धरान साप्ताहिकको निरन्तरताको १९ औं बर्षगा“ठमा वृहत वनभोज

धरान÷विगतका बर्षहरुमा झै यस बर्षपनि धरान साप्ताहिकले वार्षिकोत्सवका अवसरमा वृहत वनभोज कार्यक्रम आयोजना ग¥यो ।
विगतमा बर्षहरु कम थिए भने यस पटक निरन्तरताको १९ औं बर्षगाँठ थियो । सामाजिक विकृति र विसंगतिलाई चिर्दै व्यवसायिक पत्रकारितालाई मुख्य ध्येय बनाएको धरान साप्ताहिकले १९ औं बर्षगाँठ मनाउँदा असंख्यौ आरोह अवरोहहरुको डटेर सापना गरेको थियो ।
वि.सं. २०५६ सालबाट यात्रा आरम्भ गरेको धरान साप्ताहिकले विकृति, विसंगति र भ्रष्टाचार जस्ता सामाजिक विभेदका बारेमा समाचार लेखेकै कारण विविध पक्ष चाहे ती आफूलाई प्रतिष्ठित भन्न रुचाउने हुन्, चाहे ती सत्यम शिवम् सुरक्षणम् को आवरणमा रहेका प्रहरी हुन्, चाहे सरकारका उच्च तहका कर्मचारी हुन्, चाहे समाज परिवर्तनको आडम्बरमा रहेका राजनैतिक दलका नेता तथा कार्यकर्ता हुन् प्रायः सबैबाट मानसिक र भौतिक आक्रमणको सामना समेत गर्नुपरेको थियो ।
हरेक प्रकारको चुनैतिलाई सामना गर्दै धरान साप्ताहिक आजको एउटा परिस्कृत अवस्थामा आएको प्रति कसैको दुईमत छैन । चुनौति नै सफलताको कडी हो भन्ने मान्यतालाई आत्मसात गरेर आफनो यात्रालाई निरन्तता दिँदा नै धरान साप्ताहिक आजको अवस्थामा आइपुगेको हो । सानो लगानी, अथक मेहनत र परिश्रमले धरान साप्ताहिक १९ औं बर्षमा आइपुग्दा पूर्वाञ्चलकै सर्वाधिक लोकप्रिय समाचार माध्यम बन्न पुगेको छ । प्रारम्भमा एउटा पृथक उद्देश्यका साथ प्रकाशन आरम्भ भएको धरान साप्ताहिकको आज नियमित ग्राहकको संख्या मात्र दुई हजार भन्दा बढी रहेका छन् । नेपाली काँग्रेसक पूर्व क्षेत्रीय सभापति एवम् युवा नेता विनोदकुमार राईको संरक्षण र धरानका प्रतिष्ठित व्यक्तित्वहरु नरेश अग्रवाल, विष्णुमाया राई, नेत्रकुमारी राई, रवि अग्रवाल, पूर्ण सुवेदी, स्व. सुनिल अग्रवाल, उद्योगी एवम् प्रतिष्ठित व्यक्तित्व रोशन सोनी, कानुनी सल्लाहकार मणिराज दुलाल, कार्यकारी सम्पादक गोविन्द बस्नेत, प्राविधि सहयोगी मिलन राई लगायतको सहयोग सदा धरान साप्ताहिकका लागि अविस्मरणीय छ र रहिरहने छ । यसका अलावा विज्ञापनदाता, स्वतन्त्र बुद्धिजीवहरुको साथ सहयोग र परामर्श सदैव मार्ग निर्देशक सावित हुनेछ ।
१९ औं बार्षिकोत्सवको अवसरमा यसपटक धरान साप्ताहिकको ४५ जनाको टोली वनभोजका लागि झापाको पर्यटकीय एवम् धामिक स्थल दोमुखा पुगेको थियो । वनभोज टोलीका प्रमुख अतिथि सूचना तथा सञ्चार मन्त्रालय सूचना विभाग अन्तर्गत सञ्चार केन्द्र विराटनगरका कार्यालय प्रमुख केशव अर्याल हुनुहुन्थ्यो । धरान साप्ताहिकले आफ्नो निरन्तरताको लागि जुन अथक परिश्रम खर्चेको छ त्यसका लागि शुभकामना दिँदै अर्यालले पूर्वाञ्चलकै लोकप्रिय सञ्चारमाध्यम बनेको धारणा व्यक्त गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया