भारतीय सेनाध्यक्ष रावत नेपालमा

राजधानी÷भारतीय सेनाध्यक्ष विपीन रावत नेपाली सेना दिवसको अवसरमा विशेष अतिथिको रुपमा काठमाण्डौ आउनु भएको छ । नेपाली सेनाका मानार्थ प्रधान सेनापति समेत रहनु भएका रावत प्रधान सेनापति महारथि राजेन्द्र क्षेत्रीको निमन्त्रणामा काठमाण्डौ आउनु भएको हो ।
रावत नेपालको तीनदिने औपचारिक भ्रमणमा आउनु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा सोमबार जारी विज्ञप्तीमा जनाइएको छ । मानार्थ महारथी रावतलाई नेपाली सेनाका बलाधिकृत पूर्णचन्द्र थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा स्वागत गर्नुभएको थियो ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार मानार्थ महारथी नेपालको तीनदिने बसाईका क्रममा
राष्ट्रपति, प्रधानमन्त्री, उच्च राजनैतिक नेतृत्वसँगको भेटघाटसँगै केही धार्मिक स्थलको भ्रमणमा समेत जानु हुनेछ ।
रावतको यो भ्रमणले नेपाली सेना र
भारतीय सेनाबीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धका साथै द्विपक्षीय हित र पारस्परिक सम्बन्धलाई सैनिक कुटनीतिको माध्यमबाट थप सुमधुर एवम् प्रगाढ बनाउन मद्धत पुग्ने विश्वास लिइएको छ । सेनाध्यक्ष जनरल रावत फागुन २ गते स्वदेश फर्कने कार्यक्रम
रहेको छ ।

तपाईको प्रतिक्रिया