जनकपुर । घुस लिएको
आरोपमा धनुषामा एक जना प्रहरी पक्राउ परेका छन् ।
सुनसरी घर भएका लक्षमिनिया धनुषा स्थायी प्रहरी पोष्टमा कार्यरत प्रहरी मनोज कुमार प्रसैलालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले पक्राउ गरेको हो । उनी दश हजार रुपैयाँ घुस सहित पक्राउ परेका हुन् । मदिरा बिक्री
वितरण सहज बनाइदिने र इजाजतपत्र बनाइदिने भन्दै प्रसैलाले एक
व्यापारीसँग दश हजार रुपैयाँ घुस लिएको आयोगले दाबी गरेको छ । उनी जनकपुरको भ्रमरपुरा चोकबाट पक्राउ परेका हुन् ।

