सामाजिक कार्यमा अग्रसर बन्दै गोरखा वेलफेयर सेन्टर

धरान/वृद्धवृद्धालाई आफ्नो छोराछोरीको सहाराको आवश्यक पर्छ । उनीहरु छोरा छोरीसाग रमाएर बस्न अधिक मन पराउने हुन्छन् । यदि छोराछोरीले हेला गरेर वृद्धाश्राममा बस्नुपर्दा उनीहरुको मन अत्यन्तै दुखित हुने गर्दछ ।
तर धरानमा एउटा यस्तो ठाउा छ जहा छोराछोरी, नातिनातिनासाग छुट्टिएर एक्लै बस्दा परिवारको भन्दा रमाइलो महसुस हुन्छ उनीहरुलाई । धरान १३ गोरखा वेलफेयर सेन्टर बसोबास गर्ने वृटिश आर्मी तथा सेवा निवृत्त भएका वृटिश आर्मीहरु त्यस स्थानमा बस्दा घरको भन्दा रमाइलो र आनन्द मान्दछन् ।
खाटाङकी नरमाया लिम्बु यस स्थानमा बसेको १५ बर्ष भयो । उनलाई ६० बर्षको उमेरमा त्यस स्थानमा ल्याएर स्वयम् छोराले ल्याएर त्यस स्थानमा
राखिदिए । त्यसपश्चातदेखि उनी अहिलेसम्म घर कतिपटक गए भन्ने याद छैन ।
यस्तै भोजपुरकी ८० बर्षीया फुलमाया राईको समेत यस्तै अनुभव छ । ५ बर्षदेखि यस स्थानमा बस्दै आएकी उनलाई घरको याद आउादैन । यहाा बसेदेखि उनलाई घर जान पनि त्यति मन पर्दैन । उनलाई यही स्वर्ग भएको अभाष हुन्छ ।
उनीहरुलाई खान बस्नको कुनै दु:ख छैन, दुख विमार हुादा सेन्टरले नै
राखिदिएको स्वास्थ्य केन्द्रमा उपचार हुन्छ, अत्यन्तै अल्छी लागेको समयमा उनीहरुलाई क्यारामबोर्ड खेल्ने बेवस्ता, टिभीको व्यवस्था समेत गरिदिएपछि उनीहरुलाई घर भन्दा स्वर्ग लाग्ने
गरेको हो । अल्छी लागेको समयमा २६ जना वृद्धवृद्धाहरु आफूले मन लागेको काम गर्न पाउाछन् । त्यतिमात्र हैन उनीहरुलाई सिडीमार्फत विभिन्न भगवानको चलचित्रहरु समेत देखाइने गरिएको छ
वृटिश सरकारले वृटिश सेनामा काम गरेर सेवा निवृत्त भएका तथा कार्यरत सिपाहीका बाबुआमालाई सुविधासम्पन्न अभाषको मात्र व्यवस्था गरिदिएको मात्र र्छैन, उनीहरुको रेखदेख, स्वास्थ्यको समेत व्यवस्था गरिदिएको छ । सन् १९७८ मा वृटिश सेनामा कार्यरत गोरखाली सेनाका परिवारको शिक्षा, स्वास्थ्य, रोजगारलाई सहज तुल्याउने उद्देश्यले वृटिश सरकारले यस्तो वेलफेयर सेन्टरको अवधारणा अनुरुप हाल नेपाल अधिराज्यभरि २० वटा, भारतको दार्जिलिङ्ग र देहरादुनमा एक/एक वटा यस्ता वेलफेयर सेन्टरको स्थापना गरिदिएको छ । सोसाइटीले वृद्धावृद्धामात्र हैन उनीहरुका आश्रित परिवारलाई समेत आवासका साथै शिक्षा, स्वास्थ्य रोजगारको व्यवस्था गर्दै
आइरहेको छ । पछिल्लो समयमा वेलफेयर सामाजिक कार्यमा समेत अग्रसर हुन थालेको छ । आर्थिक अवस्था कमजोर भएका सेवा निवृत्त वृटिश सेनाका परिवार तथा आश्रितलाई मात्र हैन पिछडिएका, भिन्न क्षमता भएका र क्षमता भएर पनि अवसर नपाएकाहरुको सहयोगमा जुटेको छ । वेलफेयरले क्यान्सरपीडित सम्झना राई लगायतका कैयौलाई आर्थिक सहयोग प्रदान समेत गरिसकेको सेवा निवृत्त क्याप्टेन तथा धरानका सिनियर एरिया अफिसर पूर्ण प्रसाद लिम्बुले जानकारी दिनुभयो ।
पछिल्लो पटक सोसाइटीले खोटाङकी एक बालिकालाई समेत पिस फाउन्डेन युकेको सहयोगार्थ उठाइएको रकम सोसाइटीले १ लाख रुपैया सहयोग प्रदान गरिएको छ । दुवै हात जन्मजात नभएकी खोटाङकै भगवती उच्च माविमा कक्षा ८ मा अध्ययनरत सम्झना राईलाई एक कार्यक्रमको आयोजना गरी सहयोग प्रदान गरेको छ । यस भन्दा अगाडि पनि सम्झनालाई सोसइटीकै पहलमा वृटिश सेनामा कार्यरत सिपाहीहरुद्वारा संकलित २४ हजार ५ सय रुपैया प्रदान गरेको थियो ।
त्यतिमात्र हैन खुटालाई लेखनको माध्यम बनाएकी सम्झनालाई भविष्यमा समेत केही दु:ख नहोस् भन्ने उद्देश्यले खोटाङकै सदरमुकाम दिक्तेलमा जग्गा प्रदान गरी घर समेत बनाइदिने घोषणा गरेको छ । अत्यन्तै सुविधा सम्पन्न अर्थात सोलार लाइट जडानसहित सो घर निर्माण गरिदिने सो अवसरमा एरिया वेलफेयर अफिसर लिम्बुले जानकारी दिनुभयो । विशेष गरी क्षमता भएर पनि आर्थिक अभावबाट आफूलाई अगाडि बढाउन नसक्नेहरुलाई वेलफेयर सेन्टरले सहयोग गर्ने लक्ष्य लिएको समेत सो अवसरमा बताउनुभयो ।

तपाईको प्रतिक्रिया