महिलामा सन्तान नहुने कारणहरु

कुनै कुनै स्त्रीहरुले सन्तान जन्माउन सक्दैनन् । त्यस्तो अवस्थालाई बाँझोपन भनिन्छ । यस्ता दम्पति मध्ये धेरैले आÏनो जीवन एक्लो र फिका अनुभव गर्दछन् । समाजमा सन्तान नहुनेलाई अपुतो भनी हेला गर्ने चलन छ । यस्ता मान्छेहरुको सन्तान नहुनुका कारणहरु पत्ता लगाउन सकेमा बाँझोपनको उपचार गर्न सकिन्छ ।
– वीज ग्रन्थीको खराबीले गर्दा स्त्रीबीज(अण्ड)ननिस्कनु ।
–   वीजवाहिनी नलीहरुमा केही अवरोध हुनु । यस्तो भएमा अपरेशनबाट ठीक हुनसक्छ ।
–   गर्भाशयको मुख ज्यादै सानो हुनु ।
– गर्भाशय ज्यादै सानो हुनु अथवा दुई कोठामा बाँडिनु ।
–  योनिश्राव धेरै निस्कनु जसको अमिलोपनामा हटाएर शुक्रकीट मर्नु । यसको उपचार हुनसक्छ ।
–   ज्यादै नै कुपोषण हुनु ।
धेरै दिनसम्म पौष्टिक खाना खाएमा गर्भधारण गर्ने शक्ति बढ्छ । कुपोषित आमाको बारम्बार गर्धपतन
भइरहन्छ ।
–   रगतको ज्यादै नै कमी भएर पनि गर्भ रहन नसक्ने हुन्छ । यस्ता महिलाले आइरन चक्की धेरै समयसम्म खाइरहनु पर्छ ।
–   आयोडिनको कमी हुनु । यस्तो अवस्थामा आयोडिन भएको नुन धेरै समयसम्म खाइरहनु पर्छ । जुन माटोमा आयोडिन हुँदैन त्यहाँ उब्जेको, फलेको खानेकुरामा आयोडिनको कमी हुन्छ । त्यस्तो खाना खानेहरुले थप आयोडिन खानु पर्छ ।
– गोनोरिया लागेपछि राम्रो उपचार नहुनु । रोग लाग्ने बित्तिकै राम्रो उपचार गर्ने अङगहरुमा टी.बी. जस्ता संक्रमणात्मक रोग लाग्नु । यस्ता रोग लाग्ने बित्तिकै उपचार गराउनु पर्छ ।
–    स्त्री रागरसको कमी हुनु । कृत्रिम रागरस दिई यसको उपचार गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया