उपमेयरको कार्यशैलीप्रति वडा अध्यक्षहरु असन्तुष्टी

पथरी ÷ मोरङको पथरीशनिश्चरे नगरपालिकाको कार्यशैलीप्रति वडाध्यक्षहरुले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी असन्तुष्टी पोखेका छन् । पथरीशनिश्चरे वडा नं. १० का वडाअध्यक्ष सागर राई, वडा नं. ४ का गोविन्द भण्डारी, वडा नं. ६ का जय तामाङ, वडा नं. ८ का बाबुराम दाहाल र वडा नं. ५ का कार्यवाहक अध्यक्ष चेतेन्द्र खड्काले संयुक्त रुपमा नगरपालिकाप्रति आक्रोश ब्याक्त गरेका हुन ।
वडाध्यक्षहरुले संयुक्त रुपमा निकालिएको प्रेस विज्ञप्तीमा नगरपालिकाको कार्यहरुप्रति आफहरु कोही सहमत नभएको दाबी गरिएको छन । वडाध्यक्षहरुले नगर खेलकुद विकास समितिको गठन, प्रत्येक वडामा मेलमिलाप समिति गठन, नगरपालिकामा प्रेस संयोजको नियुक्तिमा उपमेयरले मनोमानी ढंगले गरेको बताएका छन । नगरले गरेका निर्णयहरुमा आफूहरुको सहमति नभएको भन्दै सच्याउन आग्रह गर्दा व्यावस्था गरेकाले कुनै माइनटमा हस्ताक्षर नगरेको वडा अध्यक्षको भनाई छ ।
प्रतिनिधी र प्रदेश सभाको समयमा वडा नं. ४ का वडाध्यक्ष गोबिन्द
भण्डारी माथी सागतीक आक्रमण भएको थियो उक्त घटनाको हाल सम्मपनि न्यायपालिकाले न्याय नगरेको भण्डारीको भनाई छ । सो पत्रकार सम्मेलनमा वडा नं. ४ का अध्यक्ष गोविन्द भण्डारीले भने–‘नगरपालिकाले धेरै वटा निर्णयहरु हामीलाई थाहै नदिई गर्ने गरेका छन् ।
“हरेक वडामा मेलमिलाप समिति निर्माण गरिएको छ वडा अध्यक्षलाई थाहा छैन कार्यालयमा आउदा मात्र थाहा हुन्छ यस विषयमा हामी अनभिज्ञ छौं त्यसमा पनि म माथी आक्रमण गर्नेलाई सिफारीस गरिएको थियो पछि जनताले बिरोध
गरेपछि सुधारिएको बताए । भण्डारीले थपे–‘हाम्रा उपमेयर यमुना बिष्ट बास्तोलाले हामी वडाध्यक्षसँग सरसल्लाह र छलफल नै नगरी आफ्नो मनोमानी ढंगले निर्णय गर्ने गरेका छन् ।
यस विषयमा नगरपालिकाका उपमेयर यमुना बिष्ट बास्तोलाले आफुले मनोमानी ढंगले कार्यसञ्चालन नगरेको सुनाइन् । उनले भनिन्–‘नगरपालिकामा मैले एक्लै निर्णय गरेर हुदैन । उहाँहरु पनि एक जिम्मेवार व्यक्ति हुनुहुन्छ त्यसैले म स्थानीय ऐनभन्दा भन्दा माथि भएर काम गर्दिनँ र गर्ने गरेको पनि छैन ।

तपाईको प्रतिक्रिया