घण्टाघरबाट हेर्दा

जुत्ता का“ग्रेस
नेपालमा अब चाँडै नै अर्को नयाँ पार्टीको जन्म हुने भएको छ । यसका लागि केही दिन अघिदेखि गतिलै
रिहर्सल चलिरहेको छ । नाम मात्रका शेरबहादुरले स्थानीय प्रदेश र संसदको निर्वाचनमा स्याल पार्टी बनाएपछि पार्टीभित्रका युवाहरु राजधानीका गौडागौडामा बसेर बुट पालिस गर्न थाल्या छन् । जसले बुट पालिस गर्नुपर्ने हो उचाहिँ बाल्वाटाराँ अझैपनि लाज सरम पचाएर घर्रर्र..घर्रर्र गरेर बस्या छ । शोक न सुर्ता भोक न भकारी भनेझै चिन्ता हुनुपर्ने घुरी रा’छ । विचारा युवाहरुले पालिस गरेर फुइøया हुनु ? पार्टीमा शुद्धिकरण ल्याउन त्यसरी चप्पल टाल्ने, जुत्ता पालिस गर्ने गरेको रे † अर्थ त बथ गोविन्द गाई टाउको दुख्या औषधि टाउकोमा लाई भनेझै किन नाटक देखाएको होला ? बरु जुत्ता काँग्रेस भनेर अकोे सशक्त खोल्दिए भैगो । हिजो तिनै शेरबहादुरले नि प्रजातान्त्रिक काँग्रेस खोलेकै हुन् अर्कोले हात्तीछाप काँग्रेस खोलेकै हो, अकोले नेपाली काँग्रेस प्रजातान्त्रिक काँग्रेस खालेकै हुन्, अर्कोले हात्तीछाप काँग्रेस खोलेकै हो, अर्कोले नेपाली काँग्रेस बीपी खोलेकै हो । यसो गर्दिए लन्ठै साफ हुन्थ्यो, कि कसो हौ ?
थापाको दन्त बझान
यतिबेला मुलुकाँ युवा थापा र अधवैंशे थापाको दन्त बझान गज्जबैले चल्या छ माने नेप्लिज काँग्रेसका टापटिपे थापा गनगने र जता मल्खु उत्तै ढल्कु कमलाउ बीचमा दन्त बझान चल्या छ टापपिटे थापा र कमलाउन बीचको दन्त बझानै चाहिँ प्रदेश मुकाम हेटौडालाई नै लिएर भा’रैछ । हेटौडा मुकाम अपायक भयो भनेर गनगने काभ्रेतिर पुगेर जन्ता जनाजन उचाल्दा रै’छन् । उता गनगनेका कुरा सुनेर कमलाउको टुप्पीबाट धुँवा उठेछ । उन्ले Ïयाट्टै भन्दिएछन् अब हेटौडा अस्थायी होइन स्थायी मुकाम नै हुन्छ । जाबो एउटा प्रदेशको मुकामलाई लिएर थापाद्वयको दन्त बझान सुन्दा घण्टाघरलाई समेत कुरी कुरी लाग्न थाल्या छ । तन्नेरी र अधवैशे थापाहरुले किन गाइजात्रा देखाएका होलान् ?
झलु र मकुन्यास कड्किए
अस्तिका दिन नेपालाँ भारतीय विदेशमन्त्री सुष्मा स्वराजको दुई दिने भ्रमन भयो । यसपटकको स्वरजको भ्रमनमा खप्रओ हिरो नै भए । अरु दलका नेताहरुलाई स्वराजले खासै महत्व पनि दिइनन् । दिने कुरा पनि आएन । नेपालका भावि पर्धानमन्तरी खप्रओलाई स्वराजले महत्व दिएसी’ झालदेमाले भित्रैका एकथरी नेताहरु बमबम भा’छन् । दिनेले महत्व नदिएसी’ वित्थाँ किन बमबम हुनु ? अझ झल्ला झलु र माकुन्याउले अह्य भएपछि थुतुनो नै खोलेछन् हामीलाई चाहिँ किन भेटघाटमा नबोलाएको ? सोल्टी होटलमा स्वराज र खप्रओबीचमा एक घण्टा वान टु वान भेटवार्ता भएसी अझ झलु र माकुन्याउको मनमा ढ्यांग्रो बजेछ । अब उनीहरु आफूहरुलाई भेटवार्ताको अवसर नजुनराएको भन्दै उफ्रि पाफ्री गर्न थालेछन् । विचारा झलु र माकुन्याउलाई स्वराजसँगको भेटवार्तामा दलितकै जस्तो व्यवहार गरिएछ । हुन त जस्ले पनि बल्न लागेको र बलेकै आगो हेर्ने त हुन् नि ।
कुम्लाएछन् माझीले
मुखमे रामराम बगालीमे छुरा भन्ने एउटा हिन्दी उखान यतिबेला सुनसरीका एसपी विद्यानन्द माझीसँग ठ्याक्कै मिल्दो रै’छ गाँठे । एक महिना अगाडिको एउटा बलात्कारको घट्नालाई सामसुम पार्न
राम्रै नजराना ल्या रै’छन् , पहिला इहरीमा बस्दा नि दायाँ बायाँ गर्न खप्पिस मानिने माझीले यतिबेला झन जिल्ला चलाउन पाएसी ढ्याउ ढ्याउ हुने गरी माल खाएको गाइगुई चल्न थाल्या छ । एसपी, इटहरीका डिएसपी कोही नभएको मौका छोपेर माझीले बलात्कारको केशबाट कति लुड्याए त छानविन समितिले नै पत्तो लगाइहाल्छ । हैन हौ खाँदा अरु अरु घट्नाबाट खाए पनि त हुन्थ्यो नि । बलात्कारकै घट्नालाई सामसुम बनाउन निर्देशन दिएर भ्याइदिनु त अलि हजम भएन । जात फाल्नु गुन्द्रकुकको झोलसँग भन्या यही हो ।
