विजय श्रेष्ठ–सुनसरी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष, प्रादेशिक महोत्सव २०७४ को मुल संयोजक

सुनसरी उद्योग वाणिज्य संघले यही फागुन ११ गते देखि २१ गतेसम्म प्रदेश नं. १ को औद्योगिक महोत्सवको आयोजना गर्दैछ । यो महोत्सवको मूल उद्देश्य के हो ?
–महोत्सव लगाउनुको मुख्य उद्देश्य भनेको यस  प्रदेशमा भएका व्यवसायहरुलाई प्रवद्र्धन गर्ने, उनीहरुलाई प्रमोट गर्ने कार्यहरु गर्ने हो । त्यसैले हामीले प्रदेश स्तरीय औद्योगिक महोत्वसव राखेका हौं । प्रदेश स्तरीय महोत्सवमा यहाँका १४ वटा जिल्लाबाट उद्योग वाणिज्य संघ मार्फत सहभागी हुन आउनु हुनेछ । त्यस क्षेत्रमा भएका व्यवसायहरुलाई यहाँ प्रवद्र्धन गर्ने, प्रदर्शन गर्ने र विक्री वितरण गर्ने सोच राखेर हामीले आयाजना गरेका हौं ।
खअहिलेसम्म कतिवटा जिल्लाबाट महोत्सवमा सहभगिताको सुनिश्चिता भएको छ ?
–अहिलेसम्म १० वटा जिल्लाबाट महोत्वमा सहभागिताको सुनिश्चिता भएको छ ।
खकहाँ कहाँबाट ?
–सुनसरी, मोरङ्ग, झापा, इलाम, ओखलढुंगा, संखुवासभा, धनकुटा, तेह्रथुम, भोजपुर, उदयपुर आदिको सुनिश्चित भएको छ । अरु पनि आउने क्रममा छन् ।
खऔद्योगिक महोत्सवमा मुख्यतया के कुरालाई तपाईहरुले प्राथमिकता दिनुभएको छ ?
–हामीले मुख्य त उत्पादनलाई प्राथमिकता दिएका छौं । उत्पादन भएका वस्तुलाई प्रदर्शन गर्ने, विक्री वितरण गर्ने र त्यसको प्रचार प्रसार गर्ने हो । दोस्रो उत्पादन भइसकेको वस्तुलाई विक्री वितरण सर्वसुलभ ढंगले गर्ने । यहाँका उद्योगीहरुले विक्री वितरणमा त्यति ध्यान दिनुभएको छैन । उहाँहरुले प्रचार प्रसारमा बढी ध्यान दिनु भएको छ । नेपालभरिका अन्य व्यवसायीहरु पनि प्रादेशिक महोत्सवमा सहभागी हुदै हुनुहुन्छ ।
खअरु देशका उत्पादन महोत्वमा ल्याएर विक्री
वितरण पनि त होला ?
–यो व्यवसायिक प्रदर्शनी हो । हामीले कहीको उत्पादन पनि प्रदर्शनमा राख्न दिन्छौं, त्यसलाई रोक्न मिल्दैन । जो आउनु हुन्छ उहाँहरुलाई खुल्ला रुपमा स्वागत गर्नुपर्छ ।
खअरु देशका उत्पादन अर्थात बाहिरी उत्पादनलाई पनि तपाईहरु स्टलमा राख्न दिनुहुन्छ ?
–आकषर््णका लागि पनि त्यस्ता बाहिरी उत्पानलाई  राख्न आवश्यक छ ।
खमहोत्वसको सबैभन्दा आकर्षण पक्ष के हो ?
–आकर्षण पक्षहरु धेरै छन् । जस्तै अस्ट्रिजको चल्ला विक्री वितरण, अष्ट्रिजको मासु विक्री, ट्राउट माछा, उँट आदि छ ।
खयो उँट प्रदर्शनमा मात्र हो कि विक्री पनि हुन्छ ?
–यस क्षेत्रका धेरै मानिले वास्तवमा उँट देख्नु भएको छैन । यो खासगरी मरुभूमिको वाहनको रुपमा रहेको जनावर हो । उँट प्रदर्शनमात्र हुन्छ ।
खसुनसरी उद्योग वाणिज्य संघले समय समयमा औद्योगिक प्रदर्शनको आयोजना गदै आएको छ । त्यसरी प्रदर्शनमा सबैभन्दा उत्कृष्ट हुने उत्पादनकर्ता तथा व्यवसायीहरुको सूचि लिपिवद्ध गरेर उनीहरुलाई संघ मार्फत पुरस्कृत पनि गर्नुपर्नेै हो । यस्तो काम आजसम्म तपाईहरुले गर्नुभएको छ ?
