महेन्द्र प्रधान–स्टल निर्माण तथा बुकिङ्ग र स्वयम्सेवक समिति संयोजक

क्तपाई अहिले महोत्सवको स्टल निर्माण तथा बुकिङ्ग र स्वयमसेवक समिति संयोजक हुनुहुन्छ, कामको स्प्रिट कसरी अगाडि बढेको छ ?
–वास्तवमा अहिले सुनसरी उद्योग वाणिज्य सघले ८ बर्षपछि औद्योगिक महोत्सवको आयोजना गर्दैछ । यसमा विशेष गरेर खाद्यान्नदेखि लिएर, लत्ताकपडा, इलेक्ट्रोनिक्सका सामान, त्यस्तै अन्य औद्योगिक व्यापारिक र पर्यटकीय समानहरु समेत महोत्सवमा रहन्छन् । पर्यटकका लागि यसले प्याकेज पनि बनाइएको छ सहुलितय दरले । यसले प्रदेश नं. १ मा यसको आकर्षण बढेको छ । जहाँ पनि अहिले धरानमात्र नभएर प्रदेश न. १ को भ्रमण गर्न आउनै पर्ने रहेछ भन्ने अन्य क्षेत्रका वा प्रदेशका बासिन्दालाई अनुभूति भएको छ । महोत्सवले प्रदेश नं. १ को आर्थिक गतिविधि अगाडि बढाउन एउटा बृहत गोष्ठी पनि गर्दैछ । जसमा ऊर्जा, पर्यटन, कृषि, उद्योग र व्यापारको गोष्ठी हुनेछ । महोत्सवको मूल उद्देश्य प्रदेश नं. १ लाई आर्थिक रुपमा कसरी सक्षम, सवल बनाउन सकिन्छ भन्ने नै हो । यहाँ के के कुराको सम्भावना छ लगायतका
कुरामा वृहत गोष्ठी हुन्छ । यसको लागि व्यापक रुपमा अहिले प्रचार प्रसार भएको छ । हामीले प्रदेश नं. १ का सम्पूर्ण उद्योग वाणिज्य संघहरु, त्यसका भातृ संघहरु जस्तै होटल व्यवसायी संघ, कपडा व्यवसायी संघ, लिंकर्स एसोसिएसन, खाद्यान्न संघहरु सबैलाई पत्राचार र मौखिक जानकारी गराएका छौं । यो ११ दिन सम्म आयोजना हुने महोत्सवले पूर्ण रुपले सफलता पाउने विश्वास मैले गरेको छु ।
क्तपाइ स्टल निर्माण बुकिङ्गको संयोजक हुनुहुन्छ । तपाईहरुले कतिवटा स्टल तयार गर्नुभएको छ र कतिवटा बुकिङ्ग भइसकेका छन् ?
–पहिला हामीले बनाउन खोजेको १ सय ९३ वट स्टल थिए । तर ठाउँ अभावका कारण १ सय ३५ वटा  निर्माण गरेका छौं । ति स्टलहरु मध्ये ९० प्रतिशत बुकिङ्ग भइसकेको छ । त्यसमा विशेष गरेर अटोमोवाइल्स, गार्मेन्ट्स, होटल, हेन्डीक्राफ्ट, कृषिजन्य सामाग्रीहरु, विभिन्न उद्योगका सामाग्रीहरु राख्नका लागि बुक भइसकेको छ । प्रदेश नं. १ का विभिन्न उद्योगहरुमात्र नभएर देशका अन्य प्रदेशमा समेत उत्पादन भएका मल्टीनेशनल कम्पनीका सामानहरु स्टलमा रहने छन् ।
क्अहिले सम्म तपाईहरुका स्टलमा कहाँ कहाँबाट उद्योगी, व्यवसायीहरुले बुक गर्नुभएको छ ?
–यो त एक नं. प्रदेशबाट पनि छ, २ नं. प्रदेशबाट पनि छ, ३,४,५, ६ नं. प्रदेशबाट समेत बुक भएको छ । जस्तै नेपालगञ्जबाट, पोखरा, चितवन, काठमाण्डौ, जनकनपुर, विरगञ्जबाट पनि आएका छन् ।
क्प्रदेश नं. १ बाट कतिवटा जिल्ला सहभागी भएका छन् ?
–यो प्रदेश नं. १ बाट ११ वटा  जिल्ला सहभागी भएका छन् ।
क्उहाँहरुले बुक गरिसक्नु भएको छ ?
–गरिसक्नु भएको छ ।
क्औद्योगिक महोत्सवमा कतिको कारोबार होला भन्ने अनुमान गर्नुभएको छ ?
