धरान÷मुलुकमा राजनीतिक स्थिरतासँगै आर्थिक समृतिका लागि उद्योगी, व्यवसायी आवद्ध संघ संस्थाहरु जुर्मुराउन थालेका छन् । विगतमा भएका राजनैतिक अस्थिरताका समयमा दक्ष जनशक्ति र उद्योगी व्यवसायीहरुको पलायनले गर्दा आर्थिक गतिविधि डावाडोल हुन पुगेको थियो ।
मुलुक संघीयतामा गएपछि पहिलो पटक सुनसरी उद्योग वाणिज्य संघ धरानले यही फागुन ११ गतेदेखि २१ गतेसम्म पर्यटन, कृषि, सूचना प्रविधि, कला सँस्कृति, शिक्षा, ऊर्जा, औद्योगिक व्यापार मेलाको आयोजना गर्दैछ । महोत्सवको उद्घाटन प्रदेश नं. १ का नव नियुक्त मुख्यमन्त्री शेरधन राइको प्रमुख आतिथ्यमा हुने भएको छ भने महोत्सवको प्रवद्र्धक नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १, नेपाल पर्यटन बोर्ड, धरान उपमहनगर पालिका र नेपाल सरकार उद्योग मन्त्रालय र विशेष सहयोगी नेपाल सरकार वाणिज्य मन्त्रालय व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र रहेका छन् ।
प्रादेशिक महोत्सव २०७४ लाई सफलतापूर्वक सम्पन्न गर्नका लागि सात सदस्यीय कार्य सम्पादन समिति समेत गठन गरिएको छ । जसको संयंोजकमा विजय श्रेष्ठ, सह संयोजकमा गिरीधारी सापकोटा, सदस्य सचिवमा शिवराज श्रेष्ठ, कोषाध्यक्षमा राजेश अग्रवाल, सदस्यहरुमा महेन्द्र प्रधान, मनोज श्रेष्ठ र उपेन्द्र चाम्लिङ्ग रहेका छन् । यसैगरी विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ । सुरक्षा व्यवस्थापन उपसमितिको संयोजकमा गिरीधारी सापकोटा, सचिवालय संयोजक शिवराज श्रेष्ठ, आर्थिक व्यवस्थापन संयोजक राजेश अग्रवाल, स्टल निर्माण तथा बुकिङ्ग संयोजक महेन्द्र प्रधान, पुरस्कार तथा प्रमाणपत्र व्यवस्थापन संयोजक मनोज श्रेष्ठ, प्रचारप्रसार संयोजक उपेन्द्र चाम्लिङ्ग, अतिथि सत्कार व्यवस्थापन संयोजक विमला श्रेष्ठ, टेलिफोन विद्युत तथा सूचना र स्वयम्सेवक व्यवस्थापन पियुषराज आचार्य, शैक्षिक तथा कृषि प्रवद्र्धन संयोजक शुभेच्छा अधिकारी, विमा व्यवस्थापन दिपककुमार श्रेष्ठ, कला सँस्कृति नविन राजभण्डारी, विज्ञापन व्यवस्थापन किरणकुमार अग्रवाल, प्राथमिक उपचार व्यवस्थापन किसन मास्के, झाँकी तथा ¥याली व्यवस्थापन मानबहादुर विक, सरसफाई तथा खानेपानी व्यवस्थापन सञ्जय अटल, उद्घाटन र समापन कार्यक्रम व्यवस्थापन राजेश गोयल, स्मारिका प्रकाशन शरदरत्न पार्थिव, संघ संस्था समन्वय व्यवस्थापन राजकुमार निरौला, स्मारिका सम्पादक मण्डलमा माणिकचन्द सुराणा, आर्थिक गोष्ठी सञ्चालन रामस्वरुप शर्मा, स्टल व्यवस्थापन तथा डिजाइन विवेक अग्रवाल, पर्यन प्रवद्र्धन अध्यक्ष होटल एसोसिएन धरान र जनजातिका साँस्कृतिक कार्यक्रमको संयोजक अध्यक्ष आदिवासी जनजाति महासंघ रहेका छन् ।
प्रादेशिक महोत्सव २०७४ को मूल उद्देश्य प्रदेश नं. १ को आर्थिक वृद्धिमा टेवा पु¥याउनु नै रहेको छ । यहाँको आन्तरिक उत्पादनको व्यापारिक प्रवद्र्धन गरी निकासी प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने, उद्योग वाणिज्य संघहरु तथा उद्योगी व्यवायीहरु लगायत अन्य क्षेत्रका उद्योगी व्यवसायीहरुले सञ्चालन गरेका विभिन्न उत्पादनको विक्री वितरण, आन्तरिक तथा वाह्य पर्यटक आवागमनको अपेक्षा समेत रहेको छ । प्रदेश नं. १ को विकासका लागि उद्योग व्यवसाय, कृषि, पर्यटन, कला सँस्कृति, शिक्षा, खेलकुद, स्वास्थ्य, सूचनाको क्षेत्रको प्रवद्र्धनमा टेवा पु¥याउने, उपभोक्ताहरुलाई दैनिक उपभोग्य वस्तुहरु, औद्योगिक वस्तुहरु, सवारी साधनका विभिन्न उत्पादनहरु सुपथ मूल्यमा उपलब्ध गराउने, राष्ट्रिय पहिचान गर्न सक्ने वस्तुहरुमा आकर्षित गराउने, औद्योगिक वातावरणीय सचेतना सम्बन्धी जानकारी गराउने, पर्यटकीय, शैक्षिक, औद्योगिक र व्यापारिक क्षेत्रको प्रवद्र्धन गर्ने महोत्सवको लक्ष्य रहेको आयोजकले जनाएका छन् । यसैगरी औद्योगिक प्रदर्शनी र समन्वयमा जोडसँगै प्रदर्शित वस्तुको खरिद विक्री, निकासी,पैठारी, वस्तुको पहिचान एवम् बजार प्रवद्र्धनमा सहयोग पु¥याउने, स्थानीय वस्तुको चिनारीसँगै उद्यमी, व्यवसायीलाई सहयोग पुग्ने र प्रोत्साहन गराउने, उत्पादित वस्तु र उपभोक्ताबीच समन्वयको अवसर जुराइदिने, कृषि पेशालाई व्यवसायिक रुपमा अग्रसर गराउन सहयोग गर्ने, आधुनिक प्रविधिको जानकारीसँगै मेसिनरी उपकरणको पहिचान गराउने, लगानीका अवसर र प्रतिफलको बाटो देखाउने, व्यवसायिक चेतना अभिवृद्धि गर्ने, सूचना प्रविधिसम्बन्धी जानकारी गराउने लगायतका उद्देश्यहरु महोत्सवको रहेको छ ।