–हामीले उहाँहरुलाई प्रोत्साहन गरेका छौं । संघको बार्षिकोत्सवका बेलामा त्यसरी सम्मान र पुरस्कृत गरेका थियौं । विभिन्न क्षेत्रमा रहनु भएका उद्योगी व्यवसायीहरुलाई त्यसरी सम्मान र पुरस्कृत गरेका छौं । उत्पादन, विक्रीसँगै सामाजिक कार्यमा संलग्न ३० जनालाई हामीले सम्मान र पुरस्कृत गरेका थियौं ।
खमहोत्सवमा कतिको कारोबार होला ? उद्योग वाणिज्य संघलाई महोत्सवबाट फाइदा के हुन्छ ?
– महोत्सवमा करिब २ लाख भन्दा बढी मानिसहरु आउनुहुन्छ भन्ने अनुमान गरेका छौं । यसैगरी ५ देखि १० करोडसम्मको कारोबार हुने अपेक्षा गरेका छौं । यस क्षेत्रमा भएका उद्योगी, व्यवसायीहरुले होलसेलमा आÏना उत्पादन उपभोक्ताहरुलाई उपलब्ध गराउनु हुनेछ । त्यसमा पनि अझ नयाँ नयाँ स्किम दिएर उहाँहरुले आफ्नो उत्पादन विक्री गर्नु हुनेछ । होलसेल दरबाट रिटेलमा आउँदा जुन मूल्य फरक हुन्थ्यो त्यो महोत्सवमा हुदैन ।
खतपाई संयोजक भएको नाताले अहिले कसरी संयोजन गर्दै हुनुहुन्छ महोत्सवको ?
–यस प्रकारको महोत्सव अशोक ताम्राकार अध्यक्ष हुँदा ८ बर्ष अगाडि आयोजना गरेका थियौं ।  त्यसबेला म स्टल संयोजक थिएँ । त्यसबाट मैले धेरै अनुभव बटुलेको थिएँ । त्यसैले म यो महोत्सवलाई सफलतापूर्वक आयोजना गर्न सक्छु, र अन्य साथीहरुलाई कामको जिम्मेवारी वाँडफाँडगरेर महोत्सवलाई अगाडि बढाएको छु ।
खमहोत्सवलाई उद्योगी एवम् व्यवसायीहरुले कत्तिको प्रोत्साहन गर्नुभएको छ ?
–उद्योगी, व्यवसायीहरुले प्रोत्साहन गर्नु भएको छ । तर एउटा कुराचाहिँ के रहेछ भने कतिपय उद्योगी भन्नुहुन्छ अत्यन्तै रामो गर्नुभयो, हामीलाई प्रोत्साहन, प्रमोट गर्ने काम गर्नुभयो भन्नुहुन्छ । तर उहाँहरुको समस्या चाहिँ के रहेछ भने प्रचार प्रसारका लागि यहाँसम्म आफ्ना उत्पादन ल्याउन उहाँहरुको स्टाफ नआउने, स्टलमा बस्ने मानिसको अभाव देखियो । कतिपय चाहेर पनि आउन नसक्ने अवस्था देखियो ।
खमहोत्सवका सम्बन्धमा थप केही भन्नुहुन्छ ?
–सबैभन्दा महत्वपूर्ण कुरा के हो भने यो प्रादेशिक महोत्सव २०७४ पहिलो हो । यो महोत्सवमा सबैभन्दा महत्वपूर्ण के गरेका छौै भने एउटा वृहत गोष्टी राखेका छौं । त्यो गोष्ठीमा प्रदेश न. १ लाई आर्थिक समृद्धीका लागि के के गर्न सकिन्छ ? हाम्रा पूर्वाधारहरु के के छन् ?  गर्नुपर्ने कुरा के के हुन भनेर चारवटा कुरामा गोष्ठी हुन्छ । यसमा पहिलो भनेको उद्योगी, व्यवसायीहरुलाई प्रवद्र्धन गर्न के के गर्न सकिन्छ र अरु उद्योगहरु के के ल्याउन सकिन्छ । दोसो यो क्षेत्र पर्यटनको प्रवल सम्भाव्यता भएकोले पर्यटन प्रवद्र्धन गर्न के के गर्न सकिन्छ । पश्चिमका पोखरा, काठमाण्डौमा पर्यटक जाने गरेकोले उनीहरुलाई पूर्वमा ल्याउन के के गर्न सकिन्छ भनेर विश्लेषण गछौै । यसै गरी पूर्वाञ्चलमा हाइड्रोपावर छैन । हाइड्रोपावरको सम्भावना यहाँ धेरै छ । हाइड्रोपावर ल्याउनका लागि के के गर्न सकिन्छ, त्यसको पूर्वाधार के के हुन, ल्याउन के के उपाय गर्नुपर्छ, त्यसमा लगानी गर्ने लगानीकर्ताहरु ल्याउने प्रयासमा छौं ।
यसैगरी पूर्वाञ्चल एउटा कृषि भूमि पनि हो । कृषि सम्बन्धी महोत्सवमा प्रदर्शन गछौं । यसका टिप्पणीकारका रुपमा नेपालका प्रवुद्ध व्यक्तिहरु महोत्सवमा आउँदै हुनुहुन्छ । हाइड्रो  पावर, कृषि पर्यटन, उद्योग आदिका विज्ञहरु आउदै हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया