछि श्याम बाबाको महिमा विश्वभर फैलिएको मान्यता छ । महाभारतका शक्तिनायक भीमसेनका पुत्र घटोत्कच हुन् भने घटोत्कचका पुत्र वर्वरिक (श्याम बाबा) हुन् । भगवान श्रीकृष्णले कलियुगमा धर्मको संरक्षण, पापीहरुको नाश गर्नकै लागि श्यामबाबालाई पृथ्वी लोकमा
राखेको श्याम बाबाका भक्तहरुको
धारणा छ । प्रा.डा. अग्रवाल पेशाले एउटा चिकित्सक भएपनि बर्षमा दुई तीन पटक भारतको जयपपुरस्थित
रहेको खाटुश्याम जी भन्ने स्थान पुग्नु हुन्छ । जुन ठाउामा भगवान श्यामबाबाको भव्य मन्दिर रहेको छ । सच्चा मनले आफूले चाहेको कुरा मागेमा श्याम बाबाले पूरा गर्नेमा उहाा हृदयदेखि नै विश्वस्त हुनुहुन्छ । आÏना धेरै मनोकांक्षा श्यामबाबाबाटै पूरा भएको उहाा गौरवका साथ बताउनुहुन्छ ।
श्याम बाबाको पूजा कुनै पण्डित तथा पुरेतबाट नगरिने अर्को परम्परा
छ । प्रा.डा. सिएस अग्रवालको घरमा लगाइएको भव्य पूजामा समेत कुनै पण्डित र पूजारी थिएनन् । धरान श्यामबाबा परिवारले पूजाका सम्पूर्ण विधिहरु तयार गरेको थियो । धरान श्यामबाबा परिवारका अध्यक्ष विनय अग्रवाल लगायतले सोमबार सााझ ५ बजेदेखि १२ बजेसम्म ७ घण्टा लगाएर पूजाको विधि पूरा गरेको थियो । सो अवसरमा धरानका उद्योगी, व्यवसायी, समाजका प्रतिष्ठित व्यक्तिहरु, प्रतिष्ठानका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया