धरान÷अनुशासन नै राष्ट्रसेवाको मूल जग हो, युवा शक्ति भविष्यका नेतृत्व हुन भन्ने मूल उद्देश्यका साथ राष्ट्रिय सेवा दल पूर्वी शिक्षालय याङसिला मोरङ्गले दिक्षान्त कवाज सिस ४४ जुनियर डिभिजन तालिम गत हप्ता सम्पन्न गरेको छ ।
सुनसरी, मोरङ्ग, वारा, रौतहट, मकवानपुर गरी पाँच जिल्लाका १५ वटा विद्यालयका ५ सय १० जना छात्र छात्रा सहभागी तािलममा दिक्षित विद्यार्थीहरुले तेक्वाङ्गदो, मासपिटी, राष्ट्रिय गानमा नृत्य गरेका थिए । उत्कृष्ट दिक्षित विद्यार्थी तथा विद्यालय सञ्चालकहरुलाई नेपाली सेनाका इन्टेलिजेन्स महानिर्देशक उपरथी जगदिशचन्द्र पोख्रेलले शिल्ड तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
सो अवसरमा बोल्दै इन्टेलिजेन्स महानिर्देशक उपरथी जगदिश चन्द्र पोखे्रलले भन्नुभयो यो दिक्षान्त कवाजमा प्रमुख अतिथिको रुपमा सलामी ग्रहण गर्न पाउँदा मलाई धेरै खुशी लागेको छ युवाहरुको व्यक्तित्व विकास गने उद्देश्यले वि.सं. २०२२ सालबाट अनुशासन नै राष्ट्र सेवाको मूल जग हो भन्ने आदर्श वाक्य बोकी स्थापना भएको राष्ट्रिय सेवा दलको तालिममा सहभागी भइ सय दिन अवधिको तालिम सफलतापूर्वक सम्पन्न गरी दीक्षित हुनुहुने
क्यारेट छात्र–छात्रहरुलाई हार्दिक बधाई दिन चाहन्छु ।
उहाँले भन्नुभयो स्वेच्छाले यस तालिममा सहभागी भई छोटो समयमा तपाईहरुको लगनशीलता, इच्छा शक्ति, तालिम प्रतिको अभिरुचि तथा कडा परिश्रम, ेप्रस्तुत गरेको उच्च स्तरको कवाजले प्रतिविम्वित गरेको छ । नेपाल सरकरको उच्च प्राथमिकतामा परेको यस कार्यक्रमको लक्ष्य युवाहरुलाई अनुशासित, मर्यादित, मुलुकप्रति समर्पित र राज्यका संस्थाहरुप्रति सम्मान गर्ने संस्कारयुक्त नागरिक बनाउनुका साथै विपतको उच्च जोखिम भएको हाम्रो
राष्टमा यस्ता विपत्तिहरुको समयमा
परिचालित हुन सक्ने तालिम प्राप्त स्वयम्सेवक जनशक्ति उत्पादन गर्नु रहेको छ । यस तालिमको दौरान तपाईहरुले हासिल गरेका सामान्य सैनिक कला, विपत व्यवस्थापन, नेतृत्व तथा व्यक्तित्व विकास, राष्ट्रियता, सामाजिक उत्तरदायित्व तथा अनुशासन सम्बन्धी ज्ञानले माथि उल्लेखित लक्ष्यहरुलार्ई परिपूर्ति गर्नुका साथै तपाईहरुको व्यक्तित्व विकास गर्न र तपाईहरुको आगामी जीवनमा आउन सक्ने चुनौतिहरुलाई सहज रुपमा सामना गर्न सहयोगी हुने विश्वास लिएको
छु ।
उपरथी पोख्रेलले अगाडि भन्नुभयो यस तालिम पश्चात तपाईहरुले निःस्वार्थ सेवा भावबाट समर्पित भई राष्ट्रलाई आवश्यक
परेकोे बेलामा एक सच्चा नेपाली नागरिकका रुपमा महत्वपूर्ण नेतृत्वदायी भूमिका निर्वाह गर्नुहुनेछ भन्ने कुरामा म विश्वस्त छु । राष्ट्रको भविष्य र कर्णधार सदैव युवाहरु हुन यो धुव्र सत्य हो । युवाहरुमा परिस्थितिलाई परिवर्तन गर्न सक्ने क्षमता असिम रुपमा रहेको हुन्छ । यसका साथै एक प्रकारको जोश, जाँगरको अभिपे्ररणा युवाहरुमा हुन्छ । यो अरु उमेर समूहमा देख्न कठिन हुन्छ । युवाहरुमा विभिन्न विषयलाई लिएर हिड्ने कौतुहलता र त्यसलाई हेर्ने नयाँ आयामहरु नै नयाँ सामाजिक विकास र प्राविधिक विकासका मुख्य कारक हुन । युवाहरुमा हुने जोश, जाँगर र अभिप्रैेरणालाई समयमै सही दिशा प्रदान गर्नुपर्ने हुन्छ । यही दिशा तथा धरातल दिनका लागि यस तालिमको विकास गरिएको हो । यस प्रकाारको तालिम नेपालमा मात्र नभएर विश्वका धेरै राष्ट्रहरुले सञ्चालन गरिरहेका छन् । यस तालिममा तपाईहरुलाई सैनिक पोसाकमा विभिन्न परेडमात्र दिइदैन विभिन्न प्राकृतिक भुवनावट, सँस्कृति,
परम्परा संस्कारबाट आइ राष्ट्रिय सेवा दलको एउटै झण्डामुनी बसी एक अर्काको भुवनावट, सँस्कृति, परम्परा र इतिहास बुझ्ने मौका पनि यसले प्रदान गर्दछ । यसरी एउटै देशभित्र भएको विभिन्न आयामहरुको जानकारी लिने आफ्नो देशप्रतिको गौरव बढाउनुका साथै राष्ट्रिय एकताको भावनालाई थप मजबुत बनाउने मैले विश्वास लिएको छु । यस तालिममा राम्रो नतिजा ल्याउने छात्र–छात्राहरुलाई विभिन्न मित्र राष्ट्रहरुमा सञ्चालन हुने युवा आदान प्रदान कार्यक्रममा राष्ट्रको प्रतिनिधित्व गर्दै सहभागी हुने अवसर पनि प्रदान हुने
छ । यसरी राष्ट्रको प्रतिनिधित्व गर्दै मित्र राष्ट्रहरुमा भ्रमण गर्न पाउनु आफैमा एउटा उपलब्धी हो । यस प्रकारको युवा आदान प्रदान कार्यक्रमले आफ्ना मित्र राष्ट्रहरुको बारेमा जानकारी लिन तथा तपाईहरुको व्यक्तित्व विकासमा समेत ठूलो योगदान पु¥याउने छ । साथै विगतको तुलनामा युवा आदान प्रदानलाई विस्तारित गर्दै सहभागी संख्या बढाइएको छ भने भारत, श्रीलंका, बंगलादेशमा मात्र सीमित कार्यक्रमलाई यही आर्थिक बर्षदेखि मित्र राष्ट्रहरु भुटान माल्दिभ्ससम्म पनि विस्तार गरिएको छ । यस प्रकारले भविष्यमा सहभागी हुने संख्या र युवा अदान प्रदान हुने राष्ट्रसंख्या बढाउने योजना अनुरुप आवश्यक कार्य राष्ट्रिय सेवा दलले गरिरहेको छ । नेपालका सबै जिल्लाहरुमा आफ्नो तालिमलाई विस्तारित गरि सफलतापूर्वक सम्पन्न गर्न सक्नु सामान्य मेहनतले सम्भव हुँदैन भन्नेमा कसैको दुई मत रहँदैन । विभिन्न
परिस्थितिका विद्यार्थीहरुलाई समेटी एक रुपमा तालिम सञ्चालन गर्नु आफैमा एक चुनौतिपूर्ण कार्य हो । यस्तो वृहत कार्यलाई राष्ट्रिय सेवा दलद्वारा सहज रुपमा सम्पन्न गरेकोमा म राष्ट्रिय सेवा दलका महानिर्देशक, निर्देशक लगायत सम्पूर्ण अधिकृत, पदिक तथा अन्य दर्जाप्रति धन्यवाद व्यक्त गर्दछु ।
दिक्षान्त समारोहमा आपूर्ति तथा परिवहन निर्देशक ज्योतेन्द्र खत्री,राष्ट्रिय सेवा दलका निर्देशक दिलिप विष्ट, पूर्वी पृतना मुख्यालयका निमित्त पृतनापति बालकृष्ण कार्कीको समेत उपस्थिति
रहेको थियो ।