तुक न बेतुकका खा“ड
काँग्रेस सिध्याउने देउवा काजीका नन्दीभृंगीहरु यतिबेला के वहाना पाउँ कनिका बुक्याउँको अवस्थामा पुग्या छन् । यस्तै नन्दीभृंगी मध्येका एकजना हुन बुटवलतिरका ताइ न तुईको बालकृष्ण खाँड । अस्तिका दिन रुपन्देहीतिर पुगेर उन्ले भने बेमैसममा खाँडले भने सुष्मा स्वराजलाई खप्रओले किन बोलाएको ? बोलाउनुको कारण उत्तर चाहिँयो रे † अहिले बोलाउदैमा भारतीय विदेशमन्त्री स्वराज आउने हो र ? सरकारमा आफू बस्ने अनि अरुले बोलायो भन्ने ? क्या काइदाका छन् खाँड । स्वराज नेपालमा छउन्ज्याल थुतुनो बन्द गरेर बस्ने अनि विदावारी भएर गएसी’ अत्तो थाप्ने । सिध्याउने भए खाँड जस्ता नन्दीभृंगीले काँग्रेस । स्वराजसँग भेट्न नपाएकोमा खाँडको कन्सिरी तात्किएको रै’छ । कि कसो हौ खाँड वा †
झालेमालेले बोलेनन्
विकासमा राजनीति घुसेसी’ फुइøयाँको देश उँभो लाग्छ ? देशमा प्रजातन्त्र आयो, गनतन्त्र आयो अब चाहिँ के होला भन्या त अन्तेमा उही गुएलाको फूल । ०४६ सालमा प्रजातन्त्र आएसी झालेमाले खुस्किदा काँग्रेस मलामी नजाने, काँग्रेस चिप्लिदा एमाले मलामी नजाने
रोग बीचमा मत्थर भए नि अहिले फेरि ब्युझन थाल्या छ । अब हेरौ न थापाको बोक्राझाडी र भागढुब्बामा नेप्लिज काँगेसले पहल गरेर विद्युत लाइन विस्तार गरेछ । काँग्रेसको पहलमा लाइन विस्तार भएको भन्दै त्यहाँ बसोबास गर्ने झालेमालेहरुले विद्युत लाइन नै लिएका छन् । विजुलीमा काँग्रेस, एमाले, माउवादी, फोरम बल्ने होइन क्यारे । तर त्यहाँका झालेमालेहरु काँग्रेस बल्ला भन्ने त्राहीमा रहेछन् । त्यहाँका झालेमालेमा बुद्धि कहिले फिर्ला
कुन्नि ।
माछोमाछो भ्यागुतो
झालेमाले र माके बीचमा पार्टी एकीकरण हुनेमा घण्टाघरलाई पहिल्यैदेखिको शंका लाग्या थ्यो । अब भने स्थायी रुपमै शंकाको निवारण भा’छ । माके अध्येक्षे प्रचण्डाउका प्रेस संयोजक मनहरि तिम्सिनाले फेसबुकमा खप्रओका बारेमा उल्टा सिधा लेखेपछि अस्तिका दिन बालकोटमै खप्रओ ३ हात उफ्रिएका थिए । प्रचण्डका प्यादाले त्यस्तो के लेखेको भनेर उनी उफ्रेका थे । तिम्सिनाले खप्रओको बारेमा लेख्न पनि धुलै काढेर लेख्या रै’छन् । खप्रओलाई महाकाली बेचुवा, भारतका खै के खै के आदि आदि । पार्टी एकीकरणलाई अब तिम्सिनाको लेखाइले ब्रेक गर्दिएको छ । आखिरी यसका डिजाइनकार प्रचण्डाउ नै हुन् । उनले आदेश नदिई तिम्सिनाले त्यसरी लेख्नै सक्दैनन् । आखिरी राजनीति खेलाडी न परे प्रचण्डाउ । एकीकरणपछि ठूलो भाग खोजेका प्रचण्डाउ र खप्रओको बीचमा पानी बाराबारको अवस्था अहिले जो सिजनमा भा’छ त्यसले पार्टी
एकीकरणलाई परै धेकेलिद्या छ ।
अन्तेमा
छोटी मु बढी बात भनेझै यतिबेला नयाँ शक्तिका संयोजक बाउराम भट्टराई बिना मौसमको बाँसुरी झै बज्न थाल्या छन् । उन्ले अस्तिका दिन भन्या खप्रओ नक्कली राष्ट्रवाद हुन् रे । नक्कली राष्ट्रवादको खोल ओेढेर झालेमालेले चुनाउमा धेरै सिट जित्यो रे । हात्तीको साइजबाट मुसाको साइजमा आएका बाउराम आफै पनि काँग्रेसेको बुई नचढ्या भे लारायनकाजीले पाहा पछारे झै पछार्ने थिए । धन्न बेलैमा बुद्धि आ’र काँग्रेसको बुई चढ्न पुगे । एक सिट जित्नेले त्यतिका सिट जित्नेलाई नक्कली राष्ट्रवादी भन्न मिल्छ र ? बाउरामचाहिँ सक्कली
राष्ट्रवादी भएर एक सिटमात्र जित्या होला हा….हा….हा ।

तपाईको प्रतिक्रिया