– आद्यौगिक, व्यापारिक, कृषि पर्यटन, ऊर्जासँगै क्यान इन्फोटेकहरुको केही सामानहरु समेत रहने र गाडी र तिनका पार्ट पूूर्जा समेत रहने भएकोले यसले १० करोड भन्दा माथिको व्यापार गर्छ भन्ने मैले अनुमान गरेको छु ।
क्उद्योग वाणिज्य संघलाई यसबाट के फाइदा ?
–यसबाट सुनसरी उद्योग वाणिज्य सघलाई फाइदा भन्दा पनि प्रदेश न. १ मा आर्थिक गसितविधिसँगै नेपालभरि के कस्ता वस्तुहरु उत्पादन भइरहेका छन्, हामीले के के बस्तुहरु विक्री वितरण गर्दैछौं, यसका सम्भाव्यताहरु के के छन् र के व्यापार गर्दा,उद्योग खोल्दा यस क्षेत्रलाई लाभ हुन्छ ? के के आयात गर्न सकिन्छ, के के निर्यात भइरहेका छन् त्यसको समग्र रुपमा एकै ठाउँले देखाउँछ । अर्को कुरा हामीले महोत्सवमा सम्बन्धित विज्ञबाट गोष्ठीको आयोजना गरेका छौं । पर्यटन, कृषि, ऊर्जा, औद्योगिक व्यापारका गोष्ठी भएकोले विशेष गरेर बाहिरलाई समेत प्रभाव पार्छ । ेगोष्ठीमा पूर्व गभर्नर युवाराज खतिवडा,
यसैगरी उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष कुसकुमार जोशी, टिप्पणीकारका रुपमा आउदै हुुनुहुन्छ । एक नं. प्रदेशमा कसरी आर्थिक गतिविधि बढाउन सकिन्छ भनेर भिजन तयार गर्छ  त्यो भिजनलाई कसरी लागू गर्ने भनेर नेपाल सरकाको मन्त्रालयदेखि उद्योगी व्यापारीहरुसम्म पु¥याउँछौं ।
क्सहभागी उद्योगी व्यवसायीलाई एघार दिनसम्म राख्दा तपाईहरुले के कस्ता सुविधा दिनुभएको छ ? उहाँहरु एघारदिनसम्म टिक्नु  सक्नु हुन्छ ?
–उहाँहरु अर्थात कतिपय इण्डष्ट्रिजबाट एकजना आउनुहुन्छ । यहाँबाट विविए पढेका विद्यार्थीहरु, कतियले माइक्रो वायलोजीमा मास्टर्स गरेका छन् उनीहरुलाई तालिम गराएर सहयोगीका रुपमा दिन्छौं । सम्बन्धित उद्योग वा कम्पनीबाट १÷२ जना आएर यहाँको गेष्ठ हाउसतिर बस्नुहुनेछ ।
क्त्यो बस्ने खर्च सुनसरी उद्योग वाणिज्य संघले व्यहोर्छ ?
–हैन उहाँहरु आफैले व्यहोर्नु हुन्छ । हामीले व्यवस्थापनसम्म गरिदिने हो । काठमाण्डौबाट एउटा राम्रो कलेज केएनके कलेजसँगै अन्य कलेजहरु पनि यहाँ आउँदै छन् । धरानमा विशेष गरेर राम्रा विद्यार्थीहरु केएनके कलेज काण्ठमाण्डौले डिप्लोमा लेवलको पढाइ विविए, विविएस, नेपालको उत्कृष्ट सफल भएको छ त्यसले पनि आफ्नो स्टल राख्दैछ । धरानमा शैक्षिक गतिविधि कस्तो छ, धरानबाट कस्तो विद्यार्थी लगेर धरानलाई शैक्षिक रुपमा मद्धत गर्न सकिन्छ भनेर धरानकै साथीहरुले खोलेका हुनाले उहाँहरु इन्ट्रेस्टेट हुनु भएको हो ।
क्अरु केही छ ?
–एघार गतेदेखि २१ गतेसम्म सुनसरी उद्योग वाणिज्य संघले प्रादेशिक महोत्सव आयोजनामा गरिरहेको छ । सुनसरी उद्योग वाणिज्य संघले लगाए पनि यो सम्पूर्ण एक नं. प्रदेश, नेपालभरिकै, नेपालललाई आर्थिक समृद्धि बनाउने कुरामा थोरै भएपनि टेवा पु¥याउँछ भन्ने हामीले ठानेका छौं । यसलाई आफ्नो ठाउँबाट विशेष गरी यो धरानमा लाग्ने भएकोले धरानका हामी सबै यसको आयोजक हौ, सम्पूर्ण धरानबासी सघ सस्थाहरु, गैर सरकारी संघ संस्थाहरु आम जनता, राजनैतिक दलहरु यसका सदस्य हुन् । सबैले यसलाई आफ्नो कार्यक्रम सम्झेर मद्दत गरिदिनु हुन अनुरोध छ ।

तपाईको प्रतिक्रिया