धरान उप–महानगरमा भवनको शिल्यानास

धरान÷धरान उप–महानगरपालिका भित्र नयाँ भवन बन्ने भएको छ । नयाँ बन्ने भवनको सोमबार धरान उपमहानगरपालिकाका नगर प्रमुख तारा सुब्बा र उप प्रमुख मञ्जु भण्डारी (सुबेदी) ले सयुक्तरुपमा शिल्यानास गरेका छन् ।
भवन उद्घाटन पछि मेयर सुब्बाले भवन निर्माणको कार्यलाई व्यवस्थित रुपले अगाडि बढाउन समेत आग्रह गरे । चालु आर्थिक बर्षमा १० कोठाको नयाँ भवन बनाउन योजना स्विकृत भएको थियो । भवन बनाउने ठेक्काश्री भुमि ओम पन्चकन्या जेभिले पाएको छ । गत माघ १२ गते बसेको नगर कार्यपालिकाको बैठकले ठेक्का स्वीकृत गरेपछि भवन निर्माण कार्य सुरु भएको हो ।
१० कोठाको आधुनिक भवन निर्माण गर्न १ करोड ५५ लाख ५३ हजार १ सय ८७ रुपैयाको ठेक्का स्वीकृति भएको धरान उप महानगरपालिकाका बरिष्ठ इन्जिनियर सुरज श्रेष्ठले बताए ।
२०७२ साल बैशाख १२ गते गएको भुकम्पनले धरान उप महानगरपालिकाका भवनहरु भत्काएपछि उप महानगरमा कार्यालय सन्चालनका लागि भवनको अभाव भई रहेको समेत इन्जिनियर श्रेष्ठले बताए ।
यो भवन बनेपछि उप महानगरपालिकालाई कार्यालय सञ्चालनका लागि सहज हुने धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेशप्रसाद तिम्सिनाले बताए । अहिले जिल्लामा
रहेका कतिपय कार्यालयहरु स्थानिय तहमा आएको तर कार्यालयहरु व्यवस्थित गर्न कठिनाई भएको तिम्सिनाले बताए ।

तपाईको प्रतिक्रिया