आगलागीबाट धरान १५ का एक परिवार विचलीमा परेका छन्
धरान–१५ बुढासुब्बा चोक नजिकै मंगलबार काठको दुई तले घरमा आगलागी हुँदा हस्तबहादुर बिकको करिव ९ लाख रुपैयाको धनमाल जलेर नष्ट हुदा परिवार नै विचल्लीमा परेका हुन् ।
आगलागीबाट उनको टिनले छाएको एक तले घरको माथिल्लो तला पूर्ण रुपमा जलेर नष्ट भएको छ भने घरमा रहेको ५ तोला सुन, चार तोला चाँदी, फर्निचर, टिभी, लत्ताकपडा, भाडाकुडा, खाद्यान्न, नगद ४२ हजार रुपैया, मोबाइल, नागरिकता, जन्मदर्ता, लाइसेन्सलगायतका सामानहरु जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागी दियोको कारणले हुन सक्ने अनुान गरिएको छ । तर, घरधनीले भने विद्युत सर्ट भएका कारण आगलागी भएको बताएको छ । बिकको धरानको बारुणयन्त्रसहित स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
यसैबीच आगलागीबाट बस्ने बास नै नभएपछि नेपाल रेडक्रस सोसाइटी सुनसरीले तत्काल भाडाकुडा, त्रिपाल, लत्ताकपडा वितरण गरेको रेडक्रस सुनसरीका सभापति उमेश थापाले जानकारी दिनुभयो । यसैगरी भानुसब्जी तथा फलफूल व्यवसायीले पनि तत्काल सहयो गरेको छ । समितिको सदस्यको नाताले विकलाई समितिले दुईवटा ब्लांकेट, दुईवटा ओछ्याृने, ४ वटा सिरानी, दुई वटा तन्ना र दुई वटा भुईमा ओछ्याउने सामाग्रीसहित ७ हजार बराबरको सामान दिइएको भानुसब्जी तथा फलफूल व्यवसायी समितिका अध्यक्ष हर्कप्रसाद तुम्रोकले जानकारी दिनुभयो ।

