धरान/:धरानका चौक चौक गल्ली गल्लीमा कालेपत्रे बने पनि धरानको मुख्य सडक जीर्ण बन्दा समेत धरान नगरपालिकाले त्यसको मर्मततर्फ कुनै ध्यान दिन सकेको छैन ।
पूर्वकै सुन्दर नगरीको रुपमा
धरानलाई परिचित गराउने काम यहा भएका चौक चौक गल्ली गल्लीमा रहेका कालोपत्रे सडकले गरेपनि धरानको पुरानो बजारमा रहेको जीर्ण कालोपत्रे भत्किएको एक दशक वितिसक्दा पनि सम्बन्धित पक्षले त्यसलाई वेवास्ता गर्दा बजारको स्वरुप विर्गनुका साथै दुर्घटनामा समेत बढावा आएको छ ।
धरान १ पुरानो बजारदेखि धरान ३ माछा भौडीसम्मको ५ किलोमिटर अत्यन्तै जीर्ण बनेपछि यही आर्थिक बर्षदेखि त्यसको मर्मत संभारका लागि नगरपालिकाले काम थाल्ने भने पनि अहिलेसम्म त्यसतर्फ ध्यान दिन नसक्दा विगतको भन्दा दिन प्रतिदिन जीर्ण बन्दै गएको छ ।
अन्य स्थानमा नगरपालिकाले नगर सरसफाई, सडकको छेउमा रहेको ड्ेरन सरसफाई गरे पनि यस स्थानमा सफा नगरेकै कारण ड्रेन भरिएर पानीबाहिर आएपछि त्यस स्थानका सडकमा खाल्डाखुल्डी पर्नुका साथै सवारी साधनका लागि समेत जोखिम बन्दै गएको छ ।
विशेष गरी बर्षाद्को समयमा धरान १४ विजयपुरबाट बगेर आएको पानी त्यही ड्रेनमा जाने र वरपरका बासिन्दाहरुले समेत फोहोर ड्रेनमै फाल्ने गरेकाले पनि पानी बाहिर आएर कालोपत्रे बगाएको हो । धरान नगरपालिकामा पटक पटक आफ्नो समस्या समाधान गर्न डेलिगेसन जादा पनि नगरपालिकाले सुनेको नसुनै
गर्ने गरेको स्थानीयहरुले बताएका छन् । उनीहरुले ड्रेनको निर्माण नगरे पनि बेलाबेलामा सफा गरिदिए समस्या समाधान हुने बताउदै धरान नगरपालिकाकै कर्मचारीको समेत यस स्थानमा निवास हुदा समेत वेवास्ता गरेको उनीहरुको गुनासो छ ।
यता धरान नगरपालिकाले भने पुरानो बजारलाई धरानको ‘वान वे’ सडक बनाउने योजना अनुरुप मर्मत भन्दा पनि बाटो साघुरो भएको कारण ५० फिटको बाटो बनाउने योजना अनुरुप समस्या चुलिएको बताएको छ । नगरपालिकाका इन्जिनियर सुरज श्रेष्ठले स्थानीयको तदरुकताको कमीकै कारण यो बाटो निर्माणमा ढिलाई भएको बताउनुभयो । सोही स्थानका स्थानीय बासिन्दासमेत रहनुभएका उहाले ५० फुट बाटो निर्माणमा समर्थन र विरोधका दुवै स्वरहरु यस टोलका बासिन्दाहरुको भएकोले मिलाएर आउदो आर्थिक बर्षमा नया सडक निर्माणको कार्य थालनी गने बताउनुभयो ।
उहाले यस टोलका बासिन्दाहरु वढीमात्रामा व्यापारिक, व्यवसायिक भएका कारण पनि वेवास्ता गरेको बताउनुभयो । जीर्ण बाटोकै कारण बर्षादको समयमा परेको पानी त्यही आउने र फोहोर फाल्ने स्थान ड्रेन नै भएकोले सवारी साधन, बाटो हिड्ने बटुवाले समेत समस्या झेल्दै आएका छन् । सडकमा बीचबीचमा ठूलठूला खाल्डो भएका कारण सवारी दुर्घटनाको समेत जोखिम दिनप्रतिदिन बढ्दै गएको छ ।
आर्थिक बर्ष २०७०/०७१ मै यस सडकको मर्मतका लागि बजेट छुट्याएको बताउने नगरपालिका तथा इन्जियर श्रेष्ठ यस स्थानकै स्थानीय बासिन्दा समेत रहनु भएको भएपनि अहिलेसम्म पनि मर्मतको काम शुरु नहुनुलाई नगरपालिकाले देखाएको विकासका आश्वासनप्रति सर्वसाधारणहरु निशराशन बन्दैगएका छन् ।
